Above News Title

लखन थापा मगरलाई घोषणा गरिसक्यो २०७२ को संविधानले प्रथम शहिदः विवाद किन ? 

लखन थापा मगरलाई घोषणा गरिसक्यो २०७२ को संविधानले प्रथम शहिदः विवाद किन ? 

नेपाल मगर महिला संघ लुम्बिनी प्रदेश समितिको दोस्रो प्रदेश अधिवेशन शनिबार   बुटवलमा सम्पन्न भएको छ । 
कार्यक्रमलाई उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल मगर महिला संघका केन्द्रीय अध्यक्ष हिरु राना मगरले मगर महिला संघले संघको बिधान अनुसार पूर्ण संरचना अनुरुप सातै वटा प्रदेशमा र प्रदेश भित्रका ५३ वटा जिल्लाहरु साथै देशबिदेशमा समेत संगठन विस्तार गरिरहेको जनाइन् । 
मगर महिलाहरुको हक अधिकार स्थापित गर्दै राज्यको हरेक निकायमा मगर महिलालाई जनसंख्याको आधारमा अर्थपूर्ण समानुपातिक प्रतिनिधित्व गराउनका लागि नेपाल मगर महिला संघको स्थापना भएको जानकारी गराउँदै अध्यक्ष रानाले मगर समुदायको भाषा, संस्कार, संस्कृति र परम्परागत मूल्यमान्यतालाई संरक्षण, संवर्द्धन र पुस्तान्तरण गर्दै जानुपर्ने जिकीर गरिन् ।
       
आदिवासी जनजाति युवा संघका केन्द्रीय सचिव राधिका श्रीसले क्या लखन थापा मगरलाई २०७२ को संविधानले प्रथम शहिद घोषणा गरिसक्दा पनि कुनै एक राजनीतिक दलका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री समेत भइसकेका व्यक्तिले सार्वजनिक रुपमै लखन थापा प्रथम शहिद होइनन् भनिरहँदा समेत मगरहरुले सोही व्यक्ति विशेषको जयजयकार गर्नु मुर्खता रहेको टिप्पणी गरिन् । 
कार्यक्रममा प्रदेश समितिले सम्पन्न आसन्न स्थानीय निर्वाचनबाट राज्यको विभिन्न तहमा निर्वाचित भएका प्रदेशभित्रका मगर महिला नेतृहरुलाई सल ओढाएर कदर(पत्र  प्रदान गरी सम्मान गरिएको थियो ।

स्मरण रहोस्, नेपाल मगर महिला संघ लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन अधिवेशनमा अध्यक्ष पदको लागि केशरी तरामु मगर र स्मृति रोका मगरको उम्मेदवारी रहेको थियो । चुनावी प्रक्रियाबाट जाँदा जम्मा खसेको ३३ मतमध्ये स्मृति रोका मगरलाई १५ र केशरी तरामु मगरलाई १८ मत खसेको थियो । तरामु जम्मा ३ मतको अन्तरले विजयी भइन् ।
       
प्रकाशित:

१४३९ दिन अगाडि

|

१० असोज २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६८ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२३ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६१ दिन अगाडि

|

२७ मंसिर २०७९