सर्वहारीसहित १५ स्रष्टालाई सम्मान गरिने

सर्वहारीसहित १५ स्रष्टालाई सम्मान गरिने

१०९६ दिन अगाडि

|

१८ भदौ २०८०

थारू सँस्कृतिको मौलिकताको खोजी

थारू सँस्कृतिको मौलिकताको खोजी

१०९८ दिन अगाडि

|

१६ भदौ २०८०

काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो संस्करणमा शुक्रबार बदलिँदो थारु संस्कृतिका विविध पक्षबारे छलफल  गरिएको छ। लेखक तथा अधिवक्ता  शान्ति चौधरी, थारु संस्कृति अध्येता कृष्णराज सर्वहारी र रंगकर्मी सरस्वती चौधरीबीच 'थारु संस्कृति : हिजो र आज' छलफल  भएको हो। कार्यक्रमको सहजीकरण पत्रकार बुनू थारुले गरेकी थिइन्।  अधिवक्ता शान्ति चौधरीले थारु समुदाय विगतभन्दा उदार बन्दै आएको धारणा राखिन्। पहिला अशिक्षा, अन्धविश्वास र रुढिवादी परम्परा रहेको अनुभव सुनाउँदै उनले भनिन्, 'काठमाडौंमा छँदा मैले सबै सेवा सुविधा पाएँ। तर, मेरो परिवारले थारु चलन परिवर्तन गर्न सकेन। उहाँहरूले बाराकै केटासँग मेरो बिहे गरिदिनुभयो। त्यहाँ गएर निकै दुःख भोग्नुपर्‍यो। शौचालय पनि राति जानुपर्ने। सबैले नखाएसम्म खाना खान नपाइने। तर, अहिले त्यस्तो छैन।' पछिल्लो समय थारु समुदाय र अन्य समुदायबीच संस्कृति आदानप्रदान हुँदै गइरहेको उनले बताइन्।  'पहिले थारुहरू अरु समुदायसँग घुलमिल हुँदैन थिए। आफ्नो समुदायभित्र रमाउने हुँदा संस्कृति पनि उनीहरुबीच सीमित थियो। खेतीपातीमा निर्भर हुने उनीहरू अशिक्षित थिए', उनले भनिन्, 'तर,  आधुनिक र वैज्ञानिक युगले गर्दा थारु संस्कृति र अन्य संस्कृतिबीच आदानप्रदान भएको छ। उनीहरू छोरीलाई पढाउने भएका छन्। रुढिवादी परम्परा पनि हराउँदै गएको छ।'   अर्का वक्ता सर्वहारीले थारु समुदायभित्र पनि विविधता रहेको बताउँदै पूर्वी नेपाल र पश्चिम नेपालका थारुहरुको फरक संस्कृतिबारे प्रकाश पारे। उनले पूर्व र पश्चिमका थारुको संस्कृति फरक भएकैले पाठ्यक्रम निर्माणमा समस्या भएको बताए। 'लुम्बिनी र सुदूरपश्चिम प्रदेशलाई थारु भाषा लागू गर्नुपर्छ भनेर सरकारले सिफारिस गरेको छ। विडम्बना, कैलाली जिल्लाको एउटा गाउँपालिकाबाहेक कसैले पनि लागू गरेको छैन। कैलालीले एक कक्षामा राखे पनि निरन्तरता दिएको छैन। एकदेखि पाँच कक्षासम्मको जनक शिक्षामा म पनि लेखक हुँ। त्यसमा पूर्वको एउटा र पश्चिमका थारुको भाषा फरक हुँदा पनि पाठ्यक्रम निर्माणमा समस्या आएको छ,' उनले भने। थारु लेखक संघ बनाएर थारु संस्कृति र साहित्यको संरक्षणमा योगदान गरिरहेको सर्वहारीले बताए।  पूर्व र पश्चिमका थारु समुदायको भाषा र संस्कृतिमा विविधता छ। तर, मधेसी समुदायमा बस्ने हुँदा पूर्वको थारुहरुले भोजपुरी संस्कृति अपनाएको आरोप लाग्ने गर्छ।  शान्ति भने पूर्वीय थारुहरूले कसैको संस्कृति ग्रहण नगरेको बताउँछिन्। थारु संस्कृतिको विकासमा राज्य अग्रसर हुनुपर्ने बताउँदै थारु भाषालाई पाठ्यक्रममा समेट्नुपर्ने उनको भनाइ छ।  सरस्वती चौधरीले कलाररंगमञ्चले थारु संस्कृतिको विस्तारमा सहयोग गरे पनि नाटकमा भने काम गर्न नसकेको बताइन्। थारु समुदायमा एकता नहुँदा पहुँचमा पुगेका थारुहरूको पनि साथ नपाएको उनको दुखेसो छ। महोत्सव आइतबारसम्म जारी रहनेछ।

फेरि मलाई जन्मै न दे

फेरि मलाई जन्मै न दे

१११२ दिन अगाडि

|

२ भदौ २०८०

प्रह्लाद ढकाल बाहुनका घरमा मात्र मेरो बास हुने भए हे ईश्वर दाया राखी फेरि मलाई जन्मै न दे न वारा, न मःम न छोईला, न कचिला न मुस्या, न चटामरी न सेकुवा, न पचक्वाँ न समयबजी, न अयला खाली मोही र मकै खानुपर्ने भए हे ईश्वर दाया राखी फेरि मलाई जन्मै न दे । न घोंघी, न ढिकरी न बढिया भाले, न चोंचे न सिद्रा, न झिंगिया न पकवा, न भक्का न खँरिया, न महुवा सधैँ घिरौंलाको तिहुनमा चोख्यान हालेर खानुपर्ने भए हे ईश्वर दाया राखी फेरि मलाई जन्मै न दे । न कन्चम्पा, न सुकुटी न झानेको, न साँदेको न स्वादिलो, न तिख्खर न ट्वाक्क, न मुखै रसाउने न सितन, न च्वास्स आचमान गरेर सुरुप सुरुप झोलैसंग मात्र खानुपर्ने भए बाउनका घरमा भुलेर पनि फेरि मलाई जन्मै न दे । कहिले एकादशी त कहिले औंसी पूर्णे रोजै अनेक मिति र तिथी कहिले घोर ग्रहण सधै हविषे र सराद्धे बाहुनका घरमा मात्र मेरो  बास हुने भए हे ईश्वर दया राखी फेरि मलाई जन्मै न दे ।।

साउन र तिमी

साउन र तिमी

१११९ दिन अगाडि

|

२७ साउन २०८०

एनसी ओली वर्षौपछि, मुश्किलसँगले आज  सिद्ध भयो भित्रभित्रै गुटमुटिएको मेरो अभिलाषा   कि, देख्ने तिमीलाई दुरुस्तै निहार्ने तिमीलाई फेरि उस्तै । उही लजालु हेराई, मुहारमा त्यही मधुर मुस्कान कयौँ दिनपछि, बल्ल आज देखेँ तिमीलाई फेरि उस्तै पाएँ तिमीलाई पहिले जस्तै, दुरुस्तै । हरियो चुराले तिमी,  सजिएकी थियौ नीलो आकाशे वर्णको झुम्कासँगै थियो अलिकति हरियो मेहन्दीको रङ उसमाथि,  हरियै वस्त्र पहिरिएकी । तिमी यसरी टुप्लुक्क आइपुग्यौ जसरी मैले कल्पना गरेकै थिइनँ मरेको अतीत बिउँझाउने गरी आयौ एकाग्र चेतना खलबल्याउने गरी आयौ अवश्य पनि,  यो श्रावणको महिना हुनुपर्छ । त्यसैले त मेरो सामु तिमी मेरै उपहार पहिरिएर आयौ  गहना र शृङ्गार त तिमीलाई मनपर्ने वस्तु छँदै थिएनन् सायद, मेरै उपहार हुनुपर्छ यी पनि र त, मलाई देखाउन आइपुग्यौ तिमी  चम्केर उज्यालो हीराजस्तै टुप्लुक्क, आज मेरो सपनीमा दुरुस्तै । यति सुन्दर, यति निक्खर कहिले  अहिलेसम्म सजिएकी थिइनौ  सजियौ त तिमी केवल मेरो निम्ति सजियौ आइपुग्यौ त आज तिमी पक्कै, मेरै निम्ति आइपुग्यौ मिठो सम्झना बनी फेरि उस्तै आज, मेरो सपनीमा दुरुस्तै ।। मुसिकोट–१, रुकुम पश्चिम

होइन रैछ

होइन रैछ

११२३ दिन अगाडि

|

२३ साउन २०८०

रेशम चौधरी                                खुल्ला आकाशमा  केही दिन रमाउँला भन्थें बुर्कुसी मारेर उफ्रिउँला भन्थें संसार बिचरण गरुँला भन्थें होइन रैछ  मनमनै गम्थें खोलामा पौडी खेलौंला इष्टमित्र भेटुँला हालचाल सोधुँला होइन रैछ समय मेरो रैनरैछ मस्तसंग सुतुँला तिमीसंग खिल्खिलाउँला छिल्लिउँला, बिल्लिउँला होइन रैछ  वर्तमान मेरो रैनरैछ प्राप्ति भन्दा ठुलो खुशी रैनरैछ मलाई माया गर्दैनन् कसैले  अँह, यो कदापि होइन रैछ  जसलाई मैले फुल भन्थें उ काँडा रैनरैछ सपनीमा बिपनीमा सजिने उ पराई रैनरैछ ।।। होइन रैछ, रैनरैछ सब छोडेर  फेरि लामो यात्रामा निस्केको छुँ उस्तै जोश, उस्तै अठोट, उस्तै संकल्प लिएर  सबै नेपालीलाई खिल्खिलाउने उद्देश्य लिएर  हाम्रो र तिम्रो खुशी साझा होस् भन्ने सन्देश लिएर  यसपालि फर्किएर लेख्नु नपरोस्  नाचुला भन्थें, हाँसुला भन्थें खुल्ला आकाशमा केही दिन रमाउँला भन्थें बुर्कुसी मारेर उफ्रिउँला भन्थें ।।।            पुल्चोक, ललितपुर 

म शिक्षक 

म शिक्षक 

११२६ दिन अगाडि

|

२० साउन २०८०

भूपाल आचार्य चल्दै छ स्वार्थको हुरी  जोगाउनु छ स्वाभिमानको दियो  छोपेर आफ्नै इमानको पछ्यौरीले ।  पन्छाउँदै चाप्लुसीको वनमारा  रोप्नु छ आदर्शको बिरुवा  सोहोरेर लालचको रछ्यान  सुकिलो राख्नु छ नैतिकता ।  किस्तीमा सजिएर  टेबुलमै आइपुग्छ ‘प्रतिष्ठाको पद’  खाऊँ कि त भन्छु,  ह्वास्सै गन्हाउँछ सडेको सङ्गठन ।  खुराफाती रुमालले छोपिएर  चाकडीको ढकियाभरि आउँछ  भत्ता र सुविधाको मालपुवा  चाखौँ कि त भन्छु  देख्दै दिगमिग दिगमिग हुन्छ  फ्यात्त कुहेको दलको ढुसी ।  ल, ‘मिसेज’लाई खास्साको जागिर  नियुक्तिपत्र टक्र्याउन आउँछ समाजसेवी  साइडमा बोकेर पार्टीको ‘साइडब्याग’  झुकाउन मेरो स्वाभिमान ।  ‘ल, बाबुको शुल्क मिनाहा,  मेगा स्कुलमा आवासीय सुविधा’ लोभी ललिपप देखाउँदै आउँछ व्यापारी  निचोरेर गरिबको रगत, पसिना  चढेर दलालीको टल्किने गाडी  भत्काउन मेरो आत्मविश्वास ।  पाहुना बनेर आउँछ साथी  आपत आइलाग्छ पैसाको  चिया, चिनीको जोहो कसरी गर्नू   पाहुना बनाउन आउँछ साथी  सङ्कट आइलाग्छ पैसाको  कोसेली के लिएर जानू ।  परारैदेखि हो बिर्सेका आफन्तहरूले  देखेर शून्य सञ्चितिको बैंक खाता  पोहोरैदेखि हो तर्किन थालेका हितैषीहरू  बुझेर सदाबहार रित्तो खल्ती   ब्याजको स्याज जोडेर  लिलामीको सूचना छाप्दै  उठीबास लाउन  तम्तयार छ बैंक ब्वाँसो । अचेल,  कालो सिसावाल गाडीमा  कालै चस्मा लाएर निस्कन्छ घरबाट छिमेकी लाहुरे कतै, अशुभ नहोस् उसको शुभसाइत  देखेर मेरो दरिद्र अनुहार ।   पाइला पाइलामा टेक्दै  छिचोल्नु छ अभावका काँडा  पल पलमा पिउनु छ  अपमानको ‘हेमलक’ ।   तैपनि,  जोगाउनु छ स्वाभिमानको दियो  छोपेर आफ्नै इमानको पछ्यौरीले ।  किनकि,  म शिक्षक हुँ  आफू जलेर प्रकाश छर्ने  मैनबत्तीको शिखा हुँ यो देशका नानीहरूको  भविष्य मेरै हातमा छ  यो देशको जिम्मेवारी  मेरै काँधमा छ । देशमै बसेर देशकै लागि  देश चिनाउने सङकल्प गर्दछु   किनकि म शिक्षक हुँ ।                   तुलसीपुर–१७, मानपुर, दाङ