भैरहवाः फरक लैङ्गिक पहिचान भएका समलिङ्गी तथा तेस्रोलिङ्गीहरुको हक अधिकार र न्यायको लागि संघर्ष गर्दै आइरहेको नील हिरा समाजले स्थानीय स्तरका विभिन्न राजनीतिक दलहरुबीच एकदिने कार्यशाला गोष्ठी मंगलबार भैरहवामा सम्पन्न गरेको छ ।
कार्यक्रमको विषयवस्तुमाथि प्रकाश पार्दै सुमन नेपालले तेस्रोलिङ्गीहरुलाई समाजले हेर्ने दृष्टिकोण बिभेदपूर्ण रहेको कारण तेस्रोलिङ्गीहरु राज्यको हरेक निकायबाट अपहेलित र अवसरबाट बञ्चित हुनुपरेको बताए ।
त्यस्तै समाजका मनिला न्यौपानेले नेपालको संविधानको विभिन्न धारामा नागरिकता सम्बन्धि हक, समानताको हक, सामाजिक न्याय लगायतका हक अधिकार समावेश गरिएतापनि फरक लैङ्गिक पहिचान भएका व्यक्तिहरु ती हक अधिकारबाट बञ्चित एवं अपहेलित हुनुपरेको गुनासो गरिन्।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्यद्वय तुलाराम घर्ती तथा दिपा विकले नेपाली समाजमा तेस्रोलिङ्गी र दलितलाई गर्ने व्यवहार फरक नरहेको दाबी गरे । तिनले हिन्दू धर्मले नै समाजमा जातीय एवं लैङ्गिक भेदभाव बीजारोपण गरेको ठोकुवा गरे ।
राष्ट्रिय जनमुक्ति पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरुङ्गले नश्लीय मनोविज्ञान बोकेको नेपाली समाजले कुकुर र गाईलाई सम्मान दिएको तर मानिसलाई भेदभाव गरी समाजबाट टाढा राखेको आरोप लगाए ।
प्रकाशित:
१४३७ दिन अगाडि
|
१२ असोज २०७९
४ दिन अगाडि
|
१५ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
७ भदौ २०८३
२१ दिन अगाडि
|
२९ साउन २०८३
३२ दिन अगाडि
|
१८ साउन २०८३
३४ दिन अगाडि
|
१६ साउन २०८३
१४२४ दिन अगाडि
|
२५ असोज २०७९
१४५९ दिन अगाडि
|
२१ भदौ २०७९
१४६८ दिन अगाडि
|
१२ भदौ २०७९
१४२३ दिन अगाडि
|
२६ असोज २०७९
१३७३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२९ दिन अगाडि
|
२० असोज २०७९
१३६१ दिन अगाडि
|
२७ मंसिर २०७९