आख्यानकार गणेश वर्तमानको थारु भाषाको कथासंग्रह ‘लौटल मनिया’को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
चैत ३० गते शनिवार कीर्तिपुर, पाँगास्थित बरघर रेस्टुरेण्टमा ठुम्रार साहित्यिक बखेरीको १०३औं भागको श्रृंखलामा उक्त पुस्तकको परिचर्चा गरियो ।
पुस्तकबारे साहित्यकार डा कृष्णराज सर्वहारीले आख्यानकार वर्तमानका प्रायः सबै कथाको लेखनी आत्मपरक शैलीमा एकै धर्रामा आएकाले लेखनशैलीमा विविधता आउनु पर्ने बताए । उनले कथाको दृष्य, वातावरण पनि आख्यानकारको बर्दिया, ठाकुरद्वारा, गोब्रैला गाउँको वर्णनमा सीमित रहेकोमा यसको दायरा फराकिलो बनाउनुपर्ने धारणा राखे । उनले कथा संग्रहमा समग्रमा बाबु छोराको कथामार्फत् द्वन्द्वकाल, थारु समुदायको अन्धविश्वासको चिरफार गर्न सफल भएको बताए ।

आख्यानकार मानबहादुर पन्नाले थारु कृतिको समालोचना हुन नसकेकोमा यस्ता कार्यक्रम गरी नवप्रतिभाहरुलाई हौसला दिनुपर्ने राय व्यक्त गरे । शत्रुघन चौधरीले कथामा केही नेपाली तथा अंगे्रजी शब्द पनि परेकोमा मौलिकता दिन औंल्याए । कथाकार गणेश वर्तमानले ९औं थारु साहित्य राष्ट्रिय सम्मेलनमा पुस्तक विमोचन गर्नैपर्ने दवावका कारण केही कथा हतारमा लेखिएकाले आफैलाई चित्त नबुझेको बताएका थिए । उनले आउँदो कृति प्रकाशन गर्न हतार नगर्ने जनाए ।

कार्यक्रममा भूमिका थारु, शत्रुघन चौधरी, मानबहादुर पन्ना, गणेश वर्तमान, रामधनी चौधरी, नन्दुराज चौधरी, इन्द्र चौधरी, जगत वाशिष्ठलगायतले रचना सुनाएका थिए ।
त्यसैगरी, थारु विद्यार्थी समाजको हालै नवलपरासीमा सम्पन्न महाधिवेशनबाट विजयी नवनिर्वाचित अध्यक्ष विमल चौधरी, वरिष्ठ उपाध्यक्ष दिनेश दहित, उपमहासचिव अर्नव चौधरीलगायत पदाधिकारीहरुलाई ठुम्रार साहित्यिक बखेरीका संयोजक डा सर्वहारीले खादा ओह्राई सम्मान गरेका थिए ।

त्यस्तै, कार्यक्रममा द भ्वाइस अफ नेपालको सिजन ६ को उत्कृष्ट ३ मा परेका बर्दियाका दृष्टिविहीन गायक विकास थारुले आपूmलाई भोट माग्दै थारु र नेपाली गीत सुनाएका थिए । हेर्नुहोस् गीतको लिंकः https://www.youtube.com/watch?v=lDiN7mhQxx4
प्रकाशित:
५११ दिन अगाडि
|
३० चैत २०८१
६ दिन अगाडि
|
१५ भदौ २०८३
८ दिन अगाडि
|
१३ भदौ २०८३
८ दिन अगाडि
|
१३ भदौ २०८३
१३ दिन अगाडि
|
७ भदौ २०८३
२२ दिन अगाडि
|
२९ साउन २०८३
३४ दिन अगाडि
|
१८ साउन २०८३
३५ दिन अगाडि
|
१६ साउन २०८३
१४२५ दिन अगाडि
|
२५ असोज २०७९
१४६० दिन अगाडि
|
२१ भदौ २०७९
१४७० दिन अगाडि
|
१२ भदौ २०७९
१४२५ दिन अगाडि
|
२६ असोज २०७९
१३७४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३० दिन अगाडि
|
२० असोज २०७९
१३६३ दिन अगाडि
|
२७ मंसिर २०७९