गायिका सोमती थारूले सख्या गीत ल्याउँदै

गायिका सोमती थारूले सख्या गीत ल्याउँदै

१०७८ दिन अगाडि

|

६ असोज २०८०

प्रलेस पुरस्कारबाट ‘बुलबुल’ लगायत पुरस्कृत

प्रलेस पुरस्कारबाट ‘बुलबुल’ लगायत पुरस्कृत

१०७८ दिन अगाडि

|

६ असोज २०८०

प्रगतिशील लेखक सङ्घ नेपालको आयोजनामा प्रलेसको ७२ औं स्थापना दिवसका अवसरमा प्रज्ञा भवन, काठमाडौमा विभिन्न स्रष्टा पुरस्कृत भएका छन् । जसमा  दाङदेउखुरी, लमही नगरपालिका–४ का गजलकार गुरुप्रसाद कुमाल बुलबुल प्रलेस युवा साहित्यकार तथा प्राडा कपिल लामिछाने (भैरहवा) प्रलेस बालसाहित्य पुरस्कारबाट पुरस्कृत भएका छन् ।  त्यस्तै, कवि कुन्ता शर्मा (धरान) र उपन्यासकार नरेश भण्डारी (जुम्ला) पनि पुरस्कृत भएका छन् ।  संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री  सुदन किराँतीले स्रष्टाहरुलाई पुरस्कृत तथा सम्मानित गरेका थिए ।  कार्यक्रम प्रलेसका अध्यक्ष डा मधुसूदन गिरीको अध्यक्षतामा भएको थियो।

नेपाली भाषाको गीतमा पाइला चाल्दै नरेश जोगी 

नेपाली भाषाको गीतमा पाइला चाल्दै नरेश जोगी 

१०७९ दिन अगाडि

|

५ असोज २०८०

थारु गीत संगीतमा चलेको नाम हो नरेश जोगी । उनले थारु भाषाका धेरै गीतमा स्वर तथा संगीत भरेका छन् । उनी पछिल्लो समयमा भने नेपाली भाषाका गीत संगीतमा पनि पाइला चाल्न प्रयासरत छन् ।  नरेशले २ बर्षअघि ‘म यस्तो गीत गाउँछु २’ को प्रमोशनल गीत विभिन्न भाषामा तयार पारेका थिए । ती प्रमोसनल गीतबाट उनले राम्रै चर्चा परिचर्चा पाएका छन् ।  त्यही गीत सार्वजनिक भएपछि दर्शकबाट पाएको माया र साथबाट हौसिएर उनले पूजा शर्माको मुख्य भूमिका रहेको सिनेमा ‘दान्भी’को शीर्ष गीतमा संगीत तयार पारेका छन् । रुपेश तामाङको निर्देशनमा निर्माण भैरहेको फिल्मको शीर्ष गीतमा संगीत भर्न पाएपछि यतिवेला नरेश जोगी दंग छन् । निर्माण टिमले आफ्नो सृजना र प्रतिभामा विश्वास गरेकाले पनि आगामी दिनमा आफूलाई अझै राम्रो सिर्जना दिनुपर्ने चुनौती थपिएको उनको बुझाई छ ।  संगीतकार जोगीको शब्द तथा संगीतमा तयार भएको फिल्मको गीतमा राजेश पायल राई र समीक्षा दाहालको स्वर सुन्न सकिनेछ । गणेश चौधरीले एरेञ्ज गरेको गीतमा अभिनेत्री शर्मा र कुन्साङ बम्जोनलाई फिचर्ड गरिनेछ ।  नरेश जोगीले स्वर तथा संगीत दिएको दिन गिन गिन, ओ साजन, ओ साजन २, तोहार प्यारमे लगायतका गीत थारु समुदायमा चर्चित छन् ।  

पाँचौँ बाह्रखरी कथा प्रतियोगिता घोषणा, पहिलो हुनेलाई एक लाख पुरस्कार

पाँचौँ बाह्रखरी कथा प्रतियोगिता घोषणा, पहिलो हुनेलाई एक लाख पुरस्कार

१०८४ दिन अगाडि

|

३१ भदौ २०८०

पाँचौँ ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८०’ घोषणा गरिएको छ । बाह्रखरी मिडियाले आइतबार काठमाडौँमा एक कार्यक्रमकाबीच प्रतियोगिताको नयाँ संस्करण घोषणासँगै कथा आह्वान गरेको हो । नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको यस प्रतियोगितामा आउँदो असोज ३० गतेसम्म 12kharibooks@gmail.com मा इमेल गरेर कथा पठाउन सकिनेछ । संसारभरिबाट नेपाली भाषामा कथा पठाउन सकिनेछ । बाह्रखरीलाई प्राप्त हुने सबै कथाहरूलाई पहिलो चरणमा बाह्रखरीका विचार सम्पादक गोविन्द अधिकारीको संयोजकत्वको आन्तरिक समूहले छाँट्ने काम गर्नेछ । आन्तरिक समूहले प्राप्त भएका कथा मध्येबाट ५० कथा निर्णायक समूहलाई उपलब्ध गराउनेछ । ती मध्येबाट निर्णायक समूहले प्रथम, द्वितीय र तृतीयका साथै ‘उत्कृष्ट कथा, २०८०’ पुस्तकका लागि थप २२ कथा छानेर पठाउनेछ । निर्णायक समूहको निर्णय नै अन्तिम मानिनेछ । प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षहरूमा जस्तै क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद राशिका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ । अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक प्रकाशन गरिनेछ । संग्रहमा प्रकाशित हुने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मान स्वरूप प्रदान गरिनेछ ।

रामसागर चौधरीको पुर्विया थारू लोकगीत (चोरखेलिया नाच) 

रामसागर चौधरीको पुर्विया थारू लोकगीत (चोरखेलिया नाच) 

१०८७ दिन अगाडि

|

२८ भदौ २०८०

दिनेश पौडेल कसैलाई कहिल्यै नसकिने काममा फँसाउने मन छ भने उसलाई लोकगीतको सङ्कलनको काम लगाउनुहोस् । यस कामबाट उसले जे कमाउँछ, त्यसमा नब्बे प्रतिशतचाहिँ अपजस नै कमाउनेछ । यस्तो दुस्साहसी र दुःखी काम रोजेका छन् इटहरीको खनारका रामसागर चौधरीले । उनले पुर्विया थारू भाषामा गाइने लोकगीतको सङ्कलन गर्ने कठोर र अप्रिय बाटो रोजेका छन् । २०८० साल जेठमा प्रकाशित यो सङ्कलन दुहबी नगरपालिका सुनसरीले छपाइखर्च ब्यहोरी प्रकाशित भएको छ, तर जम्मा ३०० प्रतिमात्र छापिएको जान्दा बडो दुःख लाग्छ, किन नगरपालिकाले यति थोरै छाप्न सहयोग गरेको ? ३००० प्रति छापेर अत्यन्त सस्तो मूल्यमा हरेक थारू चौधरीहरूको घरघरमा पुर्याउने प्रबन्ध गर्नुपर्ने थियो । मोरङ्गिया थारू लोकनाचका नायक, मेरिया, मरदङ्गिया, गवैया, धोरैया, नटुवा आदिप्रति सादर समर्पित यस कृतिलाई दुहबी नपाका मेयर वेदनारायण गछदार, श्रवणकुमार सुथियार थारू र लेखकका मन्तव्यले पाठकलाई कृतिको महत्त्व बताउँछन् । लेखकले कृतिलाई अठार शीर्षकमा बाँडेका छन् । सुरुमा चोरखेलिया नाचको परिचयअन्तर्गत यसको आठ पेज लामो तर गहिरो अध्ययन र विश्लेषण प्रस्तुत गरेका छन् । यस गीतको सुरुमा विभिन्न देवताहरूप्रति सम्मान प्रकट गर्दै गायनका लागि भगवान्को आशीर्वाद मागिएको छ । अनि गीतमा प्रवेश गर्दै विभिन्न देवताको आराधना छ । यसपछि विभिन्न सिलोकहरू दिइएको छ । परम्पराअनुसार जसरी चोरखेलिया नाच र गायन गरिन्छ सोही क्रममा गीतहरू राखिएको छ । सिलोकहरूपछि विभिन्न किसिमका सोरठी छन् । फेरि सिलोकहरूको शृङ्खला छ । अनि केही दोहा छन् । रास गीतहरू, तिरहुते गीतहरू, कृष्ण–सुदामा आदिका कथाका गीतहरू यसपछि छन् । अनि रामकथा गाइने रहेछ । यसरी हाम्रो  संस्कृतिको अभिन्न अङ्गको रूपमा रहेको थारू संस्कृतिका अनेक पक्षपाटाहरू यस लोकगीतमा बुझ्न पाइन्छ । यिनमा भनिने कथा कति हृदयस्पर्शी ढङ्गमा प्रस्तुत छन् नमुना हेरौँ, (कृष्णकथामा सुदामा–पत्नीले आफ्ना पतिलाई परिवारको गरिबीबाट मुक्तिका लागि कोसिस गर्न उक्साउँछिन् । तिमी कृष्णका बाल्यसखा हौ, जाऊ, श्रीकृष्णसँग गएर केही धन मागी ल्याऊ । उनी द्वारकामा महाराजाको शानसौकत र ऐश्वर्यमा छन् । पत्नीको टोकसो खप्न नसकेपछि पति कसरी श्रीकृष्णको दर्शनार्थ द्वारकातर्फ लाग्छन् आदि कथालाई सुन्दर शाब्दिक तथा लयात्मक चित्रण गरिन्छ यहाँ ।) गीत १ ब्राह्मणी  बयसी गमावल कि हे ब्राहमन.... तीनी त्रिलोक के ठाकुर सङही जाई कहाई ? ।।१।। जाई कहे प्रभुके दुखन सोमत सेहो नहि जाई ।।२।। गीत २  ब्राह्मण  कौन गतिसे जायव ब्राहमनी ... सवही उतिम हो सवही बनावल देखा देखी लोक बाधिनाई ब्राहमनी ।।१।। छुछे हाथ निआदर शंका पछा वैसि रहल लजाई ।।२।। राजा गुरु मित्र हिते जे जुरे से लेके जाई ।।३।। किछु सनेस कलेस किये पत्र लेखि लेखाई ।।४।। गीत ३ः मागी आनलक दस घर ब्राहमनी मिलल अन्न सरबस ।।१।। घर नहिं उखडी भि कहे ब्राहमनी छाँट लेजाईत कोना ।।२।। घर नहिं खपरी भि हे ब्राहमनी भुजल जाइ कोना ।।३।। बित एक गुदल फाटल हे बान्हल पोटरी दाये ।।४।। कृष्ण के बेसर मान हे ब्राहमनी मुख गुन बुझेमे कृपाल ।।५।। ७४ पृष्ठमा समेटिएको एक गम्भीर, व्यापक तथा सूक्ष्म सांस्कृतिक अध्ययनको मूल्य रु ३००।– धेरै नहोला । तर नगरपालिकाले छपाइखर्चमा सहायता दिएपछि यस कृतिको मूल्य अलिक कम राखेको भए सर्वसाधारण जसले पनि एक प्रति किनेर आफ्नो घरमा प्रेमपूर्वक राख्न पाउने थियो भन्ने मलाई लाग्छ । छपाइको स्तर, कागज आदि अत्यन्त लोभलाग्दो छ । पुस्तकको कभरका भित्री पृष्ठमा चोरखेलिया नाचका चार सुन्दर फोटोहरू दिइएको छ । यिनले यस नाचलाई अझ स्पष्ट पार्न सफल छन् । लेखकको मेहनत स्तुत्य छ, प्रशंसनीय र वन्दनीय छ । जातीय गौरवको रक्षा र प्रवद्र्धनको दिशामा रामसागर चौधरीको देनलाई समस्त नेपालीले खुला दिलले स्वीकार गर्नेछन् । उनको कलमले अझ बढी अध्ययन–अनुसन्धान गर्न सफल होओस् । नेपाली जातिको गौरवगाथा, गौरवमय परम्परा र संस्कृतिको जगर्ना एवम् विकासमा रामसागर चौधरीको योगदानले अरूलाई पनि प्रेरणा प्राप्त होस् । शुभकामना ।

लखागिन थारु उत्थान मञ्चको दोस्रो साधारण सभा सम्पन्न 

लखागिन थारु उत्थान मञ्चको दोस्रो साधारण सभा सम्पन्न 

१०८८ दिन अगाडि

|

२७ भदौ २०८०

लखागिन थारु उत्थान मञ्च, सुर्खेतको दोस्रो साधारण सभा वीरेन्द्रनगरमा एक समारोहकाबीच भदौ २३ गते शनिवार सम्पन्न भएको छ । मञ्ले गरेको विभिन्न कार्यक्रमको आर्थिक वर्ष २०७९÷०८० असार मसान्तसम्मको ३ लाख ७९ हजार ३८४ रुपैंयाको आय व्यय प्रस्तुत गरेको छ । साधारण सभा कार्यक्रममा अध्यक्ष मानबहादुर चौधरी पन्नाले आर्थिक प्रतिवेदन तथा आगामी वर्षमा गरिने वार्षिक कार्ययोजना तथा उपाध्यक्ष लोकबहादुर चौधरीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन तथा प्रगति प्रतिवेदन सर्वसम्मतबाट पारित भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं वीरेन्द्रनगर नगरपालिकाका ९ नं वडाका वडाध्यक्ष ऋषि गिरीले सुर्खेत उपत्यकाका मुल आदिवासीको रुपमा चिनिने थारु जातिको लोकसंस्कृति लोप हुँदै गइरहेको अवस्थामा लखागिन थारु उत्थान मञ्चले सामाजिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा मियोको रुपमा काम गरिरहेको बताउदै  थारु समुदायमा राजनीतिक रुपमा पनि अघि बढ्नु पर्नेमा जोड दिए ।   थारु समुदायमा लाग्ने सिकलसेल एनिमिया रोगको उपचार गर्न यहाँका थारुहरुलाई अब लाटीकोइलीमा बन्दै गरेको स्वास्थ्य अस्पतालबाट निकट भविष्यमा व्यवस्था हुने कुराको जानकारी उनले गराए । आफू थारु समुदायमा हुर्केकोले थारु समुदायको समस्या बुझेका आफ्नो वडाबाट हुने जुनसुकै कुरामा सहयोग हुने पनि वडाध्यक्ष गिरीले प्रतिवद्धत व्यक्त गरे । कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य कृष्णबहादुर थारुले संस्कृति मानव जातिकै उपज भएकोले आजको परिवर्तनशील समयमा यसको मौलिकताको संरक्षण गीत, चालचलन र परम्पराको संरक्षणको लागि लखागिनले काम गर्दै आएकोमा खुशी व्यक्त गरे । उनले हरेक जातिको कला संस्कृति नेपालकै संस्कृति भएकोले यसको संरक्षण गर्नु राज्यको दायित्व भएको तर यसका लागि थारु समुदाय आफैमा जागरुक हुनुपर्ने जिकिर गरे । लखागिन थारु उत्थान मञ्च, सुर्खेतका सल्लाहकार जागुराम थारुले थारुहरु संस्कृतिका धनी हँुदाहुदै पनि अन्य पहाडी समाजको प्रभाव, विश्वव्यापीकरणका कारण आफ्नो संस्कृति खोज्नुपर्ने अवस्था आइरहेकोप्रति सङ्केत गर्दै यस संस्थाले थारु समुदायको संस्कृति बचाउने कार्य ऐतिहासिक  उपलब्धि भएको बताए  । कार्यक्रममा लखागिन थारु उत्थान मञ्चका संरक्षक सनिसरा दहितले थारु समुदायको अगुवाई गरी यस संस्थाले राम्रो उदाहरणीय कार्य गएकोले आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुपर्ने बताए । कार्यक्रममा थारु कल्याणकारिणी सभा सुर्खेतका सभापति बेचुलाल चौधरी, वीरेन्द्रनगर नगरपालिका वडा नं २ का वडासदस्य रमेश चौधरी, थारु अगुवा मानबिर थारु, भागिराम थारुलगायतका वक्ताहरुले थारुहरु आफ्नो हकहितका लागि एकजुट हुँदै अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।  

साहित्यकार राजेन्द्र पराजुलीको निधनमा के भन्छन् साहित्यकार ?

साहित्यकार राजेन्द्र पराजुलीको निधनमा के भन्छन् साहित्यकार ?

१०८९ दिन अगाडि

|

२६ भदौ २०८०

साहित्यकार राजेन्द्र पराजुलीको भदौ २६ गते मंगलवार विहान निधन भएको छ । केही दिनदेखि निमोनियाबाट पीडित पराजुलीको आज बिहान बी एन्ड बी अस्पतालमा निधन भएको हो । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । निमोनिया उपचारका लागि हिजो राति बी एन्ड बी हस्पिटलको इमर्जेन्सीमा भर्ना गरी उपचारका क्रममा आज बिहान ७ बजे उनको निधन भएको हो । उनको दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । काठमाडौँको कोटेश्वरमा जन्मेहुर्केका पराजुलीका ‘अघोरी’, ‘शुक्रराज शास्त्रीको चस्मा’, ‘जन्तमन्तर’ र ‘कोटेश्वरको केटो’ लगायत दर्जन कृति चर्चित छन् ।  उनले राजधानी दैनिक, नेपाल समाचारपत्र, आर्थिक दैनिक, नागरिक, बाह्रखरी, देखापढी, फरक धारसहित विभिन्न टेलिभिजन र एफएममा संवाददाता तथा सम्पादक, सल्लाहकार सम्पादकका रूपमा काम गरेका छन् ।  अखबार क्षेत्रमा उनले करिब २३ वर्ष विताए भने साहित्यिक पत्रकारितामा करिब ३० वर्ष बिताएका थिए । के भन्छन् साहित्यकार ? उनको निधनवारे नयनराज पाण्डे भन्छन्, ‘लेखक न थियौ, कहिलेकाहीँ अनेक कुराले मन दुख्थ्यो होला । तर, मुस्कुराउन कहिल्यै छाडेनौ । संघर्ष सधैं गरिरह्यौ । तर,  सधैं उत्साहमै रह्यौ । केही नयाँ लेख्न थालेपछि बालकझैं फुर्कन्थ्यौ । एकपटक उहिल्यै भयानक सडक दुर्घटनाबाट बाँचेदेखि तिमी झनै जीवन्त भएका थियौ र जिन्दगीसित गुनासो गर्दैनथ्यौ । धेरै पाउने लोभै थिएन । थोरैमा मख्ख पर्ने बानी तिम्रो । कुण्ठा थिएन । घमण्ड छँदै थिएन । कतिपटक झगडा गरियो । तर, बोल्न कहिल्यै छाडेनौ । बाँच्नु त तिमीजस्तो पो बाँच्नु । तिम्रो अप्रत्याशित प्रस्थानले केही अत्यायो अवश्य । तर, तिम्रो ुबाँच्नुुसित मेरो सधैं ईष्या रहनेछ । अलबिदा त भन्दै भन्दिनँ । श्रद्धाञ्जलि झनै भन्दिनँ । भेट त फेरि पनि भैरहनेछ । तिम्रा अक्षरहरू मर्दैनन् नि त ।  बिहानभरि खुब रोएँ । अब रून्नँ । तिमी जाने बाटोमा मेरो आँसु हुने छैन दोस्त १’ त्यसैगरी उनको निधनवारे नारायण वाग्ले भन्छन्, ‘‘राजेन्द्र पराजुली सधैं संघर्षरत पत्रकार, जहिल्यै जुझारू लेखक। नयाँ कथा संग्रह ‘जन्तरमन्तर’ घोषणा गरेर हामी सबैलाई छक्याएर सधैंका लागि बिदा भएको पत्याउन मन छैन। धेरै लेख्ने धोको बाँकी राखेर त्यसरी हिंड्न कहाँ पाइन्छ, मित्र, हार्दिक सम्झना ।’ उता, महेशविक्रम शाह भन्छन्, ‘प्रिय मित्र, तिमी यसरी अचानक, अप्रत्याशित रुपमा हामीलाई गहिरो शोकमा डुबाउँदै सदाका लागि छुट्टिएर जानेछौ भन्ने कल्पनासम्म थिएन । सायद क्षणभङ्गुर जीवनको कटु सत्य यही हो । तिमीले छोडेर गएका कथाहरुबाट हामी तिमीलाई सदा सम्झिरहने छौँ । प्रिय कथाकार स्व। राजेन्द्र पराजुलीमा भावपूर्ण श्रद्धाञ्जली । शोकाकुल परिवारमा गहिरो समवेदना ।’ उता प्रमोद प्रधान लेख्छन्, ‘भर्खर पशुपति आर्यघाटबाट घर आइपुगेको छु, प्रिय मित्र, साहित्यकार एवम् पत्रकार राजेन्द्र पराजुलीको महाप्रस्थानको साक्षी बनेर । करिब ५ वर्ष एउटै कक्षका दुई बेग्लाबेग्लै टेबुलमा बसेर  आर्थिक समाचार सम्पादन गरेको याद आइरहेछ । जाने उमेर भएकै थिएन । मभन्दा ६ वर्ष कान्छो, नेपाली भाषा साहित्यमा कहिल्यै नबिर्सिने नाम । अश्रुपुरित नयनले हार्दिक श्रद्धाञ्जलि भन्दैछु ।’ उता डा विप्लव ढकाल लेख्छन्, ‘प्रिय राजेन्द्र, फेरि साँझ परेको छ । म विचारशून्य बनेको छु । रित्तो बनेको छु । तिमी धूवाँ बनेर भरखरै महाशून्यमा प्रस्थान गर्यौ । म आर्यघाटबाट भरखरै घरमा आइपुगेको छु । बाहिर झरी परिरहेको छ । म भित्रभित्रै निथ्रुक्क भिजिरहेको छु ।  प्रिय मित्र, कफीसपमा बसेर हामीले नेपाली वाङ्मयका बारेमा केही गम्भीर सहकार्य गर्ने योजनाहरू बनाएका थियौँ । म तिनलाई पूरा गर्ने कोसिस गर्नेछु । तिम्रो अमर आत्माले शान्ति प्राप्त गरोस् १ तिम्रो महाप्रस्थान सहज र सुखमय बनोस् ।  हार्दिक श्रद्धाञ्जली ।’