विद्यालय स्तरबाटै थारु संस्कृति जगेर्नाको प्रयास

विद्यालय स्तरबाटै थारु संस्कृति जगेर्नाको प्रयास

५७३ दिन अगाडि

|

२७ माघ २०८१

लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनीका लागि आयोजक समिति  गठन

लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनीका लागि आयोजक समिति गठन

५८२ दिन अगाडि

|

१८ माघ २०८१

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देहीको संयोजनमा फागुन १० गतेदेखि १४ गतेसम्म लुम्बिनी ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ का हुन गइरहेको छ । प्रदर्शनीका लागि माघ १८ गते शुक्रवार ४१ सदस्यीय मूल आयोजक समिति तथा विभिन्न उपसमिति गठन गरिएको छ ।  प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख तथा लुम्बिनी प्रदेश समन्वय समिति संयोजक दिनेश्वर महतोका अध्यक्षतामा बसेको भेलाले गठन गरेको समितिमा नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देहीका अध्यक्ष दिलीप रसाइली सह–संयोजक रहेका छन् । त्यस्तै, भेलाले कार्यकारी उपसमिति, डिस्प्ले उपसमिति, आर्थिक व्यवस्थापन, कलाकृति सङ्कलन, स्वास्थ्य/सुरक्षा/स्वयंसेवक/अतिथि सत्कार, विविध कला गतिविधि उपसमितिसमेत गठन गरेको छ ।

‘थारु भाषाके बाइपास करैले नै पाववै’

‘थारु भाषाके बाइपास करैले नै पाववै’

५८९ दिन अगाडि

|

११ माघ २०८१

मधेस प्रदेशको कामकाजको भाषामा थारु भाषालाई नसमेटिएपछि बिरोधको स्वर गुन्जिएको छ ।  यसै क्रममा सप्तरीको सुरुङ्गा नगरपालिका कदमहा चोकमा ‘थारु सुमदायमे बाजै वला थारु भाषाके बाइपास करैले नै पाववै’ लगायतको प्लेकार्डसहित कोणसभा गरिएको छ । माघ ११ गते शुक्रवार भएको सभामा सुरुङ्गा नगरपालिकाकी मेयर गीता चौधरी लगायतले सम्बोधन गरेकी थिइन् ।  यसैबीच थारु समुदायको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस)ले यस कदमको विरोध गरेको छ । थाकसका महामन्त्री मिनराज चौधरीद्वारा जारी प्रेस विज्ञप्तिमा मधेश प्रदेश सरकारद्वारा मधेश प्रदेश संसदमा २०८१ माघ ९ गते पेश गरिएको “प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१” मा नेपाली भाषाका अतिरिक्त मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजी भाषालाई मात्र प्रदेश सरकारी कामकाजको भाषाको रुपमा व्यवस्था गरी प्रस्तुत गरेको विधेयकप्रति थाकसको घोर आपत्ति सहित गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ । विज्ञप्तिमा अगाडि भनिएको छः मधेश प्रदेशमा ४.१७ प्रतिशत नागरिकहरुको मातृभाषाको रुपमा रहेको थारु भाषालाई सरकारी कामकाजको भाषाको रुपमा समावेश नगरिएको मधेश सरकारको विभेदपूर्ण कार्यले नेपालको संविधान, वीर शहिदहरुको बलिदानी, जनआन्दोलन, थरुहट, आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, महिला लगायत परिवर्तनका लागि भएका सबै आन्दोलनबाट प्राप्त उपलब्धि, लोकतन्त्र एवं संघीयताको मूल मर्म भावना विपरित मधेस सरकारले वदनीयतपूर्ण तवरबाट ल्याएको विधेयकले थारु भाषा संस्कृतिमा निर्मम प्रहार गरेको छ । यसप्रति थाकस खेद व्यक्त गर्दै घोर भत्र्सना गर्दछ । ०.२३ प्रतिशतको मातृभाषीको रुपमा रहेको हिन्दी भाषा एवं ० प्रतिशत रहेको अंग्रेजी भाषालाई समेट्नु तर नेपालको आदि मानवको रुपमा रहेको आदिवासी थारु समुदाय लगायतको जनबोलीको रुपमा रहेको ४.१७ प्रतिशत थारु भाषालाई विधेयकमा कुनै स्थान नदिनु निकै निदनीय एवं खेदपूर्ण कार्य भनिएको छ ।  यो विधेयकले थारु भाषाभाषीहरुको उपहास गर्दै, मानव अधिकारसमेत हनन गरेको छ भने अन्तराष्ट्रिय श्रम संगठन महासन्धी १६९, आदिवासी जनजाति सम्बन्धमा संयुक्त राष्ट्र सघंको घोषणा पत्रको समेत उलङ्घन गरेको छ । मधेश प्रदेश सरकारले ल्याएको विधेयकमा तुरुन्त संशोधन गरी सरकारी कामकाजको रुपमा “थारु भाषा” समावेश गर्नको लागि मधेश सरकार र मधेश प्रदेश सभाका सांसदहरु संग जोडदार माग गरिएको छ । यसैबीच, चौतर्फी विरोधपछि मधेश प्रदेश सरकारले भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ फिर्ता लिएको छ । शुक्रबार प्रदेश सभामा बोल्‍दै शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले उक्त विधेयकको फिर्ता लिने प्रस्ताव गरेकी हुन् ।

माघ मिलन कार्यक्रमम साहित्यकार ‘पन्ना’लगायत सम्मानित 

माघ मिलन कार्यक्रमम साहित्यकार ‘पन्ना’लगायत सम्मानित 

५९७ दिन अगाडि

|

४ माघ २०८१

माघ पर्वके अवसरमा कर्णाली प्रदेशके राजधानी वीरेन्द्रनगरम थारु कल्याणकारिणी सभा सुर्खेत, लखागिन थारु उत्थान मञ्च, सुर्खेत ओ राष्ट्रिय थारु कलाकार मञ्च शाखा सुर्खेतके संयुक्त आयोजनामा माघ ३ गते विविध सांस्कृतिक नाचगान झाँकीसहित माघी मिलन कार्यक्रम सम्पन्न हुइल बा ।  कार्यक्रमम थारु भाषा कला साहित्य संस्कृति ओ समाजसेवाम योगदान डिहुइया व्यक्तित्वहुकहन सम्मान कइगिल बा । सम्मानित हुइनाम संस्कृति ओ नागरिक उड्डयन मन्त्रालयमसे भाषा तथा साहित्यक विधाम प्रादेशिक प्रतिभा पुरस्कार २०८० से सम्मानित स्रष्टा वरिष्ठ साहित्यकार मान बहादुर चौधरी ‘पन्ना’ हुकिहिन् बधाई तथा सम्मान कर्ल बाटिन् ।  ओस्हख, थारु कला संस्कृति संरक्षणम टेवा पुगाइल समाजसेवी व्यक्तित्व स्वर्गीय शनिश्रा महतम दहितह मरणोपरान्त सम्मान कर्लिन् । सम्मानित हुइना अन्यम समाजसेवी थारु कल्याणकारिणी सभाके पूर्व केन्द्रीय सदस्य मानबहादुर चौधरी, मिना चौधरी, अशोक चौधरी रहल बाट  ।   कार्यक्रमक बर्का पहुनी वीरेन्द्रनगर नगरपालिकाके नगरप्रमुख मोहनमाया ढकाल थारुनके महान राष्ट्रिय माघ पर्व हुइलक ओहर्से इहिह बचाइक लाग थारु समुदाय लागि पर्लकम खुशी व्यक्त कर्लि । उहाँ आग कलि– नेपाल विविधतायुक्त देश हो । अन्य समुदाय असक हमार समाजम रहल थारु समुदाय संस्कृतिम बहुत धनी रहलक कारन पुराना मौलिक मूल्यमान्यता, परम्पराह पुस्तान्तरण कर स्याक परठ । पुरान लोक परम्परा संस्कृति लौव पुस्ताम हस्तान्तरण हुइ नि सेक्लसे लोप हुइना सम्भावना रहठ । ओहमार असिन कार्यक्रम हुइन जरुरी हुइना जरुरी बा ।  लखागिन थारु उत्थान मञ्च, सुर्खेतके अध्यक्ष मानबहादुर चौधरी पन्ना सुर्खेतके थारु जाति कर्णाली प्रदेशके पहिचान हुइट तर माघ पर्वके लाग कर्णाली प्रदेश सरकार एवम् स्थानीय सरकारके उदासिनताके कारण विगतठेसे हर्षोल्लासपूर्वक मनाइ नि सेक्लक गुनासो व्यक्त कर्ल । सुर्खेतके थारु समुदाय सहाराविहीन टुवर नागरिक असक हरेक बरस एकठो सामान्य कार्यक्रम करक लाग वडा वडा ढाइ पर्ना स्थितिके कारण थारु अगुवा हुक्र निराश हुइपर्ना विडम्बना रहल बाट बटोइल ।  कार्यक्रमम थारु कल्याणकारिणी सभाके केन्द्रीय सदस्य कृष्ण बहादुर थारु, लखागिन थारु उत्थान मञ्च, सुर्खेतके सल्लाहकार जागुराम थारु, आदिवासी जनजाति महासंघका अध्यक्ष अशोक राजी, जनजाति महासंघका प्रदेश अध्यक्ष बिर बहादुर भोटे, कुमाल समाजक इन्द्र कुमाल लगायतके वक्ताहुक्र आपन आपन विचार व्यक्त कर्ल रलह ।  माघ मिलन कार्यक्रमम विभिन्न गाउँमसे आइल कलाकार हुक्र मेरमेरिक मघौटा नाच प्रस्तुत कर्ल रलह । थारु कल्याणकारिणी सभाके सभापति बेचुलाल चौधरीके घरगोस्याइमा हुइल कार्यक्रमम थारु कल्याण कारिणी सभाके जिल्ला उपसभापति सितल्ली चौधरी स्वागत मन्तव्य डेल रलही कलसे कार्यक्रमके सञ्चालन थारु कल्याणकारिणी सभाके सचिव डिलबहादुर चौधरीे  कर्ल रलह ।  

ए साथीः एकछिन बिसाउनुस् न भारी 

ए साथीः एकछिन बिसाउनुस् न भारी 

६२६ दिन अगाडि

|

३ पुष २०८१

                                                                                                                                                                     तस्विरः कृष्णराज सर्वहारी केवी चौधरी ए साथी, एकछिन बिसाउनुस् न भारी यो चौतारीमा बसेर  लालुपातेको फूलसंग  धित मरुन्जेल बात मारौ  परको त्यो उखुबारीमा पारिलो घामसंगै  उखुको रस सरि  प्रेमको अनुभूति गरौं  प्लस र माइनसको दुःखद जन्जाल त्यागेर  यादहरुको बिच्चबाट एउटा रुमानी कथा सम्झिदै  वर्षौदेखि हराइरहेको कालपारे दाइलाई सम्झना गरौ हामीले खेलेका  छुर र घोरबासाको लय लाई नकुल्चिकनै  वर्तमानको यो दौडलाई गति दिने सल्लाह गरौ म होइन  हामीले नै गुर्बाबाले निर्माण गरेको  बाँसघारी पारीका सुन्दर बस्तीहरुलाई सजाउने प्रण गरौ  महत्वाकांक्षाको भीडबाट टाढा कतै  सरलताको छहारीमा  शितलताको बहस गरौं  खेन्वाको डिलमा बसेर  दिलको गहिराइबाट  एक मुठी मुस्कान मिसाएर  छब्वा मिन्ही संगै भिउँरामा माछा मार्ने सल्लाह गरौ  र बर्सेनि आउने माघको  यो टिट्त्याउने  जाडोलाई   सर्लक्कै ओढेर  अधुरो त्यो बसन्तको कल्पना गरौ । ए साथी, एकछिन बिसाउनुस् न भारी                              गुलरिया, दाङ 

माटो, पसिना र मेरा बा

माटो, पसिना र मेरा बा

६२८ दिन अगाडि

|

२ पुष २०८१

यो धर्तीमा सुन फलाउने मेरा बाको पसिना र कोदालो त्यस्तै शित्तलता दिने रातो कमिज र हँसिया कसले लुकायो ? कसैलाई थाहा छैन बा,का हृदयमा सजाइएका राता सन्देशहरु पल–पल सम्झिरहने दमनमा बलिरहेका आगोबाट कसरी सफल भयो, अक्टोबर क्रान्ति ? जब बर्सिन्छन् बर्षातहरु बा,का आँखाबाट आँसु झर्छन् सावन–भदौका बर्षा जस्तै जहाँ हरेक आँसुका बुँदा–बुँदामा क्रान्तिका भुइचालो आउँछन्, ज्वारभाँटा र ज्वालामुखी बिष्फोट हुन्छन् र, संग–संगै म देख्छु सामन्तहरुका दरबार ढलिरहेको भ्रष्टहरुका किल्ला भट्किरहेको । तर, म यो पनि देखिरहेछु मेरा बा,ले बनाएको यो सुन्दर इतिहास किन कसैले लेख्दैन ? भेगवा, अगुच्छा, फेटा पारेर नाङ्गो शरीर र भोको पेट र, भुत्तिएको कोदालीले कति दिन यो माटो खनिरहनु होला ? खिया लागेका हँसिया र छिट्रिएका हथौडाले कसरी ती झारहरु हटाएका होलान् ? मेरा बा,ले कहिल्यै मार्क्स, लेनिन र माओका नाम सुनेका छैनन् तर, बा,लाई यत्ति कुरा जरुर थाहा छ माटो खनेपछि उर्वर हुन्छ पानी सिंचेपछि चिस्यान आउँछ र, सिर्जनाका हजारौं रंगहरू उम्रन्छन् पसिनाका कैयौं दानाहरू फल्छन् ।

लखागिन थारु साहित्यके छैठौँ श्रृङ्खला निम्जल

लखागिन थारु साहित्यके छैठौँ श्रृङ्खला निम्जल

६३० दिन अगाडि

|

३० मंसिर २०८१

सुर्खेतके वीरेन्द्रनगर नगरपालिकामा लखागिन थारु साहित्यके छैठौँ श्रृङ्खला निम्जल बा । लखागिन थारु उत्थान मञ्च, सुर्खेतके अध्यक्ष मान बहादुर चौधरी ‘पन्ना’के  घरगोस्याइ ओ थारु युवा सभाके अध्यक्ष पवन कुमार थारुके बर्का पहुनाइम कार्यक्रम निम्जलक हो । कार्यक्रमम स्रष्टाहुकनसे आ आपन कविता, गजल, ओ मुक्तकके संगसंगे माँगर, ढुमरु गीतफे प्रस्तुत कैगिल । कार्यक्रमम कवि मान बहादुर चौधरी पन्ना, लक्ष्मण चौधरी, गिटु चौधरी, जेबी डेमनडौरा, सलिन चौधरी  लगायतके स्रष्टाहुक्र रचना वाचन कर्ल रलह । कार्यक्रमम माघम गा जिना ढुमरु गित क्रिमलाल चौधरी गैल रलह । माँगर गित मानबिर थारु गैल रलह ।  कार्यक्रमके घरगोस्या मान बहादुर चौधरी ‘पन्ना’ कल₋ भाषा साहित्य जीवनके अभिन्न पाटो हो । यम रुचि जगाइक लाग श्रृङ्खलाके सुरुवात कैगिलक हो । आपन भाषा साहित्य, कला संस्कृतिके संरक्षण करक लाग एक्कले लाग्खन किल सम्भव नैहो । सबजन जुट पर्ना हुइलक ओहर्से लौव पिँढीक युवा युवतिन जोर्ना पुलके रुपम आघ बह्राइक लाग कार्यक्रमह निरनतरता डेटि बाटि ।’  कार्यक्रमम बर्का पहुना पवन कुमार थारु कल₋ थारु भाषा साहित्य श्रृङ्खलाले लौव ओ पुरान पुस्ता जोरजिना हुइलक कारन आपन कला संस्कृति बुझना मजा प्लेटफर्म हो । उहाँ असिन मेरके कार्यक्रम सुर्खेत जिल्लाके गाउँ गाउँम फे ढर पर्ना सुझाउ डेल । वास्तवम हमार कला संस्कृतिके बल्गर पाटो भाषा हो । सुर्खेतके स्रष्टा हुकनक गीत बास, बट्कुहि प्रकाशनके लाग फे सहयोग कर्ना बटोइल ।  कार्यक्रमम समाजसेवी पुर्खा मानबिर थारु असिन कार्यक्रमले लर्कन् हौसला बहर्ना, गित बास लिख्ना अभ्यास फे हुइना हुइलक ओहर्से अहमिन ढेर युवा लर्कन जोर पर्ना सुझाव डेल । कार्यक्रमके सञ्चालन साहित्यकार जेबी डेमनडौरा कर्ल रलह ।