ठुम्रार साहित्यिक बखेरीके ९७औं श्रृंखला निम्जल

ठुम्रार साहित्यिक बखेरीके ९७औं श्रृंखला निम्जल

८४७ दिन अगाडि

|

२९ वैशाख २०८१

कर्णालीमा १३औं लोकवार्ता सम्मेलन हुने

कर्णालीमा १३औं लोकवार्ता सम्मेलन हुने

८५० दिन अगाडि

|

२६ वैशाख २०८१

                                                              लोकवार्ता परिषद्का महासचिव ध्रुवप्रसाद भट्टराई आफ्ना भनाई राख्दै । सबै तस्विरः डिल्ली रमण सुवेदी लोकवार्ता परिषद् नेपालले १३औं लोकवार्ता सम्मेलन कर्णालीमा आयोजना गर्ने भएको छ । यो वर्षको कात्तिक पहिलो साता (३ गतेदेखि ११ गतेसम्म) कर्णाली प्रदेशका मुगु, जुम्ला र कालिकोट जिल्लामा संगोष्ठी आयोजना हुने काठमाडौमा एक औपचारिक कार्यक्रम गरी परिषद्ले जनाएको छ । सम्मेलनलाई सफल पार्न परिषद्ले कर्णाली सम्मेलनका संयोजक, व्यवस्थापकसहित कर्णाली क्षेत्रका जनप्रतिनिधि, सरकारी कर्मचारी, लेखक, साहित्यकार, पत्रकार, संस्कृतिविद् र सरोकारवालाहरुसँग काठमाडौमा वैशाख २३ गते आइतवार पूर्वतयारी छलफल गरेको हो ।  छलफलमा कर्णालीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरु ऐनबहादुर शाही, कान्तिका सेजुवाल, प्रदेश सांसद नरेश भण्डारी लगायतको सहभागिता रहेको थियो । ती सबैले सम्मेलन सफल पार्न आफूहरुको सहयोग रहने बताए । १३औं लोकवार्ता सम्मेलनका कर्णाली संयोजक मनोहर लामिछानेले हाम्रा सरकारी कागजपत्र हराएमा प्रतिलिपि निकाल्न सकिने तर हाम्रा परम्परा हराए पुनः फर्काउन नसकिने बताउँदै उनले कर्णालीका लोकसंस्कृति संरक्षण गर्न आवश्यक रहेको, त्यसैका लागि यसपाली कर्णाली छानिएको बताए ।  सम्मेलनलाई सफल बनाउन जुम्लाको लागि माधव चौलागाईँ, कालिकोटका लागि मोतीराज बम र मुगुको लागि तिलक बहादुर मल्ललाई संयोजक तोकिएको छ। आगामी जेठ ४ गतेबाट स्थानीय क्षेत्रको भ्रमणमा जाने र त्यहाँ पनि विभिन्न चरणमा छलफलका कार्यक्रम राखिएको आयोजकले जानकारी दिएको छ । लोकवार्ता परिषद्का महासचिव ध्रुवप्रसाद भट्टराईले सम्मेलनमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय लेखकहरुका कार्यपत्रहरु प्रस्तुत हुने गरेको जानकारी दिए । यस वर्ष कर्णाली क्षेत्रकै अनुसन्धानदाताका कार्यपत्रलाई प्राथमिकता दिइने उनले बताए ।  आगामी सम्मेलनमा स्थानीय लेखकहरुका २० भन्दा बढी कार्यपत्र संकलन भइसकेको स्थानीय संयोजक राजबहादुर कुँवरले जानकारी दिए ।  परिषद्का उपाध्यक्ष यज्ञराज उपाध्यायले लोकवार्ता सम्मेलनको प्रमुख उद्देश्य भनेकै लोकवार्ताका कर्णाली नेपाली भाषाको उद्गमस्थल, संस्कृति र सभ्यताको जननी र हाम्रा जातजातिको विस्तारको क्षेत्र रहेको बताउँदै त्यहाँका लोकवार्ताका सामग्रीहरुको संकलन र संरक्षण गर्न आवश्य रहेको  बताए ।  २०६८ सालमा पोखराबाट सुरु भएको लोकवार्ता सम्मेलन प्रत्येक वर्ष विशेषतः कात्तिक महिनामा देशका विभिन्न जिल्लाहरुमा आयोजना हुने गरेको छ ।  छलफल कार्यक्रममा माधव चौलागाईंको कृति ‘सपादलक्ष कर्णाली’ बारे पनि चर्चा गरिएको थियो । पत्रकार टीकाराम यात्रीले पुस्तकबारे प्रकाश पारेका थिए । कार्यक्रम लोकवार्ता परिषद्का अध्यक्ष अध्यक्ष प्रेमकुमार खत्रीको अध्यक्षतामा भएको थियो ।   

मातातीर्थका रोचक किंवदन्ती 

मातातीर्थका रोचक किंवदन्ती 

८५० दिन अगाडि

|

२६ वैशाख २०८१

आर्यन धिमाल मातातीर्थको बारेमा विभिन्न रोचक किंवदन्तीहरु पनि छन् । तीमध्ये दुई किंवदन्ती यस्ता छन्– किंवदन्ती–१ धेरै वर्ष पहिले काठमाडौं उपत्यकाको पश्चिम दिशातर्फ थानकोट जाने बाटोमा पर्ने गुर्जुधारादेखि माथि पहाडको फेदीमा गाईवस्तु चराउने चौर थियो । एक दिन एउटा गोठालाले सो चौरमा फ्याँकेको रोटीको टुक्रा हरायो । उसले अचम्म मानी रोटीको अर्को टुक्रा पनि फ्याँक्यो, त्यो पनि हरायो । अरू गोठालाले पनि रोटीका टुक्रा फ्याँके । तीनमध्ये आमा जीवित हुनेले फ्याँकेका रोटी त्यहीं रही आमा नहुनेले फ्याँकेका रोटी मात्र अलप भए । कथा अनुसार पहिलो चोटि रोटी फ्याँक्नेकी आमा पनि थिइनन् । त्यो दिन वैशाख कृष्णपक्षको औंसी थियो । दोस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन । सो कुरा चाल पाई गाउँलेले औंसीको दिन मृत आमा त्यस ठाउँमा आई आफ्ना छोराछोरीले श्रद्धापूर्वक दिएको चिज खाँदा रहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाई ‘मातातीर्थ’ नामकरण गरियो । यसरी हरेक वर्ष आजकै दिन आमा नहुनेले त्यहाँ गई कुण्डमा नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृ दिवस मनाउन थाले र मातातीर्थ मेला लाग्न थाल्यो । किंवदन्ती–२ भगवान् विष्णुका सातौं अवतार भनिने मर्यादा पुरुषोत्तम राम वनवासका क्रममा घुम्दै मातातीर्थ आइपुगे । उनलाई अपरिचित र नौलो देखेर स्थानीयले आक्रमण गरे । फलस्वरूप राम र स्थानीय बासिन्दाका बीच घनघोर युद्ध भयो । त्यहीबेला रामकी पत्नी सीतालाई प्यास लाग्यो । पानी खोज्दा कतै नभेटिएकाले रामले गंगामाताको स्तुति गरे । तीनपटक ‘माता गंगासमो तीर्थ पिता पुष्करमेव चः’ भन्ने मन्त्रोच्चारण गरी जमिनमा वाण प्रहार गरेपछि वाण लागेको ठाउँमा पानीको कुण्ड बन्यो । त्यहाँ सीताले सारा ब्रह्माण्डको साक्षात् दर्शन पाइन् । ब्रह्माण्डको दर्शन गर्दा उनको स्वरूप कुण्डमा रहेको ढुंगामा कोरिन पुग्यो । त्यतिबेला त्यहाँ घना जंगल थियो । एकपटक गाई चराउन आएका गोठालाहरू कुण्डको नजिकै बसेर खाजा खाँदै थिए । संयोगवश एउटा गोठालो मुखमा रोटी नपर्दै कुण्ड भएतिर मात्र के गएको थियो उसले कुण्डभित्र आफ्नी आमाको दर्शन पायो । घर फर्कने बेलामा गोठालाले एक्लै फर्कन नमानेको र आमासँगै जाने इच्छा गरेकाले आमाले छोरालाई भनिन्, ‘अहिले तिमी हामीसित जान मिल्दैन । बरु मेरो दर्शन गर्न प्रत्येक वैशाख औंसीको दिन आउनू ।’ उक्त दिन हरेक आमा गुमाएका सन्तानले यही कुण्डमा आफ्नी आमाको आकृति देख्न सक्छन् भन्ने जानकारी दिएर आमाले गोठालो छोरालाई फकाई फुल्याई बिदा गरिन् । त्यति बेलादेखि हरेक वर्ष त्यहाँ मेला लाग्न थालेको किंवदन्ती छ । आमाको पवित्रस्थल भएकाले उक्त ठाउँको नाम ‘मातातीर्थ’ रहन गयो । त्यहाँ गएर शास्त्रोक्त विधिपूर्वक गरिने कर्मकाण्डबाट मृतात्माले मोक्ष पाउने तथा उक्त कार्य गर्ने सन्तानले जीवनभर सुखसन्तोष पाउने जनविश्वास रहीआएको छ ।

६ जना थारु स्रष्टा सम्मानित

६ जना थारु स्रष्टा सम्मानित

८६२ दिन अगाडि

|

१४ वैशाख २०८१

थारु भाषा, साहित्य, कला, संस्कृतिमा योगदान पुर्याउने बर्दियाका ६ जना थारु स्रष्टा ठाकुरबाबा प्रज्ञा प्रतिष्ठान, बर्दियाबाट  सम्मानित  भएका छन् ।  ढिलो गरी प्राप्त समाचार अनुसार सम्मानित हुनेमा सन्तराम धरकटुवा थारु, श्यामलाल थारु प्रतीक, धनीराम थारु, गायकद्वय दर्पण कुसुम्या र सन्तराम चौधरी तथा ठग्गु थारु रहेका छन् ।  वैशाख ११ गते ठाकुरबाबा प्रज्ञा प्रतिष्ठानद्वारा ठाकुरबाबा नगरसभा हल, भुरीगाउँंमा आयोजित थारु भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण सम्वद्र्धनका लागि कार्यक्रम पहिचान विषयक् गोष्ठीमा ती स्रष्टाहरुलाई सम्मान गरिएको हो । ठाकुरबाबा नगरपालिकाका उपप्रमुख विना भट्टराईले स्रष्टाहरुलाई सम्मान गरेकी थिइन् । कार्यक्रममा सोही विषयमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा कृष्णराज सर्वहारीले अवधारणापत्र प्रस्तुत गरेका थिए ।  स्रस्टाहरुलाई सम्मानको कार्यक्रमलाई निरन्तरता दिने  ठाकुरबाबा प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष खगेन्द्र नेपालले बताए । कार्यक्रमका प्रमुख अतिथि ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलक लम्सालले आफ्नो नगरपालिकामा ५४ प्रतिशत थारु समुदायको वसोवास रहेकाले थारु भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण सम्वद्र्धनमा नगरपालिका सदैव लागी पर्ने बताए । कार्यक्रममा ठाकुरबाबा प्रज्ञा प्रतिष्ठानका थारु भाषा विभाग प्रमुख भिख्खुराम थारु, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य महानन्द ढकाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम ठाकुरबाबा प्रज्ञा प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद पौडेलको सभापतित्वमा भएको थियो । 

थारु लेखक संघ कैलालीके अध्यक्षमे फेनसे जीतबहादुर ‘ट्रासन’

थारु लेखक संघ कैलालीके अध्यक्षमे फेनसे जीतबहादुर ‘ट्रासन’

८६७ दिन अगाडि

|

९ वैशाख २०८१

थारु लेखक संघ नेपाल कैलालीके अध्यक्षमे फेनसे जीत बहादुर चौधरी ‘ट्रासन’ छानगैल बटाँ । संघके वैशाख ८ गते शनिच्चर धनगढीमे हुइल डुसरा जिल्ला अधिवेशन ओ चौठा साधारण सभासे उहाँक अध्यक्षतामे नौ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमे छानगैल । संघके उपाध्यक्ष कविता चौधरी, सचिव अनिल कुश्मी, सहसचिव दिनेश चौधरी संगम ओ कोषाध्यक्षमे दुर्जन चौधरीहे चयन कैगैल बा । ओस्टक, सदस्यमे राजु चौधरी, लक्ष्मी राना, बालमोती चौधरी ओ रामु कुश्मी बटाँ ।  अधिवक्ता जोहारीलाल चौधरीके संयोजकत्वमे वसन्ती चौधरी, बाँधुराम चौधरी ३ सदस्यीय निर्वाचक मण्डल गठन हुइल रहे । अधिवक्ता जोहारीलाल चौधरी नवनियुक्त पदाधिकारीन् शपथ खवइले रहिट ।   उहिसे पहिले उद्घाटन सत्रमे बोलुइयन थारु भाषा, साहित्य, संस्कृतिके अवस्था कमजोर हुइलमे चिन्ता जनैले रहिट । कार्यक्रमके बर्का पहुना थारु लेखक संघ नेपालके केन्द्रीय अध्यक्ष डा कृष्णराज सर्वहारी थारु लोककला, भाषा संस्कृति संरक्षण कैना सक्कु जनहनके दायित्व रहल धारणा रख्लाँ । ‘थारु भाषा संस्कृति संरक्षण सम्बद्र्धन कैना सब्से बरवार जिम्मेवारी थारु समुदायके हो’, उहाँ कहला, ‘हम्रे आपन समुदायके रीति संस्कृति सम्बन्धी लेख रचना लिखके हुइठ् कि कौनो म्युजिक भिडियो, डकुमेन्ट्री बनाके हुइठ, उ सक्कु हमार जिम्मेवारी हो ।’ रानाथारु डटकमके सञ्चालक नन्दलाल राना रानाथारु लोक कला भाषा संस्कृति दिनदिने हेरैटी गैल कहलै, ‘अब्बे लावा पुस्ता पुरान संस्कृति बिस्रैटि गैल बा । यहाँसम कि अब्बे रानाथारु समुदायके लोकप्रिय टिहुवार होरीमे नाच जैना होरी नाचके लाग डंका बजुइया ओ नचुइया मनै खोज्ले नैमिल्ठै ।’ पहुरा थारु दैनिकके सम्पादक प्रेम चौधरी थारु भाषामे लेख रचना लिखुइयनके कमी होके दैनिक पत्रिका सञ्चालनमे चुनौती ठपल बटाइल रहिट । उहाँ कहलै, ‘पहिले समय सन्दर्भ अनुसार लेखकहुक्रे पत्रिकाके लाग लेख रचना लिखके पठाइट, मने कुछ बरस यहोर लिखुइया व्यक्ति फेन निस्क्रिय हुइल लागठ ।’ थारु नागरिक समाजके संयोजक दिलबहादुर चौधरी आपन रीति रिवाज छोरटि जैना, मने आनक संस्कृति अंगल्टि गैल ओरसे थारु संस्कृति लोप हुइटी गैल बटाइल रहिट । थाकस कैलालीके पूर्व कार्यवाहक सभापति माधव चौधरी लोप हुइटी रहल भाषा संस्कृतिहे बचाइक लाग युवा पुस्ता लागे पर्ना बटाइल रहिट । थारु लेखक संघ नेपालके लग अपन दिवंगत गोसिन्याके नाउँमे थारु महिला प्रतिभा सशक्तिकरण पुरस्कार स्थापना करुइया रोदन चौधरी मेडिकलके प्रोपराइटर चन्द्रसिंह चौधरी अपन स्थापना करल पुरस्कारके रकम बह्रैटि जैना प्रतिवद्धता जनैला ।  कार्यक्रममे थारु लेखक संघके आजीवन सदस्यद्वय शेखर दहित ओ सोम डेमनडौरा थारु लेखक संघ ढेर काम करलमे फेन दस्तवेजीकरणके अभाव रहल बटैलाँ । यकर बहुवर्षिय योजनाके अभाव रहल उहाँलोगनके कहाइ रहे ।  अनिल कुश्मी सञ्चालन करल कार्यक्रममे लक्ष्मी राना स्वागत कर्ले रहि ।