Above News Title

माघ १ मा विदा नपाउँदा रुनु पर्दाको त्यो क्षण

माघ १ मा विदा नपाउँदा रुनु पर्दाको त्यो क्षण

माघ (माघी) को बारेमा धेरैले धेरै पटक लेखिसकेका छन्, धेरैले यसबारे थाहा पनि पाइसकेका छन् । माघलाई आ आफ्नो तरिकाले मनाउने जनसंख्या ठूलो छ । 

कहीँ यसलाई नयाँ बर्ष, कहीँ धार्मिक दिन, कहीँ पुण्य दिनको रुपमा मनाउने गर्दछन् । त्यस्तै माघ, तिला संक्राइत, खिचरा, खिचरी, मकर संक्रान्ति भनेर पनि मनाउँछन् । 

थारुहरु यसलाई नयाँ बर्ष, धार्मिक दिन, पुण्य दिवस, स्वतन्त्रता दिवसको रुपमा पनि मनाउँछन् । 

यसलाई किराँतहरु पनि येले सम्बत भनी नयाँ बर्षको रुपमा मान्छन् । पश्चिम पहाडमा पनि माघ महिनाभरी चेलीबेटीको घरमा कोसेली दिने चलन छ । यसरी हेर्दा अधिकांश नेपाली माघसँग जोडिएका छन् । तर पनि किन हो किन ? माघ ओझेलमा परेको देखिन्छ । 

माघसँग धेरै नेपाली जोडिए पनि जब विदाको सवाल आउँछ, सरकारमा रहेकाहरु आनाकानी गर्न थाल्छन् । विदा किन दिनु प¥यो भन्छन् । 

जबकि दसैं आउँदा एक हप्ता देशभरीका सरकारी कार्यालयमा विदा हुन्छ । विद्यालयहरुमा झन महिनै दिन विदा हुन्छ । त्यसरी विदा दिनुको अर्थ बाहिर काममा गएकाहरु, पढ्न गएका विद्यार्थीहरु पनि घर आएर दसैं मनाउन पाऊन् भन्ने हो । 
थारुहरुले मनाउने माघी पर्व आउँदा सरकार मात्रै होइन, गैरसरकार पनि टाउको दुखाउँछन्, संघ संस्था, प्राइवेट कम्पनीले पनि टाउको दुखाउँछन्, विदा दिन मान्दैनन् । जनताको भावना नबुझ्ने कस्तो सरकार ! सरकारले बुझ्दा गैरसरकार नबुझ्ने ! अर्थात गैरसरकारी संघ संस्थाले नबुझ्ने कस्तो अवस्था ?  

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मा कार्यरत रहँदा म २÷३ पटक घरपरिवारसँग माघी नमनाई काठमाडौं माघी मनाउन बाध्य भएको छु । माघ १ गते नै कार्यालयले काठमाडौं कार्यक्रममा बोलाउँदा मन साहै्र रोएको छ । 

घरपरिवारसँगै बसेर आशीर्वाद लिनेदिने त्यो नयाँ वर्ष, अनिवार्य नुहाई धुवाई गरी पूजाआजा गरी आमाबुवालाई जल चढाई आशीर्वाद लिने र सानालाई आशीर्वाद दिने, रमाउने त्यो दिनमा घरपरिवार छोडी बाहिर जानु पर्दाको त्यो पीडा म अहिले पनि बिर्सन सकेको छैन । 

थारु कर्मचारीहरुलाई विदा दिनु प¥यो भनी धनगढीबाट इन्सेकको केन्द्रीय कार्यालय कलंकी, स्यूचाटारमा फ्याक्सबाट विदा माग्दा पनि विदा नमिलेको कुरा झल्झल्ती याद आउँछ ।  

त्यसै गरी पुस अन्तिम दिन (जिता मार्ने) मा छोराछोरीलाई विद्यालय पठाउँदा गहभरी आँसु पारेर विद्यालय गएको देख्दा मेरो मन धेरै पटक रोएको छ । 

चाडपर्वप्रतिको माया, लगाव र यही सबै अनुभवका  कारण हामी निरन्तर विदाको आवाज उठाइरह्यौं । बिसं २०५९ सालमा तात्कालीन राजा ज्ञानेन्द्रको पालामा बर्दियाका गोपाल दहित विज्ञान तथा वातावरण सहायक मन्त्री हुँदा पहिलो चोटी माघ १ गते विदा भएको इतिहास छ । तर बिचका सरकारहरुले माघ १ गतेको विदालाई कटौटी गरे । निरन्तरताको प्रयासले पछिल्ला दिनमा माघ १ गते विदा दिने कार्य भैरहेको छ तर पुस मसान्तको विदा ओझेलमा परेको छ । 

थारुहरुको लागि माघ दसैं भन्दा कम होइन, यसमा थप विदाको आवश्यकता छ । माघ १ गते अहिले सरकारको नजरमा परेको छ, तर पुस अन्तिम दिनलाई सबैबाट बेवास्ता भैरहेको छ । जबकि पुस अन्तिम दिन पुरानो वर्षको विदाईको रुपमा जिता मार्ने, धार्मिक मेला लाग्ने, श्रद्धालुहरु नुहाउन मेलातिर लाग्ने, खानपानको जोहो गरिने, रातभरी ढमार गाइने दिनको रुपमा लिइन्छ । निकै चहलपहल हुने यो दिन थारुहरुको लागि अहम् महत्वको दिनको रुपमा मानिन्छ । 

कैलालीमा ढकिया सरकार रहेको स्थानीय तहहरु जानकी, टीकापुर, भजनी, जोशीपुरले त थरुहट थारुवान क्षेत्रमा रहेको भनी जनतालाई अनुभूति दिलाउन, महसुस गराउन पुस मसान्तदेखि माघ ३ गतेसम्म विदा दिनैपर्ने हो । 

तर सरकारले मात्रै होइन, विद्यालयले समेत पुस मसान्तलाई बेवास्ता गरेको देखिन्छ । पुस मसान्तको दिनमा विदा दिनुहुन्छ नाई सर भनी जानकारी माग्दा आदर्श मावि खर्गौली कैलालीका सहप्रधानाध्यापक ज्ञानसिंह चौधरी भन्नुहुन्छ, “यस अघि पुस मसान्तमा विदा दिने ग¥या थिएन, तर यो वर्ष जानकी गाउँपालिका कैलालीले पुस मसान्तदेखि माघ ८ गतेसम्म विदा दिने निर्णय गरिसकेको छ ।” 

तसर्थ निचोडमा के भन्न सकिन्छ भने माघ पर्व थारुहरुको लागि धेरै महत्वका साथ लिइन्छ । माघमा बाहिर जानु पर्दा सबैलाई पीडा महसुस हुन्छ । १ दिने विदाका कारण बाहिर गएकाहरु घर माघ (माघी) मान्न आउन नपाउने अवस्था छ । 
विदाको सवालमा भन्ने हो भने केन्द्र सरकारले १ दिन सबैको लागि विदा दिनु राम्रो हो तर थरुहट÷थारुवान क्षेत्रको प्रदेश सरकारले पुस अन्तिम दिनदेखि माघ ३ गतेसम्म विदा दिन आवश्यक देखिन्छ, ता कि बाहिर काम गर्न गएकाहरु, पढ्न गएकाहरु पनि आमाबाबु, घरपरिवारसँग माघ मनाउन सकून् । 

कैलालीमा ढकिया सरकार रहेको स्थानीय तहहरु जानकी, टीकापुर, भजनी, जोशीपुरले त थरुहट थारुवान क्षेत्रमा रहेको भनी जनतालाई अनुभूति दिलाउन, महसुस गराउन पुस मसान्तदेखि माघ ३ गतेसम्म विदा दिनैपर्ने हो । 

यो वर्ष पुस अन्तिमको दिन शनिवार परेको छ, विदा त्यसै पनि छ तर त्यसलाई संस्थागत गर्ने हो भने स्थानीय सरकारले पुस मसान्तदेखि यति गतेसम्म भनी निर्णय गर्नैपर्ने हो । त्यसैले आशा गरौं कि ढकिया सरकारले थारुहरुलाई माघ पर्व आएको अनुभूति दिलाओस् । 
 

प्रकाशित:

१३३६ दिन अगाडि

|

२८ पुष २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६६ दिन अगाडि

|

२७ मंसिर २०७९