नाटक  पूर्णविरामः कसले अठ्याइरहेको छ समयको गर्धन ?

नाटक पूर्णविरामः कसले अठ्याइरहेको छ समयको गर्धन ?

७९३ दिन अगाडि

|

२२ असार २०८१

नेपाल साहित्यिक पत्रकार सङ्घको १८ ओैँ वार्षिकोत्सव सम्पन्न 

नेपाल साहित्यिक पत्रकार सङ्घको १८ ओैँ वार्षिकोत्सव सम्पन्न 

८०१ दिन अगाडि

|

१४ असार २०८१

चेतनाथ धमला  काठमाडौँ । नेपाल साहित्यिक पत्रकार सङ्घको १८ औँ वार्षिकोत्सवका अवसरमा साहित्यिक पत्रकारिता दिवस तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले असार १३ गते प्रज्ञा हल कमलादीमा पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियोे । सो अवसरमा  उहाँले वरिष्ठ स्रष्टा तथा साहित्यिक पत्रकार नारायणप्रसाद शर्मा,डा. तुलसी भट्टराई ,निनु चापागाईं,डा.विष्णुविभु घिमिरे ,डा.अमर गिरी ,ईश्वरचन्द्र ज्ञवाली ,प्रा. घनश्याम कँडेल ,नरेन्द्रबहादुर श्रेष्ठ ,नरनाथ लुइँटेल ,प्रा.डा. कृष्णप्रसाद घिमिरे ,लोकबहादुर थापा मगर ,हरिगोविन्द लुइँटेल ,कृष्ण प्रसाईं र सावित्री श्रेष्ठलगायत १४ जनालाई 'राष्ट्रिय साहित्यिक पत्रकारिता सम्मान' अर्पण गर्नुभएको थियोे ।यस अवसरमा मन्त्री शर्माले नेपाल साहित्यिक पत्रकार सङ्घसँग सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सहकार्य गर्ने उल्लेख गर्दै साहित्यिक पत्रकारका समस्यालाई समाधान गर्न आफूले सक्दो प्रयत्न गर्ने बताउँदै प्रविधिमैत्री साहित्यिक पत्रकारिता आजको आवश्यकता रहेको उल्लेख गर्नु भएको थियोे । विशिष्ट अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले मातृभाषा साहित्यिक पत्रकारिता क्षेत्रमा सरकारी सञ्चारमाध्यम समावेशी देखिँदैन, यो दु:ख लाग्दो कुरा हो। तर प्रज्ञा-प्रतिष्ठानले साहित्यिक पत्रिका सहयोग कोष स्थापना गरी पुरस्कार र अनुदान प्रदान गर्दै आएको छ ।साथै मातृभाषा साहित्यिक पत्रकारिताको उन्नायनमा समेत लागिपरेको बताउँदै सरकारको ध्यानाकर्षण गराउनु भएको थियोे । विशेष अतिथि नेपाल साहित्यिक पत्रकार सङ्घका पूर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार रोचक घिमिरेले सरकारी तवरबाट साहित्यिक पत्रकारितालाई उपेक्षा गरेको र यसको विशिष्टता बुझ्न नसकेको बताउनु भएको थियोे । सम्मानित व्यक्तित्व वरिष्ठ स्रष्टा तथा साहित्यिक पत्रकार निनु चापागाईंले इतिहासदेखि नै साहित्यिक पत्रकारिताचाहिँ साहित्यको मेरुदण्ड बनेर आएको छ ।तर राजकीय निकायहरूले यसलाई महत्त्व नदिनु दुखद पक्ष हो भन्नु भएको थियो ।यसैगरी अर्का सम्मानित व्यक्तित्व वरिष्ठ स्रष्टा साहित्यिक पत्रकार डा.तुलसी भट्टराईले साहित्यिक पत्रकारिताले पुर्याएको योगदानलाई कसैले पनि नजरअन्दाज गर्न नहुने बताउनु भएको थियोे ।अर्का सम्मानित व्यक्तित्व ईश्वरचन्द्र ज्ञवालीले साहित्यिक पत्रकारले जनयुद्वलगायतका विभिन्न अग्रगामी आन्दोलनको पक्षधरता देखाउँदै सांस्कृतिक रूपान्तरणमा समेत अहम भूमिका खेल्दै आएका छन् ।त्यसकारण साहित्यिक पत्रकारिताको समाजमा विशेष भूमिका रहँदै आएकाले सरकारले विशेष प्राथमिकता दिनुपर्नेमा जोडदिनु भएको थियोे । सङ्घका केन्द्रीय अध्यक्ष मोहन दुवालले साहित्यिक पत्रकारिताको गरिमामय इतिहासबारे चर्चा गर्दै छापा तथा विद्युतीय पत्रपत्रिकाका अनेकौँ समस्या जुदिरहेका छन् ।मातृभाषा साहित्यिक पत्रकारिताक‍ो प्रवर्द्धनका निम्ति सङ्घ एकसाथ रहने बताउनु भएको थियो । तिनको संरक्षणका लागि सरकारको भूमिका मुख्य निर्भर रहने बताउनु भएको थियोे ।उहाँले प्रस्तावित मिडिया काउन्सिल विधेयकमा साहित्यिक पत्रकारको प्रतिनिधित्वलाई सुनिश्चित गर्न समेत माग गर्नु भएको थियोे । सङ्घका केन्द्रीय उपाध्यक्ष रामप्रसाद पन्तले साहित्यिक पत्रकारिताका ज्वलन्त समस्याबारे चर्चा गर्दै स्वागत मनतव्य राख्नु भएको थियोे ।सङ्घका केन्द्रीय कोषाध्यक्ष सूर्य लाकोजूले समग्र साहित्यिक पत्रकारिताका बारेमा नयाँ ढङ्गलेले सोच्नुपर्ने बताउँदै धन्यवाद ज्ञापन गर्नुभएको थियोे । कार्यक्रमको उद्घोषक सङ्घका केन्द्रीय महासचिव चेतनाथ धमलाले साहित्यिक पत्रकारिताका आयामहरू समयसँगै बदलिँदै छन् ।तिनलाई आत्मसात् गरेर अघि बढ्नुको विकल्प छैन । जागरणकालमा रहेको मातृभाषा साहित्यिक पत्रकारिताको विकासमा सबैको चासो रहनुपर्ने बताउनु भएको थियोे । 

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा १० जना कवि पुरस्कृत

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा १० जना कवि पुरस्कृत

८०५ दिन अगाडि

|

१० असार २०८१

नेपाल प्रज्ञा प्रतिष्ठानले यो वर्षको राष्ट्रिय कविता महोत्सवमा सर्वोत्कृष्ट १० कविलाई पुरस्कृत गरेको छ। प्रतिष्ठानको ६७औँ वार्षिकोत्सवका अवसरमा आज आयोजना गरिएको राष्ट्रिय महोत्सव २०८१ मा सहभागी भएका सर्वोत्कृष्ट १० जनालाई पुरस्कारका लागि छनोट गरिएको थियो।  पुरस्कृत हुनेमा दाङका छविलाल कोपिला, बर्दियाका अग्रआवाज, मकवानपुरकी अनिता न्यौपाने, नवलपरासीका अञ्जान प्रदीप, रोल्पाका दिलीप बुढामगर, मोरङका रुमानी कुलुङ, सिन्धुलीका रूपक ‘जमरा’ घलान, सिन्धुलीकी रेजिना खालिङ, ललितपुरकी शर्मिला दुलाल र पाँचथरका सुमन सहयात्री योङहाङ रहेका छन्।  छविलाल कोपिलाको थारु भाषाको कविता शीर्षक पस्नक बास रहेको थियो । थारु भाषी कवि पहिलो पटक राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत भएका हुन् । प्रतिष्ठानकी प्राज्ञ एवं कविता महोत्सव संयोजक बाबा बस्नेतका अनुसार महोत्सवका लागि देशभरबाट १ हजारभन्दा बढी कविता प्राप्त भएका थिए। तीमध्ये ६०४ वटा छनोट गरेर तेस्रो चरणका लागि २५ कविता छानिएकामा १० कविता सर्वोत्कृष्ट घोषणा गरिएका थिए। प्रतिष्ठानका कुलपति भूपाल राईले पछिल्लो समय कविता महोत्सवलाई समावेशी बनाउने हेतुले बहुभाषा कविता छनोट गरिएको बताए।  यसअघि पहिलो, दोस्रो र तेस्रो चरणमा विजेता बनाउने परम्परा रहेकामा गन वर्षदेखि छनोट विधि परिवर्तन गरी १० रचना छानिएका जानकारी उनले दिए। प्रतिष्ठानले विसं २०२२ देखि राष्ट्रिय कविता प्रतियोगिता गर्दै आएको छ। 

थारु–नेपाली–अङ्ग्रेजी शब्दकोशको विमोचन 

थारु–नेपाली–अङ्ग्रेजी शब्दकोशको विमोचन 

८३४ दिन अगाडि

|

१२ जेठ २०८१

२०३० सालमा नै रामानन्दप्रसाद सिंह र सर्वस्वलाल चौधरीद्वारा संकलित थारु–नेपाली–अङ्ग्रेजी शब्दकोशको जेठ १२ गते विमोचन भएको छ । बौद्ध जागरण सिंह बिहारको आयोजनामा ललितपुर, कुपण्डोलस्थित नाइटिङेल बोर्डिङ स्कुलमा भएको कार्यक्रममा प्रमुख अतिथि संघीय सभासद तेजुलाल चौधरीले थारु भाषा हराउँदै गएकाले यस्ता शब्दकोशको प्रकाशन महत्वपूर्ण भएको बताए ।  प्राडा बलराम प्रसाईंले शब्दकोशको अंग्रेजी अर्थमा सहयोग गरेका हुन् । कार्यक्रममा डा केशवमान शाक्य, कपिलबस्तुका पूर्व जिविस सभापति कृष्णबहादुर चौधरी, हरिप्रसाद चौधरी, महेश चौधरी लगायतले पुस्तक तथा यसका संकलकद्वयको बारेमा प्रकाश पारेका थिए । कार्यक्रम रामलगन चौधरीको अध्यक्षतामा भएको थियो ।

प्रनव आकाशके ६ गजल 

प्रनव आकाशके ६ गजल 

८३५ दिन अगाडि

|

१२ जेठ २०८१

प्रनव आकाश १ जोगि भुइ घस्क खेल्वार ड्यास गलाइट  नक्ली ठर्वन जस्टक जन्निन मुन्ड्री घलाइट अट्वल्या जिउगरक उराइटा डुरिक चिरै  टरसे जस्गरक मुस्वन अट्वा ढलाइट ब्यार खाक चौकस नि मान्ठुइट गिउरन  सङ्ग रहारङ्गिट कर अखोरे बलाइट गाउँम बन्वक राहा बुटैना ख्याल बा  लर्का घरम हाँठ हाँठ सलाइ चलाइट । २ यी बजार म ओसिन का पा जैठा डेख्क डुनिया फे लस्गरक आ जैठा ठरुवा परड्यास जैना, घर बिस्रैना  आसम यहोर जन्निक, साँस जा जैठा रैटीक कुठ्लिम एक डाना डर्या नै हुइस  जिम्दर्वक घरम सड्ड भ्वाज खा जैठा  जौन ठाउँम ढ्याउर डुखी मनै बाट  उह ठाउम भगन्वक भजन गा जैठा । ३ कहुइया कैडेल करम जाट्से खोटी बा  खुसि लिख्ना लिल्हार फे ट छोटी बा गाउँ चिर्वाइन गन्ढाटा, टिह्वारक डिन  घरक भन्सम जरल, फुस्र्या रोटि बा लर्का रङबिरङ्क रिबनम ख्यालट  छाइक भर कुल्मुलाइल, पुरान झोटी बा डिउटा जिन रिसैहो रै, छाँकी डेहटु  किन नि सेक्नु करुवा, फुटल टोटि बा । ४ पैल्ह ट बुझ परल जिन्गिक सार ह का डोस लगैठो बिचारा लिल्हार ह डोकानम आढुनिक गफ लरैना मनै साइट बिगारल कैख रगेट्ठ बिलार ह गँवल्यन लग्मानी हुइल ठेसे ठर्वक घर आक सड्ड(सड्ड  पिट्ठा पर्यार ह ड्वासर जन्हक कमैया लागल ट उ बहुट पाछ पज्गुराडारल आपन बिचार ह । ५ भुवर बिहानसम छोट्की, ढान कुट्टी बा  खवर नि पाइट कब काम, कब छुट्टी बा बखारी भरक्टे मुस लक्लक्याइल बाट  गाउँम ढान डुढी होक बल्ल फुट्टी बा जन्ना मटाँवा बेराम बा, सब्ज ठोप्री बजाइट के सम्झी गाउँक बल्गर हर्झौखी टुट्टी बा बिचारी डिडिबाबुन, डाइह ढुइना कर्रा पर्ठिन अरोट करोट लौरा आम्हि, पठ्रीम मुट्टी बा । ६ पल्पल पल्पल निम्झटा अजर्या राट आम्ही बट्वैना पलि बा जिन्गिक बाट आब पो मै अक्कल्हे बाटु, डुखक ब्याला सुखक ब्याला बहुट रलह पक्रुइया हाँट सुख्ला रुख्वा हुरि, पानीसे बचैटी रहल चिरै अइबो नि कर्ल घुम्टा समझ्क ठाँट जिम्दर्वा घनि घनि अइठा रकट चुस बेन्हुक एकचो चुस्क चुपाजैठ, उरुसक जाट ।  

बुद्ध र अन्धो मानिस

बुद्ध र अन्धो मानिस

८३७ दिन अगाडि

|

१० जेठ २०८१

एउटा गाउँमा बुद्ध पाहुनाको रुपमा बसेका थिए । केही मान्छेले एकजना अन्धालाई समातेर ल्याए र भन्न थाले कि यो साथीलाई प्रकाश छ भन्ने कुरा सम्झाइदिनु पर्यो। यिनले प्रकाश छ भन्ने कुरा इन्कार गर्छन् । यिनी सधैँ भन्छन् – प्रकाश छँदै छैन । अनि यिनी हामीलाई भन्छन् कि म छोएर देख्न चाहन्छु तिमीहरुको प्रकाशलाई । कहाँ छ, लेऊ, म त्यसलाई चाँडो भन्दा चाँडो छोएर हेर्न चाहन्छु । प्रकाश छोएर देख्न सकिँदैन । तर, अन्धो मान्छेले त चिजहरु छोएर नै जान्दछ । उसको लागि जीवनको पहिचान गर्ने बाटो नै स्पर्श हो । कुनै चिज हुनुको अस्तित्वको सबूत स्पर्श हो उसको लागि । ऊ भन्छ– म प्रकाशलाई छोएर देख्न चाहन्छु । उसले गलत कुरा त बोलेको होइन । उसले चिजलाई छोएर नै जान्ने हो । जेलाई छुन्छ, त्यो चिज छ भनेर मान्छ । जेलाई छुन पाउँदैन, त्यो छैन भनेर मान्छ । छुनु नै कुनै चिज हुनुको प्रमाण हो । फेरि त्यो अन्धो मानिस हाँस्न थाल्छ र भन्छ– ल्याएनौ त्यो प्रकाशलाई । अनि फेरि किन व्यर्थ प्रकाशको कुरा गर्छाै ? के सपना देखेका हौ ? प्रकाश छँदैछैन ? ती मित्रहरुलाई बुद्धले भने– तपाईहरु आउनु भयो, मैले त सोचेको थिएँ सायद यति कुरा तपाईहरुले नै सम्झाउन सक्नुहुन्छ तर लिएर आउनुभयो । यिनी भन्छन् – म छोएर देख्न सक्तछु, स्वाद लिएर देख्न सक्तछु, बताऊ तिम्रो प्रकाशको आवाज, म त्यसको ध्वनि सुन्न सकूँ । तिम्रो प्रकाशमा सुगन्ध छ भने म त्यसको वासना लिन सकूँ । तर जब हामी यिनलाई भन्छौ– प्रकाशलाई छुन सकिँदैन, प्रकाशको सुगन्ध लिन सकिँदैन, वासना थाहा पाउन सकिँदैन, न यसको ध्वनि छ, यसलाई न देख्नै सकिन्छ । त्यसैले त यी अन्धा मानिस भनिरहेका छन् कि यो देख्नु भनेको के हो ? किनकि अन्धा मानिसलाई देख्ने कुरा थाहा हुन्थ्यो भने त यी अन्धा नै हुँदैनथे । र त्यसैले यिनी हाँस्दछन् र भन्दछन् कि नाहाकमा मलाई अन्धा सिद्ध गर्नको लागि किन प्रकाशको कुरा गर्दछौ ? तिमीले पनि देख्न सक्तैनौ, कसैले पनि देख्न सक्तैन, जे चिज छँदैछैन, त्यो कसरी देखिन्छ ? बुद्धले भने – म यिनलाई सम्झाउँदिन । किनकि यस दिशामा यिनलाई सम्झाउनु नासमझी कुरा हुनेछ । म तिमीहरुलाई भन्छु कि यिनलाई कुनै पनि विचारकको समिप लिएर जानु जरुरत छैन । यिनलाई कुनै वैद्यको पासमा लिएर जाऊ । यिनलाई उपदेशको आवश्यकता छैन । यिनलाई उपचारको जरुरी छ । यिनका आँखाको इलाज गराऊ ताकि यिनी देख्न सकून् । जुनदिन भित्रबाट यिनले देख्न सक्लान्, त्यसैदिन यिनले जान्लान् । त्यस भन्दा पहिले होइन । त्यस अगाडि लाख बुद्धले सम्झाए पनि त्यसबाट कुनै फरक पर्दैन । त्यस अन्धा मानिसलाई वैद्यको पासमा लिएर गए । उसका आँखामा जाली लागेको थियो । ६ महिनाको ओखती प्रयोगले जाली काटियो । त्यो मानिस नाच्तै बुद्धको पासमा आयो । उनको चरणमा गि¥यो । अनि भन्न लाग्यो कि प्रकाश छ । तर बुद्धले भने –“छोएर देखाऊ कहाँ छ ? म छोएर देख्न चाहन्छु ।” त्यो अन्धा मानिस हाँस्न थाल्यो र भन्यो कि होइन, यसलाई छोएर जान्न सकिँदैन । त्यसपछि बुद्धले फेरि भने –“म त्यसको स्वाद लिन चाहन्छु ।” त्यस मानिसले भन्यो कि तपाई मजाक नगर्नुस्, त्यसको स्वादपनि लिन सकिँदैन । त्यसपछि पुनः बुद्धले भने –“बताऊ त्यसलाई ता कि म त्यसको ध्वनि सुन्न सकूँ ।” उसले भन्यो कि तपाई पुरानो कुरा छोडिदिनुस् । अब मपनि देख्नसक्ने भएको छु । प्रकाशलाई देख्न सकिन्छ, म देखिरहेको छु, त्यो छ । तर बुद्धले भने – पहिले उनीहरु तिमीलाई यही कुरा सम्झाउँथे तर तिमी सम्झिदैनथ्यौ । त्यस मानिसले भन्यो– मेरो कुनै गल्ती थिएन । गल्ती थियो त उनीहरुकै थियो । जसले मलाई सम्झाँउथे । किनकि अन्धा मानिसलाई कसरी सम्झाउन सकिन्छ ? यदि मैले उनीहरुको कुरा मानेको भए म गल्तीमा पर्नेरहेछु । मैले उनीहरुको कुरा मानिन । मानिन र त उनीहरुले मेरो उपचार गर्नुपर्यो। यदि मैले उनीहरुको कुरा मानिदिएको भए सायद उपचारको कुनै जरुरत थिएन । मैले मानिदिन्थे कुरो खत्तम हुन्थ्यो, म अन्धाको अन्धै रहन्थें, र मैले कहिल्यैपनि प्रकाशको दुनियाँ थाहा पाउँदिनथेँ । जान्न सकिन्छ सत्यलाई मान्न सकिँदैन । सत्य सिक्न सकिँदैन, सिकाउनपनि सकिँदैन । सत्यको कुनै सिकाइ हुँदैन । त्यसैले सत्यको कुनै स्कुल हुँदैन, जहाँ सिकाउन सकियोस् । मान्छेहरुले सिक्न सकून्् । तर चिकित्सा हुन सक्तछ । आँखाको उपचार हुन सक्तछ ।  प्रस्तुतिः पुण्य कार्की,(सत्यकी खोजबाट)