तिहारको तेस्रो दिन : आज गाई पूजा

तिहारको तेस्रो दिन : आज गाई पूजा

१०२६ दिन अगाडि

|

२७ कात्तिक २०८०

‘थारू साहित्यको विगत र वर्तमान’ विषयमा चर्चा

‘थारू साहित्यको विगत र वर्तमान’ विषयमा चर्चा

१०२७ दिन अगाडि

|

२६ कात्तिक २०८०

काठमाडौं नेपाल प्रज्ञा प्रतिष्ठान, मातृभाषा (साहित्य) विभागले शनिवार ‘थारू साहित्यको विगत र वर्तमान’ विषयमा चर्चा गरेको छ । मातृभाषा श्रृंखलाको चौथो कार्यक्रमअन्तर्गत थारू साहित्यको अवस्थाबारे कृष्णराज सर्वहारीले अवधारणापत्र प्रस्तुत गरेका थिए ।  थारू साहित्यका विभिन्न विधामा ३ सय भन्दा थान पुस्तक तथा पत्रिका प्रकाशित भएको सर्वहारीले बताए । उनले कविता, आख्यान विधामा थारू साहित्य समृद्ध हुँदै गएपनि निवन्ध, समालोचना, नाटक विधा कमजोर रहेको बताए ।  २०१९ सालमा बारा जिल्लाका रामप्रसाद रायले लेखेको ‘थरूहट के बउआ और बहुरिया’ कृतिलाई भोजपुरी भाषाको पहिलो उपन्यास भनेर नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको छ । यो थारू हो या भोजपुरी थारूभाषीहरुले निक्र्यौल गर्नुपर्ने उनको तर्क थियो । बाराकी लेखिका ‘थरूहट के बउआ और बहुरिया’ कृति थारू भाषाकै रहेको जिकिर गरिन् । शत्रुघन चौधरीले लोकसाहित्यमा थारू साहित्य निकै समृद्ध रहेकोमा यसको दस्तावेजीकरणमा प्रज्ञा प्रतिष्ठान लगायतले ध्यान दिनुपर्ने बताए । कार्यपत्रमा कुछतनारयाण चौधरी, सीएन थारू, डा रामबहादुर चौधरी, नन्दुराज चौधरी, रजनी मिलालगायतले टिप्पणी गरेका थिए । कार्यक्रममा भूमिका थारू, भानुभक्त राईलगायतले कविता वाचन गरेका थिए ।  त्यस्तै, नेपाल प्रज्ञा प्रतिष्ठान, मातृभाषा (साहित्य) विभागका प्रमुख राजन मुकारुङ, प्रतिष्ठानका सचिव डा धनप्रसाद सुवेदी, प्रतिष्ठानका कुलपति भुपाल राईले कार्यपत्रअनुसार थारू भाषा समृद्धिको बाटोमा देखिएकोमा खुशी व्यक्त गरे ।  

दाङमा गोली लागेर सशस्त्र प्रहरी जवान चौधरीको मृत्यु  

दाङमा गोली लागेर सशस्त्र प्रहरी जवान चौधरीको मृत्यु  

१०२८ दिन अगाडि

|

२५ कात्तिक २०८०

                                                                                                                                        अभियुक्त शेरबहादुर केसी दाङमा गोली लागेर एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-७ हर्नियाका जुगारु चौधरी रहेका छन् । चौधरीको हत्या आरोपमा प्रहरीले घोराही–५ बरलाबोटका ५५ बर्षीय शेरबहादुर केसीलाई भरूवा बन्दुकसहित शनिबार प्रकाउ गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी जनक मल्लले बताए । बिहीबार सशस्त्र प्रहरी जवान चौधरीको स्थानीय जनसेवा सामुदायिक वनमा पात टिप्न गएको बेला शिकार खेल्न गएका शेरबहादुर केसीले चलाएको गोलीको छर्रा छातीमा लागेर मृत्यु भएको डीएसपी मल्लले बताए । मृतक चौधरी सशस्त्र प्रहरी बल नेपाल नं २८ गण हेडक्वार्टर तौलिहवा कपिलवस्तुमा गणमा कार्यरत थिए ।

भाइटीकाको साइत १० :५१ बजे उत्तम 

भाइटीकाको साइत १० :५१ बजे उत्तम 

१०२८ दिन अगाडि

|

२५ कात्तिक २०८०

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ। कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज  बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले  जानकारी दिए । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ । कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । यसैले शनिबारदेखि नै यमपञ्चक सुरु हुने समितिले जनाएको हो । “सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्था अनुसार यस्तो निर्णय गरिएको हो”–उनले भने। यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । धनत्रयोदशी (धनतेरस) पर्व भने शनिबार नै मनाउनुपर्ने समितिले जनाएको छ । यसैगरी आज धनवन्तरी जयन्ती पनि मनाइन्छ । तिथिको घटबढका कारण आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ । यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउछन्। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । कात्तिक २६ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताए । आइतबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ । गाईपूजा कात्तिक २७ गते सोमबार परेको छ । गोरुपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक २८ गते मङ्गलबार परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार नेपाल संवत् ११४४ पनि यसै दिनदेखि सुरु हुन्छ ।    भाइटीका कात्तिक २९ गते १० :५१ बजे उत्तम  कात्तिक २९ गते बुधबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान १०ः५१  बजे भाइटीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष अधिकारीले सुनाए  । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा  कात्तिक २९ गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ । परम्परा अनुसार नेवार समुदायका केही मानिसले भने कात्तिक २८ र ३० गतेसमेत किजापूजाका नाममा यो पर्व मनाउने घोषणा गरेका छन् । झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि नै राजधानी लगायत प्रमुख शहरमा थरी थरीका बत्ती बाल्न सुरु भइसकेको छ । बत्तीको उज्यालोले शहरमा घुम्दा समेत मन आनन्दित हुन्छ । केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् ।

भूकम्पपीडितले अझै पाएनन् त्रिपाल

भूकम्पपीडितले अझै पाएनन् त्रिपाल

१०३१ दिन अगाडि

|

२२ कात्तिक २०८०

जाजरकोट । गत शुक्रबार राति भूकम्प जाँदा निन्द्रामा रहेकी नलगाड नगरपालिका–३ का रमिता थापा हतारहतार दुई छोरा, छोरी च्यापेर घरबाहिर निस्किइन् ।  उनी  निस्कनेक्रमा खुट्टामा चोट लागेर सामान्य घाइते पनि  छन् ।  उनी अहिले सदरमुकाम खलङ्गाको नयाँ  बस्तीस्थित सडकको किनारमा त्रिपाल टाँगेर रात बिताउँदै आएकी छन् । उनलाई अहिले जुन समयमा पनि भूकम्प गइरहेको र शरीर हल्लाइरहेको जस्तो समस्या देखिएको छ । खुल्ला सडकभन्दा माथि त्रासले जान नसकेकी थापाकी १४ वर्षीया छोरीसमेत राति सुतिरहेको समयमा ‘हल्लायो हल्लायो’ भन्दै समय समयमा बोल्ने  गरेको  रमिताले बताइन्। भूकम्पले मानसिक त्रासमा रहेका अधिकांश सदरमुकामवासी अहिले सडकको छेउछाउमा त्रिपालको सहारामा रातदिन कटाइरहेका छन् । सदरमुकामदेखि बाहिर घर भएर सदरमुकाम भाडामा बस्दै आएका सर्वसाधारण भाडाकै घर भत्किएपछि समस्यामा परेका छन् । राहत सामग्रीस्वरुप आएको त्रिपाल, अन्य सामग्री घरधनिका नाममा आउने गरेपछि सदरमुकामबाहिर ठेगाना भएका पीडित सबैभन्दा बढी मारमा परेको भेरी नगरपालिका–३ थाप्लेका मिलन चदाराले बताए । वडा कार्यालयमा त्रिपाल माग्न जाँदा घरधनिबाहेक अन्यले नपाउने भनेपछि आफूहरु हैरानीमा परेको उनको भनाइ छ । खुल्ला चौरमा बस्दै आएको मिलनको परिवार अहिले राहत, माग्दामाग्दा हैरान भएपछि हाम्रो कोही रहन्छ जनाउँदै निराश  छन् । त्यस्तै, अर्का गणेश थापाले वडा कार्यालयमा त्रिपाल माग्न जाँदा नपाएको गुनासो गरे ।  जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई पीडा सुनाएपछि पुन : एक थान त्रिपाल पाएको उनले सुनाए । सुरुमा क्षति भएको नामावली सङ्कलन गरी हाम्रो पनि लिएको थियो, अहिले हाम्रो नाम लिष्ट छैन भन्दै त्रिपाल नदिने कुरा सुन्दा आफू थप मारमा परेको थाप्लेका झलक मल्लले बताए । घर पूर्ण रुपमा भत्किएर समस्यमा परेको उनको परिवारले अहिलेसम्म त्रिपालसम्म पाउन सकेको छैन । यो परिवारले घर भत्किएपछि कुनै पनि सामग्री घरबाट निकाल्न नपाएको गुनासो गरेको छ । भूकम्पको केन्द्र रहेको बारेकोट गाउँपालिकामा समस्या रहँदै आएको छ । समयसमयमा भूकम्पको पराकम्प जाने क्रम जारी रहेपछि काममा निस्कने जाँगर नै नचलेको बारेकोट गाउँपालिका–४ का प्रेम बोहराले बताए । बालबालिका र वृद्ध सबैभन्दा बढी त्रासमा भएको उहाँले बताउनुभयो । घरसँगै विद्यालयसमेत भत्किएपछि बालबालिका थप मानसिक समस्यामा छन् । घर भत्किएको छ भने पढ्न जाने विद्यालयसमेत भत्किएको छ । बिस्तारै विकासको लयमा आउन लागेको जाजरकोटमा भूकम्पले फेरि एकपटक विकासको बाटो बन्द गरिदिएको छ । कुन पालिकामा कति क्षति  भेरी नगरपालिकामा तीन सय ४४ घर पूर्णरुपमा भत्किएका छन् भने आंशिक सात सय १२, दुईवटा विद्यालय पूर्ण रुपमा भत्किएको र १७ वटा आंशिक रुपमा क्षति भएको छ । त्यस्तै भेरी नगरपालिकामा पाँचवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । मृत्युको सङ्ख्या ३६ रहेको छ भने घाइते ६५ रहेको छ । नलगाड नगरपालिकामा दुई सय घर पूर्णरुपमा क्षति भएको र ६ सय घर आंशिक भत्किएका छन् । विद्यालय १२ पूर्ण रुपमा भत्किएका छन्भने आंशिक रुपमा २१ वटामा क्षति पुगेको छ । ६ वटा सरकारी कार्यालयमा क्षति भएको छ । मृत्यु हुनेको सङ्ख्या ५२ रहेको छ । ७३ जना घाइते भएका छन् । छेडागाडमा एक सय घरमा पूर्ण क्षति भएको र आंशिक रुपमा पाँच सयमा क्षति भएको छ । तीन विद्यालयमा आंशिक क्षति भएको पाइएको छ । मृत्यु दुईजनाको भएको छभने घाइते एकजना भएको बताएको छ । कुशे गाउँपालिकामा ९५  घर पूर्णरुपमा क्षति भएको छभने तीन सय एकवटा आंशिक रुपमा क्षति पुगेको छ । चारवटा विद्यालय पूर्णरुपमा भत्किएका छन्भने १७ वटा आंशिक रुपमा क्षति भएको पाइएको छ । सरकारी कार्यालय एकवटा पूर्णरुपमा भत्किएको छभने १७ आंशिक रुपमा क्षति पुगेको छ । दुईजनाको मृत्यु र एकजना घाइते भएको कुशेमा पाइएको छ । प्रहरीका अनुसार १६० घरहरु पूर्ण रुपमा बारेकोटमा भत्किएका छन्भने  पाँच सय ६० घर आंशिकरुपमा क्षति पुगेको छ । पाँचवटा विद्यालय पूर्णरुपमा भत्किएका छन्भने दुईवटा आंशिकरुपमा भत्किएको पाइएको छ । एक सरकारी कार्यालय पूर्ण रुपमा भत्किएको र दुई कार्यालय आंशिक क्षति पुगेको जानकारी प्राप्त भएको छ । चारजनाको मृत्यु तथा चारजना घाइते भएका छन् । शिवालय गाउँपालिकामा एक घर पूर्णरुपमा भत्किएको र ३७ वटा घर आंशिक क्षति भएको छ । पाँचवटा विद्यालयमा आंशिक क्षति पुगेको छ । एक सरकारी कार्यालयमा क्षति पुगेको बताएको छ । एकजना घाइते भएका छन् । जुनिचाँदे गाउँपालिकामा दुई सय ७० घर पूर्ण रुपमा भत्किएको र चार हजार ५६ घरमा आंशिक क्षति भएको छ । जाजरकोटमा एक हजार एक सय ७०  घर पूर्णरुपमा क्षति भएको पाइएको छ । सात हजार एक सय ६६ वटा घर आंशिक रुपमा क्षति भएको पाइएको छ । २३ विद्यालयको पूर्ण क्षति र ७५  आंशिक क्षति भएको जानकारी आएको छ । एक सय एक जनाको मृत्यु भएको छ । एक सय ५२ घाइते भएको प्रहरीले जनाएको छ ।

जाजरकोटमा १ लाख ७९ जनसंख्या प्रभावित, ९ हजारभन्दा बढी घर पूर्णरुपमा क्षति

जाजरकोटमा १ लाख ७९ जनसंख्या प्रभावित, ९ हजारभन्दा बढी घर पूर्णरुपमा क्षति

१०३१ दिन अगाडि

|

२२ कात्तिक २०८०

काठमाडौँ । जाजरकोटमा ९ हजार भन्दा बढी घर भूकम्पका कारण पूर्णरुपमा भत्किएका छन् । यस्तै २४ हजारभन्दा बढी घरमा आंशिक क्षति पुगेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ।   प्रशासनको तथ्यांकअनुसार ७ स्थानीय तहका ९ हजार ९७४ घर पूर्णरुपमा भत्किएका हुन् भने २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको हो । यस्तै कुल ३४ हजार ५०१ घरधुरीका १ लाख ७९ हजार ८९३ जनसंख्या भूकम्पबाट प्रभावित भएको प्रशासनले जनाएको छ । जसअनुसार ९ हजार १८६ घरधुरीका ६७ हजार १७४ जनसंखया विस्थापित बनेका छन् ।  भूकम्पबाट ९९ जना घाइते हुँदा १०१ जनाको मृत्यु भएको छ । भौतिक क्षतिको प्रारम्भिक द्रुत सर्वेक्षण प्रतिवेदनका आधारमा यो तथ्यांक सार्वजनिक गरिएको प्रशासनको भनाइ छ ।  

चिसो बढे पछि गोठ बेँसीमा सारिँदै

चिसो बढे पछि गोठ बेँसीमा सारिँदै

१०३१ दिन अगाडि

|

२२ कात्तिक २०८०

मनाङ । हिमाली जिल्ला मनाङमा चरनका लागि लेकमा लगिएका भेडाच्याङ्ग्रा तथा चौँरीलाई बेँसी झार्न थालिएको छ । अत्यधिक चिसो बढ्न थालेपछि भेडाच्याङ्ग्रा तथा चौँरी गोठालाले गोठ सार्न थालेका छन् ।  मनाङको ङिस्याङ गाउँपालिका–६ केरकिनमा चौँरी तथा भेडाच्याङ्ग्रा पाल्दै आएका सगर गुरुङले तीन हजार छ सय मिटर उचाइको लेकबाट पुश झार्न थालिएको बताए । व्यावसायिकरूपमा पशुपालनलाई सरकारले चासो नदिएकामा गुरुङको गुनासो छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले पनि चासो नदेखाएको उनले बताए । गुरुङले भने, “गत वर्ष विभिन्न रोगले २२ चौँरी र ५५ च्याङ्ग्रा मरेका थिए, तर कतैबाट पनि सहयोग पाइएन ।” गत वर्ष हिमपहिरामा परी दुई सय ५० भन्दा बढी भेडाच्याङ्ग्रा तथा चौँरी मरेको सुनाउँदै उनले भने, “अहिले त झन् हिउँचितुवाले पनि सताएको छ ।”  पशुपालक किसान याङ्दुङ गुरुङले पहिलेको तुलनामा अहिले चितुवाले बढी सताउने गरेको बताए । उनले भने, “पहिले चौँरी र भेडाच्याङ्ग्रा धेरै थिए । तर पाल्ने क्रम कम भएको छ ।  चितुवाको आक्रमण बढ्दा अझ समस्या थपिएको छ ।” अहिले साना बाच्छाबाच्छी जोगाउनै मुस्किल हुने गरेको गुरुङले  सुनाए । “केही बाच्छाबाच्छी चितुवाले आक्रमण गर्दा नै धपाउन पाएका हुन्छौँ । कहिले त कति बेला खायो नै थाहा हुँदैन । राहतका लागि झन्झट छ । राहतको रु पाँच–दश हजार लिन आउँदा जाँदा विभिन्न कागजात बनाउँदा रु २५ देखि ३० हजार खर्च हुने गरेको उनको गुनासो छ ।  गुरुङले भने, “पहिलेको जस्तो घाँस हुँदैन । घाँस अभावले अहिले झन्झन् माथिल्लो लेक गोठ सार्नुपरेको छ । न समयमा हिउँ पर्छ यसले गर्दा पनि घाँसको समस्या हुँदै गएको हो ।” मौसमलाई हामीले मिलाउन नसकिने हुँदा किसानले सास्ती भोग्दै आएको उनले बताए ।  भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका प्रमुख नरेन्द्र राईले भेडाच्याङ्ग्रा, चौँरी लेकमा गोठ हुने हुँदा झन्झटिलो प्रक्रियाले समस्या भएको बताए । यहाँका स्थानीयलाई राहत र सरकारबाट हुने सेवाका लागि सचेतनाका काम भने गरिरहेको उनको भनाइ छ ।  गत असार महिनादेखि अग्ला लेक लगिएका भेडाच्याङ्ग्रा र चौँरी बेँसीतर्फ गोठालाले झारिरहेका छन् । चिसो बढेसँगै लेकका खर्क खाली हुँदै आएको छ । कात्तिक मध्यबाट घरवरपर नै गोठ राखी खुवाउने गरिन्छ । अब होचा स्थानमा भेडाच्याङ्ग्रा र चौरीको गोठ राखिनेछन् ।