Above News Title

मोदाहा थारूले फर्काएको माघीको रौनक

मोदाहा थारूले फर्काएको माघीको रौनक

माघ लहैनु सुरीक शिकार खैनु रे हाँ... । यस प्रसंगमा पर्वको नाम माघ भन्नुपर्छ तर आजभोलि माघी भन्न थाले । यसमा कतिपयको चित दुखाई रहेका बुझ्ने हो भने कसले माघी भन्न लगाए ? प्रश्न उठ्छ । शायद यो प्रश्नले त्यति ध्यान आकर्षित गर्न नसक्ला कि ?

यो आलेखमा यस्ता प्रश्नको जवाफ खोजी गर्ने भन्दा पनि कसरी मोदाहा थारुले माघीको रौनक फर्काउन सफल बन्यो ? प्रस्तुत विषयले पक्रन खोजेको चीज यसकै वरिपरि घुम्ने छन् । अझ मासिन्या मतवाली बनाइएका थारु जातिले आधुनिक नाच तथा मञ्चको सजावट निष्फिक्री तवरले आयोजना गरी माघी बहार ल्याउने गर्छ । करीब एक लाख हाराहारीमा मानिस टुँडिखेलमा भेला भई माघी महोत्सवमा रमाइलो गर्दछन् । 

पहिलो चोटी २०५८ सालमा माघी महोत्सव मनाउने र सरकारलाई यो दिन सार्वजनिक विदा दिन लगाउने निर्णय काठमाडौमा भयो । पूर्वका थारुहरु तिलासंक्राईत बुझ्ने, कतै खिचरी वा खिचरा बुझ्ने र पश्चिममा माघ मनाउँदा निस्राऊको महत्व दर्शाउने गरेको कारण माघी महोत्सव एकमुष्ट साझा बनाउने ध्येयका साथ अंगिकार गरियो ।  माघीमै वितेका यी २५वर्ष छविलाल कोपिलाको “भन साथी ! तिम्रो माघीसंग के छ ?” शीर्षक कविताले नयाँ वहसको ढोका खोलेको छ । माघीसंग अपनत्व बोध गर्न थारुले चुनौतीको सामना गर्दैछ । कारण थुप्रै होला तर माघीको बजारीकरण यति तीब्र रुपमा भयो कि मोदाहा (रक्स्याहा) थारुको रमझममै माघी महोत्सव हुँदै आयो । 

माघी महोत्सव मनाउन काठमाडौमा नेपाल सरकारले पर्यटन प्रबद्र्धन परियोजना अन्तरगत केही आर्थिक सहयोग गर्ने गर्दछ । यसरी प्राप्त सहयोगबाट नपुग रकम जति स्टल तथा व्यापार प्रबद्र्धनका लागि राखिने होर्डिङ बोर्डहरुको नाममा असुल गर्ने गरेको छ । यस विषयमा प्रा.एन्थोनी स्मिथ लेख्छन्–“पर्यटनले सबै संस्कृतिलाई वस्तुकरण गर्दै बजारका निमित्त संस्कृतिको मुल्य तोक्छ र अन्ततः साँस्कृतिक विशेषता र भौगोलिक वैभव विनाश गर्छ ।” यो तर्कलाई नेपालमा छरिएर रहेका आदिवासी जनता र नवउदारवादको आडमा थप वलियो देखिएका पर्यटन उद्योगले सही सावित गर्दैछ । तामझामका साथ मनाइने माघी महोत्सव सामाजिक प्रतिरोधी क्षमतामा ह्रास ल्याए जुन टुंडिखेलको मैदानमा चारैतिर अग्लो फलामे घेराभित्र कैद हुँदैछ । यहाँबाट आन्दोलनको आँधीवेरी ल्याउने चर्का भाषण गरेको त्यहीं पर सामुन्नेको सिंहदरवारमा बस्ने शासक नसुन्ने भए । माघको सन्दर्भमा भन्न सकिन्छ कि “देख्ने तो लग्ता है साला बाँस जैसा लम्बा मगर अन्दर से है खोख्ला ।” 

लगानीको हिसावले माघी महोत्सवको बजेट पच्चिस लाख रुपैयाँभन्दा अधिक देखिन्छ । तथापी आयोजक संस्थाहरुको अनुसार खर्च पन्ध्र लाख माथि पुग्छ । यतिका खर्च गरेर माघी महोत्सव मनाइदै गर्दा त्यहाँ आमन्त्रित पाहुनाहरु बोलिरहेको समयमा मञ्च पर पर देखिने दर्शकहरु जब नाचको पालो आउँछ, उनीहरु मञ्च वर वर आउने गर्दछन् । यसले सावित गर्छ कि थारु सचेत धक्का दिन तयार भइसकेका छैनन् । अर्थात् थारुका अगुवाहरु यही मात्रात्मक उपस्थितिलाई सफलताको कडी मान्दै आएका छन् । जबकी मात्रालाई गुणमा रुपान्तरण नगर्दासम्म शक्ति आर्जन हुने विषय असम्भव छ । आयोजक संस्थाहरु एनजीओ चेतनाले लैस भएकै कारण उनीहरु जातीय मतान्धतामा फँसिरहे । यो खतरनाक परिवेश हो । पहिचान राजनीतिको र उनीहरु आफ्नै बलबुताले यो गोलचक्करबाट मुक्ति पाउने छैन ।

माघी महोत्सवबारे चर्चा गर्दा यो सामुहिकता प्रतिनिधित्व गर्ने पर्व बुझिन्छ । अझ कृषि अर्थतन्त्रमा बाँच्ने थारु खोज्नी बोज्नी शुरु गर्ने अथवा माघ देवानीमार्फत् अगुवा, भलमन्सा निर्वाचित गर्ने परिपाटीलाई निरन्तरता दिने पर्व बुझ्दै आए । यहाँ व्यक्तिगत स्वतन्त्रता र मुल्यको प्रवद्र्धन स्वीकार गरी त्यसलाई अझ लोकसम्मत बनाउने आचरण एवम् व्यवहारलाई प्रधान पक्ष ठहर गरिए । केन्द्रमा खुशीको सपना सजाए । कुल ग्राहस्थ खुशी लक्ष्य राखे र प्रकृतिसंग सामञ्जस्य कायम गर्दै जीवन सहज बनाए । 

जीवन सहजबाट जटिलतर्फ यात्रा तय गर्दैछ । नयाँ नयाँ ज्ञान तथा प्रविधिबारे जानकारी लिने प्रयत्न पनि हुँदै आएको छ । अझ तिब्र परिवर्तन भइरहेको अवस्थामा संसारभरि नै अनिश्चिताको परिवेश देखा परे । यसले ज्ञान मिमांशीय विफलता तर्फ लागेको कारण मुल्यमा ह्रास हुँदैछ । जीवनको गनतव्य नै यसमार्फत् धरापमा पर्दैछ । तसर्थ, चौतर्फी जोखिमको मार थपिंदै मानिसहरुमा त्रास बढेर गएको भान हुन्छ । आफूलाई सुरक्षित बनाउनकै लागि उनीहरु शहरतिर पस्ने र सामुदायिक विमुखताबाट राहत पाउन साँस्कृतिक झुकाव दर्शाउने परम्परा बसाल्न खोजेको देखिन्छ । थारुहरु अन्जानमै आधुनिकताको सुविधामा उत्साहित बन्दै गर्दा माघी महोत्सव वर्षेनी यसैको एक नमूना भई दलाल पूँजीवादी फन्दामा कसिंदैछ । विकृति र विसंगति हटाउने उद्देश्य बोक्नेहरुकै करकमलबाट यस अवसरमा असंगतिपूर्ण नियत प्रष्टिन्छ । अविश्वासले जरा फैलाउन पाउने गर्छ ।

मोदाहा थारुको नियन्त्रणमा रहेको माघी महोत्सव अब टुँडिखेलको चार दिवारबाट बाहिर आउनैपर्छ । माघ १ गते सैयर माघ अथवा माघ संकल्प संझाउने दिन भनौं । त्यो महोत्सव नै भएपनि माघ देवानीलाई केन्द्रमा राखौं । परिस्थिति राष्ट्रिय स्तरमै फेरिएको कारण शक्ति उत्सर्जनको फ्रेमवर्क अथवा पाराडाइम बदलिन पुगे । संक्रमणकालीन अवस्था लम्बिएको छ र परिस्थितिको ठोस विश्लेषण गरी माघ संकल्पमा थारु स्वायत्त क्षेत्र अथवा विशेष क्षेत्र ग्यारेन्टी गर्न आह्वान गरौं । अभ्यास गर्न माइन्डस्केप, ल्याण्डस्केप र सोसलस्केपमा घनिभूत तथा योजनाबद्ध काम गरौं । यस आधारमा अग्रसरता लिई माघ संकल्प पुरा गर्न दृढता देखाऔं । निरन्तरतामा क्रमभंग गर्न हिम्मत गर्ने हो । 

प्रतिरोधी चेतमार्फत् समाज विज्ञानमा द्वैध अवस्था सिर्जना भइरहनुपर्छ । यसलाई छविलाल कोपिलाले मलजल गर्दै “भन साथी ! तिम्रो माघीसंग के छ ?” भन्ने सवाल तेर्साए । यसको जवाफमा संवादात्मक परिवेश निर्माण गर्ने हो ता कि हाल माघी महोत्सवको नाममा भइआएका विसंगतिहरु सतहमा ल्याउन सकियोस् । साहित्यकारको शब्द वाण फगत सस्तो लोकप्रियताका लागि त हुँदै होइन, बरु यसलाई अलग दृष्टिकोणको रुपमा बुझ्न प्रयत्न गरे सही दिसा पक्रन सघाउँछ । उहाँको शब्द वाणहरु सुन्ने आँट थारु अगुवाहरुले गर्न सक्नुपर्छ ।

अन्त्यमा, माघ संकल्प पुरा गर्न एक व्यवहारिक नारा पनि चाहिन्छ । थारु संस्कृति प्रवद्र्धन र विकासको नारा आफैंमा हराउने खालको देखियो । थारु संस्कृतिको सिर्जनात्मक प्रयोग गर्न जुन अलमल देखा परे । आज सहजबाट जटिलतातर्फ उनीहरुको जीवनशैली प्रतित हुन्छ । विकसित देश क्यानाडाबाट काठमाडौमा आई आत्महत्या गर्न पुगेको सुनसरीका माझी दम्पतिको कथाले यही सार खिंचेको बुझ्न सकिन्छ । २५ वर्षदेखि काठमाडौको धर्तीमा थारु संस्कृति प्रवद्र्धन गर्न मनाउँदै गरेको माघी महोत्सव आगामी वर्ष मात्र माघ १ गतेका लागि मोदाहा थारुले फर्काएको माघीको रौनक नबनोस् । 

प्रकृति र मानव जीवन सामञ्जस्य कायम गर्दै अगाडि बढ्नुपर्छ । थारु संस्कृति प्रवद्र्धन गर्नुको अर्थ धर्ती माताको अधिकार संरक्षण गर्नु पनि हो । मघौटा नाच थारु संस्कृति भित्रका विषय वस्तु (कन्टेन्ट) हो । माघ नयाँ वर्षको रुपमा थारु आत्मसात गर्दै गर्दा यसका साँस्कृतिक विरासत विर्सिन मिल्दैन । हामी थारु आर्थिक वर्षको नविकरण गर्ने संस्कृतिलाई सम्झना गर्न अभिप्रेरित हुँदैछौं । यथार्थमा माघ संकल्प सामुहिकतामा झल्किएता पनि त्यहाँ व्यक्तिको अस्तित्व विद्यमान भई आएका हुन्छन् । त्यसैले व्यक्तिको चाहना र अस्तित्वलाई सम्मान गर्दै माघ संकल्प वर्षभरिको कर्म, पूजा पाठ, संगठनात्मक सोंच तथा सामाजिक उत्तरदायित्व सम्बन्धमा कार्ययोजना पारित गर्नुपर्ने हुन्छ । यसलाई राजनीति शास्त्रमा थारुको वडीपोलिटिक भने पनि अन्यथा हुनेछैन । 
लोकतन्त्रको अभ्यासलाई जीवन पद्धतिसंग एकाकार गर्दै सामुदायिक समाजवादप्रति आफ्ना विश्वास कायम राख्न सक्ने थारु  रणनीतिक लक्ष्यमा अडिग रहेको छ । यसलाई माघ संकल्पको आधारमा कार्यनीतिक चाल मिलाउने तथ वर्षभरिको कामको समीक्षा गर्ने सन्दर्भमा केही प्राविधिक विषयप्रति व्यवहारिक लचकता अपनाउन सके यो देशमा थारु समस्या हैन, समाधान हुन् भनी प्रमाण पेश गर्न सकिन्छ । तसर्थ, माघ संकल्पको सम्बन्धमा यो वर्ष एक वहुलराष्ट्रिय लोकतन्त्र संस्थागत गर्ने चार्टर जारी गरौं र त्यसलाई मार्गनिर्देशक ठानी वर्ष दिनको कार्ययोजना तयार गरेर इमानदारिताका साथ लागु गरौं । तबमात्र, नेपालको सन्दर्भमा साँचिक्कै थारु विशिष्ट देखिनेछ । हिम्मतवाला थारु कहलिन योग्य हुनेछौं । 
 

प्रकाशित:

५९८ दिन अगाडि

|

२ माघ २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६२ दिन अगाडि

|

२७ मंसिर २०७९