जानकी गाउँपालिकाव्यापी अस्टिम्की चित्रकलामा जुना चौधरी प्रथम

जानकी गाउँपालिकाव्यापी अस्टिम्की चित्रकलामा जुना चौधरी प्रथम

७३८ दिन अगाडि

|

१२ भदौ २०८१

हुनेछ एकदिन फेरि पनि टीकापुर विस्फोट

हुनेछ एकदिन फेरि पनि टीकापुर विस्फोट

७४३ दिन अगाडि

|

८ भदौ २०८१

अब त गर्वका साथ भन्न सक्छु म न्याय हराएको देशमा जन्मिएकी नागरिक हुँ जहाँ जन्मिन नपाउँदै/जन्मिँदै खोसिन्छ अधिकार निषेध गरिन्छ अधिकार माग्न र बन्डेज लगाइन्छ पहिचानका निम्ति लड्न पहिचानकै निम्ति लड्ने क्रममा नै घटिदियो इतिहासमै हामीले कहिल्यै नबिर्सिने टीकापुर घटना कल्पना नै नगरिने गरी दन्कियो ज्वाला खरानी भए कैयौँका घरहरु घरसँगै रहरहरू, सपनाहरू सबै सबै बाध्य भइ नचाँहदा नचाँहदै लगायो टीकापुरले छातीभरि रगतका राता टीका र, ओढ्यो कालो घुम्टो अहिले जबर्जस्ती लगाइ दिएका छन् दोषीको टीका टीकापुरलाई .... ए सरकार! आँखामा कालो पट्टी बाँधेको तिमीले उघार आँखा नओढाउ दोषीको खोल सुनेर पनि नसुनेझैँ नगर त्यो चित्कार वाह ! यति मीठो नाटक रच्ने तिमी कोचिदियो निर्दोषलाई नै काराबासमा अब त काराबासको पर्खाल हैन तिम्रो सोंचको पर्खाललाई भत्काउनुछ निर्धक्कको सास नफेरुन्जेलसम्म र, यो अन्तिम सास रहुन्जेलसम्म लड्नेछौ हामी पहिचानका लागि सदियौँदेखि औँलो पचाएका हाम्रा पुर्खाले अब त यसै पचाइन्छ नाथे बन्दुकको गोली बर्साऊ बरु यही छातीमै लाग्ने गरी । तर बिन्ती अत्ति भयो नबर्साउ झुठो बोलीको गोली ए सरकार ! कहिले गर्छौ रेशम चौधरीजस्ता निर्दोषहरुलाई रिहाई नभए फेरि पनि उत्रिन नपरोस् हजारौँ पार्वती चौधरीहरु काखे बालकलाई पिठ्यूमा बोकी आन्दोलनमा होमिन ।   ए सरकार, एक ‘ढकिया’ न्याय देऊ न्यायको पर्खाइमा भोकाएको देश यति बेला अन्यायको प्रदुषणले ग्रसित छ त्यसैले त होला मडारिएको छ यहाँ वर्षोँदेखि विभेद र दमनको कुहिरो बिछाइएको छ जाल षड्यन्त्रको लगाइएको छ कपोकल्पित झुठा मुद्दा बझाइएको छ निर्दोषहरुलाई ‘खोंगिया’मा ‘मच्छि’ बझाएझैँ अनि तड्पाइरहेछन् पानी विनाको ‘मच्छि’झैँ न्यायको लागि र हेरिहेछन् रमिता जहाँ जबर्जस्ती कोचिएका छन् निर्दोष रेशम चौधरीहरु जेल ए, भनि देउ न सरकार ! कहिलेसम्म चल्ने हो तिम्रो राजनीतिक चलखेल ? यो कस्तो कानुन हामीलाई मात्र लागु हुने ? जहाँ कर्फूयमा पनि छानी छानी थारुहरुकै घरमा सल्काइयो आगो खोसियो रोजीरोटी पोखियो सपना लुटियो अस्मिता मिल्काइयो कुनामा हाम्रो पहिचान र अस्तित्व र पहि¥याइयो दोषीको मुखौटा ए सरकार ! कहिले हटाउँछौ मनको खोट कहिले बुझिदिने टीकापुरको चोट नभए हुनेछ एकदिन फेरि पनि टीकापुर विस्फोट नजोख हामीलाई अब सन्तुलन गुमाएको तिम्रो न्यायको तराजुले बरु देउ एक ‘ढकिया’ न्याय एक ‘डेहरि’ पहिचान एक ‘भौका’ समानता एक ‘भँक्रि’ उन्मुक्तिको सास ‘फुरे हम्रे’ कहिलेसम्म बन्ने ? ‘टोहार’ बँधुवा कमैया । बँधुवा कमैया ।।            कवियत्री भूमिका थारुको कहियासम अनागरिक ? (२०८१) कविता संग्रह प्रकाशित छ ।

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन हुने, तयारी पुरा

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन हुने, तयारी पुरा

७४८ दिन अगाडि

|

२ भदौ २०८१

नेपालमा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलनको तयारी तीव्र रूपमा अघि बढेको छ । आज काठमाडौं, बबरमहल, साफ फल्चामा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल बालसाहित्य समाज र रूम टु रीडको संयुक्त आयोजनामा आगामी असोज ४ र ५ गते प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुन लागेको हो ।  अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजक समितिका संयोजक, नेपाल प्रज्ञा प्रतिष्ठानका   उपकुलपति एवम् बालसाहित्य विभागका प्रमुख विमल निभाले सम्मेलनले बालसाहित्य सम्बन्धी प्राज्ञिक बहसलाई अघि बढाएर नेपाली बालसाहित्यको लेखनस्तर माथि उठाउन योगदान पुग्ने बताए ।  आयोजक संस्थामध्येका एक नेपाल बालसाहित्य समाजका अध्यक्ष एवम् आयोजक समितिका सदस्य प्रमोद प्रधानले धेरै लामो समयको प्रयासपछि पहिलोपटक नेपालमा अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना गर्न सम्भव भएको बताउँदै सम्मेलनबाट नेपाली बालसाहित्यबारे अन्य देशका सहभागीलाई जानकारी दिन र अन्य देशको बालसाहित्यबारे जानकारी लिन सकिने भएकोले यसको विशेष महत्त्व हुने विचार राखे। आयोजक समितिका सदस्यसचिव एवम् नेपाल बालसाहित्य समाजका महासचिव विजयराज आचार्यले सम्मेलनमा दक्षिण एसियाका भारत, बाङ्लादेश, भुटान, श्रीलंका, पाकिस्तानसहित जापान, मलेसिया, दक्षिण कोरिया तथा डेनमार्क, नेदरल्यान्ड, नर्वे लगायतका देशबाट सहभागी हुने जानकारी दिए । आयोजक समितिका सदस्य महेश पौड्यालले सम्मेलनमा नेपाली र अङ्ग्रेजी भाषा प्रयोग हुने स्पष्ट पारे । पत्रकार सम्मेलनमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य एवम् आयोजक समितिका सदस्य त्रैलोक्यमान बनेपाली, आयोजक समितिका सदस्यहरू भोला श्रेष्ठ र अनुराधाले पनि पत्रकारका विविध प्रश्नहरूको जवाफ दिएका थिए।

किन बढ्दै छ डोटेली भाषाको भाषिका ?

किन बढ्दै छ डोटेली भाषाको भाषिका ?

७४९ दिन अगाडि

|

२ भदौ २०८१

किन बढ्दै छ डोटेली भाषाको भाषिका ? भन्ने विषयमा नेपाल प्रज्ञा प्रतिष्ठानको साहित्य (मातृभाषा) विभागबाट आयोजित मातृभाषा साहित्यको १३औ श्रृंखलामा बहस भएको छ । प्रत्येक महिनाको अन्तिम शुक्रवार गरिने श्रृंखलाअन्तर्गत साउन ३२ गते डोटेली साहित्यको वर्तमान अवस्थाबारे डा बद्री शर्मा विनाडीबाट प्रस्तुत कार्यपत्रको प्रस्तुतिको क्रममा उक्त बहस उठेको हो ।  डोटेली भाषाको विभिन्न भाषिकाको बढ्दो क्रम ठिक नरहेको धारणा राख्दै डा बद्री शर्मा विनाडीले भने, ‘हालै मात्र बैतडेली भाषाको समाचार भन्नलाई रेडियो नेपालले समाचारवाचक नै नियुक्त गरिसकेको खबर आएको छ । जबकि बैतडीका लेखकहरु डोटेली भाषामै कृति प्रकाशित गरिरहेका छन् ।’  डा शर्मा विनाडीले अगाडि भने, ‘त्यसो त म भाषाको नभई लोकसाहित्यको विद्यार्थी हो, यसमा तुलनात्मक अध्ययन जरुरी छ । बैतडेली, अछामी, बाजुरेली भाषा भनेर जिल्लापिच्छे भाषा आइरहेको छ । यी छुट्टै भाषा होइनन्, डोटेलीकै हाँगा हुन् । यसरी त पालिकापिच्छे भाषा आउने डर भो  ।’  कार्यक्रममा बुलु मुकारुङले आफू २०७२÷२०७३ मा डोटी एक वर्ष बसेर आएको संस्मरण गर्दै डोटेली भाषाको नाममा समाजलाई टुक्र्याउने दुष्प्रयास भइरहेको बताए । प्राज्ञिक व्यक्तित्वहरुबाटै समाजलाई विखण्डन गर्ने काम भइरहेको छ, उनले भने ।  कार्यक्रममा कवि शिवराम जैशीले अछामी भाषा तथा रमा खड्काले बाजुरेली भाषाको कविता वाचन गरेका थिए, जुन डोटेलीभन्दा खासै फरक थिएन । कवि जैशीले अछामी फिल्म पनि आएको तर भाषा अछामी नरहेको बताए । कार्यक्रममा मनबहादुर कुलुङले कुलुङ भाषाको कविता सुनाएका थिए भने कलाकार हिरण राईले रैथाने बाजा बिनायोदेखि पात बजाएर प्रस्तुति दिएका थिए । कुलपति भुपाल राई धेरै मातृभाषाको बारे चर्चा प्रज्ञामा पहिलो पटक हुन थालेको बताउँदै पहिले राज्यबाटै विभिन्न भाषालाई ओझेलमा राखिएको जिकिर गरे ।  साहित्य (मातृभाषा) विभागका प्रमुख राजन मुकारुङले भाषाको विविधता नेपालको सौन्दर्य भएको धारणा राख्दै राजनीतिले धर्म छिराएझैं अनेक भाषा पनि छिराउने बताए । राईहरुकै २४ देखि २६ भाषा छ, सघन भूगोलको आधारमा उनीहरु हाम्रो भाषा हो, भाषिका होइन भन्छन् । यहाँ राज्यबाट खस नेपालीको लागि अधिक लगानी, अरु मातृभाषालाई निकै कम रहेको उनको भनाई थियो ।  स्मरण रहोस्, जनगणनामै बैतडेली, अछामी, बाजुरेली भाषा प्रविष्ट भएको छ । हाल आएर गोरखापत्र नयाँ नेपाल भाषा पृष्ठमा पनि यी भाषाको प्रकाशन हुन थालेको छ । डा शर्मा विनाडीका अनुसार यी डोटेली भाषा नै हुन् । 

चितवनमा थारु लेखक संघ गठन 

चितवनमा थारु लेखक संघ गठन 

७५६ दिन अगाडि

|

२७ साउन २०८१

थारु कल्याणकारिणी सभा चितवनको आयोजनामा साउन २५ र २६ गते भएको थारु लेखकहरुको कचहेरीबाट चन्द्रमणि महतोको अध्यक्षतामा ९ सदस्यीय थारु लेखक संघ चितवन गठन भएको छ ।  संघको उपाध्यक्षमा डाक्टर राउत, सचिवमा कारी महतो, सहसचिवमा भाजुराम महतो, कोषाध्यक्षमा राधा चौधरी र सदस्यहरुमा मनोज चौधरी, विक्रम चौधरी, संजय चौधरी, सावित्री चौधरीलाई सर्वसम्मत चयन गरिएको छ । साथै सल्लाहकारमा भजुमनराम महतो, लक्ष्मण प्रसाद चौधरी, डा संजय महतो, सत्यनारायण चौधरी, रामप्रसाद महतो र सन्तराम महतोलाई मनोनित गरिएको छ । थारु भाषा, संस्कृति र पहिचानका लागि थारु लेखक जन्माउन र अगाडि बढाउनका लागि थारु लेखकहरुबीच कचहेरीको आयोजना गरिएको थारु कल्याणकारिणी सभा चितवनका सभापति ललित कुमार चौधरीले बताए।  कचहेरीमा विभिन्न व्यक्तित्वहरुले विभिन्न विषयबारे अवधारणा पत्र प्रस्तुत गरेका थिए । साहित्यकार मनोज चौधरीले आख्यानमा थारु समाजबारे, लक्ष्मण प्रसाद चौधरीले थारु भाषा र पाठ्यक्रमबारे, भाजुराम महतो र डा संजय महतोले नामको राजनीति र थारु समुदायमा यसको प्रभावबारे, कारी महतोले थारु भाषाको मानकीकरण अभियानबारे, संजय चौधरीले सिमान्तकृत समुदाय र सामाजिक न्यायबारे, भजुमनराम महतोले थारु जातिको इतिहास बारेमा अवधारणा पत्र प्रस्तुत गरेका थिए । कचहेरीको उदघाटन सत्रमा खैरहनी नपा वडा नं ८ का वडाध्यक्ष चन्द्रविक्रम चौधरी, निड्सका अध्यक्ष शिवनारायण चौधरी, थाकस पूर्व केन्द्रीय उपाध्यक्ष भजुमनराम महतो, थाकस क्षेत्रीय सभापति रामेश्वर चौधरी, झगरु चौधरी, सत्यनारायण चौधरी, शंकर महतो, धनवीर चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कचहेरी थारु कल्याणकारिणी सभा चितवनका सभापति ललित कुमार चौधरीको अध्यक्षतामा भएको थियो ।  २०७३ वैशाखमा दाङमा डा कृष्णराज सर्वहारीको अध्यक्षतामा थारु लेखक संघ गठन भएको थियो ।

‘थारू लखागिन’मा ‘पन्ना’ पुनः सर्वसम्मत अध्यक्ष  

‘थारू लखागिन’मा ‘पन्ना’ पुनः सर्वसम्मत अध्यक्ष  

७५६ दिन अगाडि

|

२७ साउन २०८१

लखागिन थारू उत्थान मञ्च, सुर्खेतको तेस्रो साधारण सभा साउन २६ गते शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।  संस्थाको तेस्रो साधारण सभाबाट ९ सदस्यीय कार्य समिति चयन भएको छ । जसको अध्यक्षमा मान बहादुर चौधरी पन्ना, उपाध्यक्षमा सुमित्रा चौधरी, सचिवमा अशोक चौधरी, कोषाध्यक्षमा अमर बहादुर चौधरी, सहसचिवमा नरेश चौधरी र सदस्यहरुमा सन्ध्या चौधरी, प्रतिमा चौधरी, रविना चौधरी, कलावती चौधरी सर्वसम्मत रुपमा चयन भएका छन् ।  साधारण सभामा संस्थाले गरेको विभिन्न कार्यक्रमको आर्थिक वर्ष २०८०÷०८१ अषाढ मसान्तसम्मको १ लाख ७१ हजार ९७७  रुपैया बराबरको आय व्यय प्रस्तुत गरेको छ ।  साधारण सभामा अध्यक्ष मानबहादुर चौधरीले आर्थिक प्रतिवेदन तथा आगामी वर्षमा गरिने वार्षिक कार्ययोजना पेस गरेका थिए भने प्रगति प्रतिवेदन सचिव जित बहादुर चौधरीले प्रस्तुत गरेका थिए ।  अध्यक्ष पन्नाले आगामी दिनमा संस्थालाई अझै सशक्त रुपमा बढाउन नयाँ रणनीतिका साथ अगाडि बढ्ने बताउँदै थारू भाषा, साहित्य, कला, संस्कृति, सभ्यता, मूल्य मान्यतालाई संरक्षण गर्न युवा पुस्ता, पुराना पुस्तालाई जोड्दै तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजनासहित कार्यक्रम गर्ने र थारू समुदायमा सामाजिक, सांस्कृतिक रुपान्तरण गर्ने योजना बनाएर अगाडि बढ्ने बताए । कार्यक्रमका प्रमुख अतिथि थारू कल्याणकारिणी सभाका केन्द्रीय सदस्य कृष्ण बहादुर थारूले  सुर्खेत उपत्यकाका मुल आदिवासीको रुपमा चिनिने थारू जातिको लोकसंस्कृति लोप हुँदै गइरहेको अवस्थामा लखागिन थारू उत्थान मञ्चले सामाजिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा मियोको रुपमा काम गरिरहेको बताउदै  थारू समुदायमा राजनीति रुपमा पनि अघि बढ्नु पर्नेमा जोड दिए । उनले कर्णाली प्रदेशबाट संस्कृति मन्त्रायलयबाट भाषा तथा साहित्य विधामा क्षेत्रीय प्रतिभा पुरस्कार (२०८०) बाट पुरस्कृत भएका सुर्खेतका स्रष्टा पन्नाले सुर्खेती थारूको गौरब बढाएकोमा बधाई दिदै आगामी दिनमा अझै सशक्त रुपमा कलम चलोस् भन्ने शुभकामना दिए ।   कार्यक्रममा थारू कल्याणकारिणी सभाका पूर्व केन्द्रीय पार्षद टेक बहादुर चौधरीले थारू समुदायमा संस्कृतिको अथाह भण्डार भएकोले पहिचान बचाउनुपर्ने र सबै मिलेर अगाडि बढ्नुको विकल्प नरहेको जिकिर गरे । उनले सुर्खेतमा रहेका सबै थारू संस्थाहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिए । लखागिन थारू उत्थान मञ्च, सुर्खेतका सल्लाहकार जागुराम थारूले थारूहरु संस्कृतिका धनी हँुदाहुदै पनि अन्य पहाडी समाजको प्रभाव, विश्वव्यापीकरणका कारण आफ्नो संस्कृति खोज्नुपर्ने अवस्था आइरहेकोप्रति सङ्केत गर्दै यस संस्थाले थारू समुदायको संस्कृति बचाउने कार्य ऐतिहासिक  उपलब्धि भएको बताए  ।  कार्यक्रममा लखागिन थारू उत्थान मञ्चका सल्हाकार कालुराम दहितले थारू समुदायको अगुवाई गरी यस संस्थाले उदाहरणीय कार्य गएकोले आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुपर्नेमा जोड दिए । साथै, पुराना थारू लोकगीत, माँगर, सजना, मैना जस्ता भाकाका गीतहरुलाई जोगाउनुपर्ने आवश्यकता आंैल्याए । कार्यक्रममा थारू अगुवा समाजसेवी विष्णु चौधरी, मानविर थारू, शेरबहादुर थारू लगायतका वक्ताहरुले थारूहरु आफ्नो हकहितका लागि एकजुट हुँदै अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।    

सुरेश ढकालको ‘इतिहासअघिको इतिहास’ लोकार्पण

सुरेश ढकालको ‘इतिहासअघिको इतिहास’ लोकार्पण

७६३ दिन अगाडि

|

१९ साउन २०८१

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा प्राध्यापनरत सुरेश ढकालको  ‘इतिहासअघिको इतिहास’ पुस्तक शुक्रवार साउन १८ गते सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रममा लेखक ढकालसहित अध्येताहरु अनुभव अजित, कैलाश राई, सञ्जय शर्मा, सविन निङलेखुले  संयुक्त रुपमा पुस्तक लोकार्पण गरे । कार्यक्रममा अनुभव अजीतले  ‘इतिहासअघिको इतिहास’ पुस्तक संग्रहणीय भए पनि कठिन पारिभाषिक शब्दावलीले बुझ्न केही कठिन भएको बताए । उनले अर्को संस्करणमा सरल भाषामा लेख्न सुझाए । कैलाश राईले पुस्तकले रोचक शैलीमा प्रागैतिहासिक कालको समय र मान्छेको कथा बुझाउने जिकिर गरिन्। सञ्जय शर्माले पुस्तकले आगोको आविष्कारदेखि पाङ्ग्राको आविष्कारसम्मको इतिहास र इतिहासको राजनीतिमाथि गम्भीर विमर्श गर्ने उल्लेख गरे ।   कार्यक्रमको सहजीकरण गरेका सविन निङलेखुले नेपाली सभ्यता र प्रागैतिहासिक काल बुझ्न .पुस्तक विशिष्ट सन्दर्भ सामग्री बन्न सक्ने बिचार राखे । यस्तै, आफ्नो  ‘इतिहासअघिको इतिहास’ पुस्तक सांस्कृतिक उद्विकासको मानवशास्त्रीय वृत्तान्त रहेको लेखक ढकालले बताए । उनले अर्को वर्ष यसभन्दा अझ खँदिलो पुस्तक लिएर आउने वाचा गरे । यो पुस्तक इन्डिगो इन्कले प्रकाशन गरेको हो । पुस्तकको मोल ५९९ रुपैया रहेको छ ।