इजरायल घटना नसेलाउँदै सिक्किममा १० नेपाली बेपत्ता

इजरायल घटना नसेलाउँदै सिक्किममा १० नेपाली बेपत्ता

१०६१ दिन अगाडि

|

२२ असोज २०८०

हेटौंडामा मनाइयो जितिया

हेटौंडामा मनाइयो जितिया

१०६२ दिन अगाडि

|

२१ असोज २०८०

अशोकसुजन श्रेष्ठ थारु महिलाहरुको महान पर्व जितिया पावैनको शुभकामना आदान प्रदान गरी देशको विभिन्न ठाउँमा मनाईएको छ । यही क्रममा थारु महिला सभा मकवानपुरले थारु कल्याणकारिणी सभा मकवानपुरसँगको समन्वयमा जितिया पर्व हेटौंडामा पनि मनाएको छ । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी  लामाले भाषा, संस्कृतिको संरक्षणमा आदिवासी जनजाति महिलाको महत्त्वपूर्ण रहेको भन्दै स्थानीय सरकार  समुदायको संस्कार, संस्कृतिको संरक्षणमा गम्भीर रहेको भन्दै सहयोगको प्रतिवद्धता जनाइन् ।  कार्यक्रममा आदिवासी जनजाति महासंघका जिल्ला उपाध्यक्ष लीलाकुमार घलानले जितिया पर्व थारु महिलाको स्वास्थ्य र पारिवारिक दृष्टिले राम्रो भएको भन्दै थारुसहित आदिवासी, जनजातिको संस्कार, संस्कृति जगेर्ना गर्न स्थानीयसँगै प्रदेश र संघीय सरकारले पनि सहयोग गर्नुपर्ने बताए । मकवानपुर बहुमुखी क्याम्पसका प्राध्यापक सुरेश श्रेष्ठले चाडपर्वलाई मौलिक रुपमा मनाउँदै नयाँ पुस्ताहरुलाई हस्तान्तरण गर्न ध्यान दिनुपर्नेमा जोड दिए ।  कार्यक्रम थारु महिला सभा मकवानपुरकी सभापति दौपतीदेवी चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा परम्परागत थारु भेषभुषामा सजिएर महिलाहरुले गीत, नृत्य सहित आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा थारु कल्याणकारिणी सभा मकवानपुरका निवर्तमान सभापति हरिलाल चौधरी, कोषाध्यक्ष उमा चौधरी, थारु विद्यार्थी सभाका केन्द्रीय सदस्य दिप्सन चौधरी लगायतले शुभकामना मन्तव्य दिएका थिए।  त्यस्तै,  कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरका अध्यक्ष अशोकसुजन श्रेष्ठ, थारु कल्याणकारिणी सभा मकवानपुरका सभापति सचिदानन्द चौधरी, जिल्ला सल्लाहकार किशोरकुमार चौधरी, थारु विद्यार्थी सभा मकवानपुरका सभापति राजेशप्रसाद चौधरी लगायतको आतिथ्यता रहेको थियो । जितिया पर्वको पहिलो दिन हेटौंडाको राप्ती खोलामा सामुहिक रुपमा नुहाएका थारु महिलाहरुले दोस्रो दिन जित महान भगवानको निराहार (निर्जल) व्रत बसेर जितमहान भगवानको कथा सुनेका थिए । साथै, तेस्रो दिन विधिपूर्वक सामुहिक पुजा गरेर पारन गरेको थारु कल्याणकारिणी सभा मकवानपुरका सचिव चन्द्रकान्त चौधरीले जनाए । विशेष गरी थारु समुदायका विवाहित महिलाहरु आफ्नो सन्तान (छोराछोरी)को दीर्घायुको लागि व्रत बस्ने गर्दछन् । हेटौंडामा थारु समुदायको महान् पर्व माघी पर्व, समा चकेवा, जितिया सामुहिक रुपमा मनाउँदै आएका छन् । यसैगरी, अरु वर्ष एकै ठाउँमा मनाइने जितिया काठमाडौं उपत्यकामा यसपाली ३ ठाउँमा  मनाइएको छ । पर्यटन बोर्ड, ललितपुरको गुसिंगाल तथा इमाडोलमा जितिया विभिन्न कार्यक्रम गरी मनाइएको थियो ।   

आपसी सहकार्य, सद्भाव र सहिष्णुता कायम गर्न जितिया पर्व महत्वपूर्ण  : प्रधानमन्त्री

आपसी सहकार्य, सद्भाव र सहिष्णुता कायम गर्न जितिया पर्व महत्वपूर्ण  : प्रधानमन्त्री

१०६३ दिन अगाडि

|

२० असोज २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  जितिया पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै उनले   जितिया पर्वले समाजमा व्याप्त अन्धविश्वास र विभेदलाई अन्त्य गर्दै समानता, समृद्वि र सामाजिक न्यायसहितको समतामूलक समाज निर्माणमा सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् ।  सामाजिक सम्बन्धको सन्तुलन, आपसी सहकार्य, सद्भाव र सहिष्णुता कायम गर्न जितिया पर्वले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि उनले व्यक्त गरे ।  तराई–मधेसका थारुलगायत समुदायले पारिवारिक समृद्वि र सन्तानको दीर्घजीवनको कामना गर्दै मनाउने यस मौलिक पर्वको आफ्नै विशिष्ट मौलिक पहिचान र विशेषता रहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।  “बहुजातीय, बहुसांस्कृतिक नेपाली समाजको पहिचानलाई आत्मसात् गरी सामाजिक–सांस्कृतिक सहिष्णुता र सद्भाव कायम गर्नु अपरिहार्य आवश्यकता भएको छ”, शुभकामना सन्देशमा प्रधानमन्त्रीले भनिएको छ । 

१९औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

१९औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

१०६४ दिन अगाडि

|

१९ असोज २०८०

चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो । महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ । भारतसित पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित भएको हो । केहीबेर अघि सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई ६१–१७ अङ्कले पराजित गरेको हो ।  नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो । यस्तै भारत समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनमा प्रवेश गरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तिमा कास्य पदक पक्का गरेको हो । कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ ।   महिला कबड्डीतर्फ नेपालले पहिलोपटक एसियाली खेलकुदमा भाग लिएको हो । नेपाल रहेको समूह ‘बी’ मा इरान र बङ्गलादेश रहेका थिए । इरान समूह ‘बी’को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । इरानले अहिले समूह ‘ए’ को उपविजेता चाइनिज चाइपेईसित प्रतिस्पर्धा गर्दै छ ।   यसअघि नेपालले पहिलो खेलमा सोमबार बङ्लादेशलाई ३७–२४ अङ्कले पराजित गरेको थियो भने दोस्रो खेलमा मङ्गलबार इरानसित १९–४३ अङ्कले पराजित भएको थियो । नेपाली टोलीमा मेनुकाकुमारी राजवंशी (कप्तान), मानमती विष्ट, जयन्ती बडु, सुनिता थापा, रबिना चौधरी, अनुजा कुलुङ राई, गङ्गा घिमिरे, नितु गुरुङ, इशा राई, अर्पणा चौधरी, सिर्जना थारु र कलावती पन्त रहेका थिए । टोलीका प्रशिक्षकमा विष्णुदत्त भट्ट रहेका थिए । रासस 

सुरुङ्गा नगरपालिकाबाट पालिकास्तरीय जितिया गीत प्रतियोगिता सम्पन्न

सुरुङ्गा नगरपालिकाबाट पालिकास्तरीय जितिया गीत प्रतियोगिता सम्पन्न

१०६५ दिन अगाडि

|

१८ असोज २०८०

सप्तरीको सुरुङ्गा नगरपालिकाले जितिया पर्वको अवसरमा पालिकास्तरीय जितिया गीत प्रतियोगिता असोज १७ गते बुधवार आयोजना गरेको छ ।  कदमहा कभर्ड हलमा भएको प्रतियोगितामा वडा नं ५ को तिले महिला समूह  प्रथम भई नगद ५,१०० प्राप्त गर्यो । वडा नं ३ को मनकामना महिला समूह दोस्रो भई ३,१०० प्राप्त गर्यो । त्यस्तै, वडा नं ८ को मलहनमा महिला समूह तेस्रो  भई २,१०० तथा वडा नं ५ को हन्सबाहिनी महिला समूहले १,००० सान्त्वना पुरस्कार पायो । प्रतियोगितामा सुरुङ्गा नगरपालिका भित्रका ७ समूहले भाग लिएका थिए ।  विजयी प्रतियोगीहरुलाई सुरुङ्गा नगरपालिककी मेयर गिता चौधरीले पुरस्कार प्रदान गरेकी थिइन् । प्रतियोगिताको निर्णायक मण्डलमा गायक चन्द्र किशोर चौधरी, वरिष्ठ कलाकार महेन्द्र विश्वकर्मा र शिक्षक नरसिंह चौधरी थिए ।   कार्यक्रममा उपस्थित ५ सय बढी महिलाहरुलाई नगरपालिकाले जितियाको ओटघन पनि ख्वाएको थियो ।  

हौली परिवारको २८औं साधारण सभा सम्पन्न

हौली परिवारको २८औं साधारण सभा सम्पन्न

१०६६ दिन अगाडि

|

१७ असोज २०८०

हौली परिवारको २८औं वार्षिक साधारण सभा असोज १६ गते मंगलवार सुनसरीको दुहवीस्थित आफ्टर डार्क पार्टी प्यालेसमा सम्पन्न भएको छ । कार्यक्रममा लेखक रामसागर चौधरीको “हालत” थारू कविता संग्रह र “थारु लोकनाच चोरखेलिया” तथा कवि प्रकाशनारायण चौधरीको “ प्रकाश के चिन्ता” थारू कविता संग्रह एवम् “हौली” थारु पत्रिका कार्यक्रमका प्रमुख अतिथि वेदनारायण गच्छदारबाट लोकार्पण गरियो ।  कार्यक्रममा मेयर गच्छदारले थारु भाषा र संस्कृति लोप हुंदै गएकोमा हौली परिवारले पुनरजागरण गर्ने सराहनीय काम गरेकोमा यस अभियानमा आफ्नो सहयोग रहने बताए । उनले समाजमा रहेको बिकृति, बिसंगति, दुब्र्यसनीको सुधार र जनचेतना फैलाउने काममा पनि हौली परिवारलाई लाग्न भन्दै दुहवी नगरपालिकाले यसमा साथ दिने बताए । लोकार्पित प्रकाशित पुस्तकहरुको बारेमा अमेरिकामा ओल्ड डोमिन विश्वविद्यालयका पूर्वीय दर्शनशास्त्रका प्रोफेसर दिनेश पौडेलले समीक्षा गरेका थिए ।  हौली परिवारले गरेको कामहरुको अधिकांश वक्ताहरुले प्रसंसा गर्नुका साथै अझै शसक्त रुपमा काम गर्न सुझाव दिएका थिए । सांसद जयप्रकाश चौधरीले हौली परिवारको संरचना बिस्तार गर्न तथा हौली पत्रिकालाई निरन्तरता दिन सुझाव दिए ।  गढी गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरीले यी लोकार्पित प्रकाशित पुस्तकहरुले थारु समुदायमा अमर रहने बताए ।  २८औं बार्षिक साधारण सभाको अध्यक्षता हौली परिवारका अध्यक्ष  श्रवण सुथियार थारुले गरेका थिए । उनले परिवारको आब २०७९÷८० को वार्षिक प्रतिवेदन र नीति कार्यक्रमहरु पेश गरेका थिए ।  सो अवसरमा भाषा साहित्य र सामाजिक क्षेत्रमा योगदान गर्ने रामसागर चौधरी, प्रकाशनारायण चौधरी,रुद्रनारायण चौधरी, अवधनारायण माझी, बन्नालाल चौधरी, बालकृष्ण चौधरीलाई प्रमुख अतिथि मेयर गच्छदारबाट सम्मान प्रदान गरियो । साथै, अध्यक्ष सुथियारबाट प्रमुख अतिथि र अतिथिहरूलाई हौली परिवारको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।  कार्यक्रममा बूढीगंगा गाउँपालिकाका उपाध्यक्ष अमृता कुमारी गच्छदार, पूर्व गाउंपालिका अध्यक्ष बालचन्द्र माझीलगायत थारु कल्याणकारिणी सभा, थारू विद्यार्थी समाजका, थारु महिला सभा र हौली परिवारका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । हौली परिवार थारु भाषा, संस्कृतिको विकास तथा संरक्षणका लागि २०४२ सालदेखि कार्यरत छ । यो परिवार संस्थाको रुपमा २०५१ साल माघ २२ गते जिल्ला प्रशासन कार्यालयमा, मोरङमा दर्ता भएको हो।  यस परिवारले थारु भाषामा हौली वार्षिक पत्रिका २०७९ सम्ममा १५ अंक प्रकाशन गरिसकेको छ । बिभिन्न साहित्यिक गोष्ठीहरु संचालन गर्नुका साथै थारु लेखक संघले आयोजना गर्ने राष्ट्रिय थारु साहित्य सम्मेलनहरुमा सहभागिता जनाउँदै आएको छ । हौली परिवारको संयोजनमा आगामी माघमा आठौं राष्ट्रिय थारु साहित्य सम्मेलन मोरङमा गरिने भएको छ ।   

राष्ट्रभाषा ऐनसम्बन्धी प्रदेश सांसदसँग छलफल 

राष्ट्रभाषा ऐनसम्बन्धी प्रदेश सांसदसँग छलफल 

१०६६ दिन अगाडि

|

१७ असोज २०८०

बागमती प्रदेशमा राष्ट्रभाषा ऐनसम्बन्धी प्रदेश सांसदसँग छलफल कार्यक्रम मंगलबार हेटौंडामा सम्पन्न भएको छ । राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च, नेवाः देय् दबु स्वनिगः विशेष प्रदेश र नेपाल तामाङ घेदुङ बागमती प्रदेशको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।  कार्यक्रममा प्रदेशसभामा प्रस्तुत बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा बनेको विधेयक २०८० को व्यबस्था, संशोधनको व्यहोरा, संशोधनको कारण र आधारहरुसहितको संशोधन प्रस्तावबारे प्रस्तुतीकरण गरिएको थियो ।  कार्यक्रममा भाषा आयोगका सदस्य अमृत योन्जन, भाषाविज्ञ प्राडा ओमकारेश्वर श्रेष्ठ, अधिबक्ताद्वय शंकर लिम्बू र नरेश श्रेष्ठ तथा नेवाः देय् दबु स्वनिगः उपत्यका प्रदेश सदस्य श्रीकृष्ण महर्जनले कार्यपत्र प्रस्तुत गरेका थिए । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले छोटो समयमा धेरै मिहेनत गरेर भाषासम्बन्धी विधेयक ल्याएको बताउँदै आवश्यक संशोधन गर्न सकिने बताए । ‘हामीले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा बनेको विधेयक २ महिना भित्रै बनायौ,’ उनले भनिन् । भाषा विधेयकलाई पूर्णता दिन लिपीको कुरा चलेको भन्दै उनले त्यसलाई भाषा कानूनभित्र राखेर जाँदा राम्रो हुने जिकिर गरिन् । विधेयक सदनमा पेश भएपछि संसद र पास भएपछि राज्यको सम्पति बन्ने भन्दै भावी पुस्ताले गर्व लायक बन्नेमा उनको जोड थियो । प्रदेशकी पूर्व उपसभामुख राधिका तामाङले भाषा विधेयकलाई पूर्ण बनाउने र प्रभावकारी बनाउने सरकार, सांसद, आदिवासी जनजाति संघसंस्था र अगुवासँगै प्रदेशवासीको जिम्मेवारी रहेको बताइन् । प्रदेशको भाषाबारे सोचाई साँघुरो बनाउन नहुने भन्दै उनले फराकिलो सोच बनाएर अघि बढे भाषाको कार्यान्वयन र विकास हुने जिकिर गरिन् । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले भाषा ऐन बनाउँदा सरल भाषामा बनाउनुपर्नेमा जोड दिदै वा, अनि, अथवा जस्ता शब्द सकेसम्म राख्न नहुने बताए । बागमती प्रदेशका सांसद सरल सहयात्रीले विद्यालयमा भाषा पढ्ने वातावरण बनेमा भाषा दीर्घकालीन रुपमा संरक्षण हुने भन्दै भाषा आयोगले सरलिकरण गर्नुपर्ने तर्क राखे । सांसद श्रीराम लामिछानेले भाषा संरक्षणसँगै आर्थिक, सांस्कृतिक र रहनसहनलाई पनि भाषा कानूनमा समेट्न सके समृद्धिमा सहयोग पुग्ने बताए । अर्का सांसद प्रेमभक्त श्रेष्ठले आउँदो पुस्ताका लागि रञ्जना लिपीबारे सचेतना जगाउन भाषा कानूनमा ब्यवस्था गर्नुपर्ने धारणा राखे । अर्का प्रदेश सांसद रमा आले मगरले ऐन बनाउनु स्वागतयोग्य भएपनि नेवार र तामाङसँगै सुरेल, हायु, सुनुवार लगायतको भाषाको संरक्षणमा पनि कानूनमा व्यवस्था गर्नुपर्नेमा जोड दिए ।  राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चकी अध्यक्ष सुनी लामाको अध्यक्षतामा कार्यक्रम भएकोे थियो ।