११ बुँदे घोषणापत्र जारी गर्दै प्राज्ञिक सम्मेलन सम्पन्न

११ बुँदे घोषणापत्र जारी गर्दै प्राज्ञिक सम्मेलन सम्पन्न

७७० दिन अगाडि

|

१४ साउन २०८१

काठमाडौंमा गुरही पर्व मनाइने

काठमाडौंमा गुरही पर्व मनाइने

७७१ दिन अगाडि

|

१३ साउन २०८१

काठमाडौं उपत्यकामा यस वर्ष पनि गुरही पर्व मनाइने भएको छ । अग्रासन महिला समुहको संयोजनमा विभिन्न थारु संघ संस्थाहरुको संयुक्त आयोजनामा नेपाल पर्यटन वोर्डको हलमा आगामी साउन २५ गतेका दिन गुरही(गुर्या) २०८१ मनाइने भएको हो ।  भकृटीमण्डपको प्रांगणमा शनिबार बसेको बैठकले गुरही कार्यक्रमका लागि अग्रासन महिला समुहकी अध्यक्ष चम्पा चौधरीको संयोजकत्वमा मुल आयोजक तयारी समिति तथा विभिन्न उपसमिति गठन गरेको  छ ।  मुल आयोजक समितिका अन्य पदाधिकारीमा नौक्षार समुहकी गंगा चौधरी उपसंयोजक तथा सदस्यहरु थारु कलाकार मञ्चकी कोषाध्यक्ष अञ्जु चौधरी, परिवार गल्र्स होस्टेलकी सञ्चालिका किरण चौधरी, चम्पन सांस्कृतिक समुहका अध्यक्ष नन्दुराज चौधरी, आशा आर्टका बलराम चौधरी, राष्ट्रिय थारु कलाकार मञ्चका महासचिव विजय चौधरी, यूनिक थारु ग्रुपका नेपालु थारु, सुसेली कलेक्सनकी संचालिका सुशीला चौधरी, बर्दियाली विकास मञ्चका अध्यक्ष सीताराम चौधरी, सर्वहित समाज नेपालका अध्यक्ष बनस चौधरी, जेनस इन्टरनेशनल प्रालिका सञ्चालक शिव बहादुर चौधरी रहेका छन् ।  त्यस्तै, मूल आयोजक समितिका अन्य सदस्यमा थारुवान डटकमका मदन चौधरी, प्रदेश न्यूजका श्री चौधरी, हमार पहुरा डटकमका लक्की चौधरी, सफारी ट्रेड लिंकका विनय कुश्मी, ठुम्रार साहित्यिक बखेरीका संयोजक÷ढकिया खबर डटकमका डा कृष्णराज सर्वहारी, चलीगोचाली टिभी कार्यक्रमकी सञ्चालिका सरला चौधरी, ख्याल बगालका अध्यक्ष प्रणव चौधरी, सोना फिल्म प्रालिकी सोनु चौधरी रहेका छन् ।  त्यस्तै, आर्थिक व्यवस्थापन तथा उपसमिति संयोजक अग्रासन महिला समुहकी उपाध्यक्ष किरण चौधरी, प्रचारप्रसार उपसमिति संयोजकमा चलीगोचाली टिभी कार्यक्रमकी सञ्चालिका सरला चौधरी, मञ्च व्यवस्थापन अतिथि सत्कार उपसमितिस ंयोजक अग्रासन समुहलाई चयन गरिएको छ ।  थारु बाहुल्यता रहेको तराईका जिल्लाहरुमा धान रोपिसकेपछि  गुरही पर्व मनाउने चलन रहेको छ । खेतीपातीमा कुनै किसिमको हानी नोक्सानी नहोस्, गाउँमा रोगबिरोग नफैसलयोस् भनेर किसानहरु हरेक बर्षको साउनको अन्तिम वा भाद्रको शुरुवातमा गुरही(गुर्या)  पर्व मनाउने गर्दछन् ।  केही वर्ष यता कैलालीको धनगढीमा गुरही चोक नै नामकरण गरेर गुरही भव्यताका साथ मनाउन थालिएको छ । स्मरण रहोस्, यस वर्ष साउन २५ गते गुरही परेको छ । तर कैलालीको जोशीपुर गाउँपालिकाले साउन १ गते नै गुरहीको विदा दिने निर्णय गरेको थियो, जसको व्यापक विरोध भएको थियो । यद्यपि उसले आफ्नो निर्णय सच्याएन । 

लघुकथा : लुगा 

लघुकथा : लुगा 

७७२ दिन अगाडि

|

१२ साउन २०८१

                                                                                                                                                                             स्केचः दीपक गौतम प्राडा प्राज्ञ खेमराज खनाल  दुई जना मान्छे मन्त्रालय छिरे । दुबै नयाँ मन्त्रीलाई बधाई दिन चाहान्थे । एक जना ठुला व्यापारी र एक जना प्राध्यापक थिए । पालेले देख्यो, एउटा सुटबुट लाएको र अर्को सामान्य लुगा र चप्पल लगाएको थियो । व्यापारीले भन्यो, "पाले भाइ, मैले मन्त्रीजीलाई भेट्नु छ । छिटो लैजाऊ ।" प्राध्यापकले भने, "म नि जानु छ । मलाई नि लैजानु होस् ।" पालेले प्राध्यापकलाई भन्यो, "एक छिन पर्खनोस् है । एक जनामात्र जान मिल्छ ।" उसले व्यापारीलाई मन्त्रीकहाँ पुर्यायो । व्यापारीले मन्त्रीलाई नमस्कार गरे । भलाकुसारीपछि बाहिर निस्के । पहिले भेट्न दिएकामा पालेलाई धन्यवाद दिए । ऊ मख्ख पर्यो । पालेले प्राध्यापकलाई झर्कँदै भन्यो, "मन्त्रीजीलाई धेरै झर्को लाउने होइन नि । भेट्नेको ताँती लाग्या लागै छ । व्यस्त हुनुन्छ ।" प्राध्यापकले "हुन्छ" भनेर टाउको हल्लाए । दुबै भित्र पसे । मन्त्रीजी जुरुक्क उठे । प्राध्यापकलाई भने, "गुरुदेव नमस्कार ! तपाईंले पनि पाउकष्ट गर्नुभयो ?" प्राध्यापकले भने, "आफ्नो विद्यार्थी मन्त्री हुँदा कसलाई खुसी लाग्दैन र ?" भलाकुसारीपछि प्राध्यापक बिदा भए । पाले जिल्ल पर्यो । २०८१/०४/११ पिण्डेश्वर क्याम्पस, धरान-१४, सुनसरी ।  

कहियासम अनागरिक ?

कहियासम अनागरिक ?

७७२ दिन अगाडि

|

१२ साउन २०८१

इ डेसके नागरिक हुके फेन अनागरिक कहलुइया “मै” एक आदिवासी जनजाति मोर पुर्खा सालोसे जोगैटि अइलक जमिन  हिंस्रक जनावरसँगे लरके मलेरिया पचाके बइठ्वाइल बस्टि जल, जंगल, जमिनसँगे गँस्टि अइलक डोस्टि एक डिन अचानक आके टुँ ‘तँ त घोंघी खाने जात यो जल, जंगल, जमिन तेरो होइन !’ कहिके उ बस्टिसे खडेरके बुह्रान जैना बाढ्य बनाके हमार अस्तित्व मेटैलक टुँ अट्ना हलि बिस्रा ढरलो ? मोर पुर्खन्के बट्ठामे फोहाके सुन्नामे सुन्ना ठपके सौकि टिराके छुछ्छे भौकि कैके  कमैया ओ कमलह्रि बनाके हमार जमिन हडप्लक पसुहस हमरिहिन जोटैलक मै नै बिस्रैले हुँ ओ, आझ अभिन फेन हमरिहिन कमैया ओ कमलह्रि डेखुइयन  कहिया फेर्बो विभेडके चस्मा ? हुइना टे सक्कु चिज बावइ टोहार कब्जामे टुहिन टे जा कैना फेन छुट  हमार रकट, पस्ना, परिसरम लुट  हमार सपनम बजैठो बुट  मै यहाँ पहिचानके नारा घन्कैलेसे फेन कि कोच्डेठा जेल बर्सैठा लाठि खाइक परठ गोलि टुँ भर झुठ आस्वासन डेखाके मौसमहस बडलटि रठो बोलि मने अहँ नैसेक्ठो बडले टबे टे बोक्ले टो अभिन  उहे अन्यायके झोलि बह्राइटो डमन ओ विभेडके रूख्वा सुस्टाइटो स्वार्ठके बिसौनिमे आज संघर्सके लहरामे यात्रा कैटि रलक मै जबसम रहि इ जिउ नै अँटियइम बोइटि रहम जहिया फेन मोर पहिचान, अधिकार, समानटाके बिया । समानटाके बिया ।।               कहियासम अनागरिक ? (२०८१) कविता संग्रहसे

मुक्तिक सपना

मुक्तिक सपना

७८२ दिन अगाडि

|

२ साउन २०८१

बँढुवा कमैयाँ पटै नि हो कबसे बाँढल रहे मलिक्वाक डर ऋण शोषन ओ सौंकीसे पुस्टौ पुस्टा बिटल सौंकीमे सौंकी ठपल। बाबा छावा नटिव ऊ शोषक किसन्वाक लग जुनीभर कमाईल बर्खाम खौही डवाई बुट्टी डस्याम जरावरके लग लेहल ठोरचे पैंसा माटीक शरिर माटीम मिलल घटल नाई झन बर्हल  कैयो पुस्टौ बिटल  ऊ सौंकी, टिरे नाई सेकके कोई औरे ओर भागल कोई टङ्गके मारल कोई जहर खाईल कोई सौंकीक बडला जन्नी छाई कम्हलरिया पठाईल कोई शोषकनके राट रंगीन बनाईल कुवाँरी छाई नाई चाहके  सौंकीक कारन ईज्जट लुटाईल। हाँ ऊ कमैयाँ शोषन सहनाम घैंखर ना नाई कहल जुनीभर डुई छाक खाईक लग का बर्खैहा पानी का बैशाखी घाम जैसिन कर्रा रहे काम पशु हस मेहनट कर्ना बानी। जब ढिरे ढिरे चेट खुलल ठोर ठोर कमैयाँनके बस्टीम फे भगनुवा हेरल चरम दासत्वाके जंजीरसे ऊ बँढुवा कमैयाँ  मुक्ति खोजे लागल कबु नि ओरैना सौंकीसे दासत्वाके जुनीसे जन्नी छाईनके ईज्जटसे यौन प्यास मेटैन मलिक्वासे। जब मुन्टीम कफन बाँढल कमैयाँ हाँ मुक्ति मिलल ऊ मलिक्वाक सौंकीसे जेल हस ओकर बुक्रीसे हाँठगोर खैना खेट्वा खेर्हन्वासे ओ मुक्ति मिलल बचपन बिटल गाउँसे । नाई अटैना कमैयाँ गाउँक ऐलानी जग्गाम बीचढारमे न घर न घाटके गाउँसे घरसे निकरल सपना पुरा कर्ना आँटके। कमैयाँन दुखमे राजनिती करूईया नेटनके दलाल खुब उल्कैनै सपना डेखैनै रहेक लग अपन घर रही जोटे खाईक खेट्वा रही खुल्लै आँखीसे डेख्ली ऊ मुक्तिके सपना खै पुरा कहाँ हुईल न घर न घरबास अब,  जिन्गी हु गिल नेटनके दास।               जोशीपुर ५ सिमराना, कैलाली  

जहाँ प्रेम हुन्छ, त्यहाँ धन र सफलताले पनि पछ्याउँछ

जहाँ प्रेम हुन्छ, त्यहाँ धन र सफलताले पनि पछ्याउँछ

७८५ दिन अगाडि

|

३० असार २०८१

एकपटक एउटा गाउँमा एउटी महिलाले तीन जना बृद्व मानिसहरूलाई आफ्नो घरबाहिर बसिरहेको देख्दछिन्। तिनीहरू त्यहाँ धेरै बेरदेखि बसिरहेका थिए। महिला बाहिर गएर भन्छिन्, ‘तपाईँहरूलाई म चिन्न त चिन्दिन तर धेरै बेरदेखि बसिरहेको देखेँ, भोक लागेको हुनुपर्छ । कृपया भित्र आउनुहोस् र केही खानुहोस्।' ती मध्ये एक जनाले सोधे, 'तपाईंको श्रीमान घरमा हुनुहुन्छ ?' उनले जवाफ दिइन्, 'हुनुहुँहुन्न।' 'त्यसो भए हामी भित्र आउन सक्दैनौं।', पुरुषहरूले भने। महिला घरभित्र पसिन् । साँझ उनको श्रीमान् घर आएपछि उनले बाहिर बसेका मानिसहरू र अगाडि भएको सबै कुरा सुनाइन्। श्रीमानले आफ्नी पत्नीलाई गएर ती मानिसहरूलाई भित्र आउन र केही खानेकुरा खान भन्दछन्। उनी बाहिर गइन् र उनीहरूलाई भनिन्, 'मेरो श्रीमान घरमा हुनुहुन्छ। उहाँले सबैलाई आमन्त्रित गर्दै हुनुहुन्छ। कृपया भित्र आउनुहोस् र हामीसँग केही खाना खानुहोस्।' तिनीहरूले जवाफ दिए, 'हामी सँगै घरभित्र जाँदैनौं।' जब उनले किन भनेर सोधिन्, एक जना वृद्धले बताए, उनले आफ्नो एक साथीलाई संकेत गर्दै भने: 'उसको नाम धन हो। यदि ऊ तिमीसँग गयो भने तिम्रो घर सधैं धन-सम्पत्तिले भरिनेछ।' त्यसपछि अर्को बूढो मानिसलाई देखाउँदै उसले भन्यो: 'उनको नाम सफल हो। यदि उहाँ तपाईंसँग जानुहुन्छ भने, तपाईंले सुरु गरेको कुनै पनि प्रयासमा सधैं सफल हुनुहुनेछ।' त्यसपछि उनले आफूलाई "प्रेम" भनेर चिनाउँछन् । 'म तिम्रो साथमा गएँ भने तिम्रो घर सधै मायाले भरिनेछ।' त्यसपछि उनले ती बृद्धलाई भित्र गएर आफ्नो श्रीमानसँग छलफल गर्न भनिन् कि उनीहरू मध्ये कुनचाहिँ घरभित्र जान चाहन्छन्। उनका श्रीमान् यो कुरा सुनेर खुसी भए र भने, 'धनलाई निम्तो गरौं। उहाँ आएर हाम्रो घर धन-सम्पत्तिले भरिदिनुहोस्।' उनकी श्रीमतीले असहमत भइन् र भनिन्, 'हामीले सफलतालाई किन निम्तो दिँदैनौं? उनीहरूको' बुहारीले यो कुरा सुनिरहेकी थिइन् । उनले आएर सुझाव दिइन्, ‘हाम्रो घरमा प्रेमलाई निम्तो दिँदा राम्रो हुँदैन र ? तब हाम्रो घर सधैंभरि प्रेमले भरिनेछ।' श्रीमान श्रीमती सहमत भए । महिला फेरि बाहिर गइन् र भनिन्, 'तिमीहरू मध्ये को प्रेम हो ? कृपया भित्र आउनुहोस् र हाम्रो अतिथि बन्नुहोस्।' प्रेम उठेर घरतिर हिड्न थाल्यो । त्यतिकैमा अरु दुई जना पनि उठेर उनको पछि लागे । महिलाले सोधिन्, ‘तिमीले भनेका थियौ कि सबै मिलेर आउन सक्दैनौ । मैले प्रेमलाई मात्र निम्तो दिएँ। तिमीहरू सबै किन आउँदैछौ?' बुढाले जवाफ दिए, 'धन वा सफलतालाई निमन्त्रणा गरेको भए अरू दुई जना बाहिरै बस्ने भए, तर प्रेमलाई निम्तो दिनुभएकोले उहाँ जहाँ जानुहुन्छ, हामी उहाँसँगै जान्छौं।' जहाँ प्रेम हुन्छ, त्यहाँ धन र सफलताले पनि पछ्याउँछ।"  अंग्रेजीबाट अनुवाद : घनश्याम अस्तित्व