Above News Title

फूल खेतीमा रमाएका सीताराम चौधरी

फूल खेतीमा रमाएका सीताराम चौधरी

कैलालीमा यतिबेला धेरैजसो किसान धान भित्र्याउन र तोरी छर्नमा व्यस्त छन् । टीकापुर नगरपालिका–१, दक्षिणपुर्वा वनगाउँका ५४ वर्षीय सीताराम चौधरीलाई भने मखमली, सयपत्रीको माला र फूल बिक्री वितरणमा भ्याइ न भ्याइ छ ।

२०७४ सालदेखि पुष्प व्यवसायी सुरु गर्नुभएका सीतारामलाई फूलखेतीले राम्रो आम्दानी मात्र दिएको छैन, जिल्लामै पुष्प व्यवसायीका रूपमा स्थापित र नमुना व्यवसायी हुनुभएको छ । उहाँ पुष्प व्यवसाय प्रशिक्षकका रूपमा पनि स्थापित हुनुहुन्छ ।

स्नातक तहसम्म अध्ययन गरेका सीतारामलाई सुरुमा पुष्प व्यवसायबाट यतिको आम्दानी हुन्छ भन्ने लागेको थिएन । फूलखेतीको सुरुवाती दिन सम्झँदै सीताराम भन्नुहुन्छ, “फूल खेती गर्नुभन्दा पहिला गाउँमै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष थिएँ । 

विद्यालयमा कुनै कार्यक्रम भयो भने विद्यार्थीलाई फूल लिएर आउन  भनिन्थ्यो तर कसैले  पनि  फूल  ल्याउँदैन थे, त्यतिखेर फूल लगाउनमा कसैको चासो थिएन, मैले फूलखेती गर्ने सोच बनाएँ र सुरु गरेँ उहाँले भन्नुभयो ।”एक सिजनमा सात लाख रुपियाँसम्म फूल खेतीबाट आम्दानी गर्नुभएको सीतारामले गत वर्ष तिहारमा एकै दिनमा पाँच लाख बढीको फूल बिक्री गरेको अनुभव सुनाउनुभयो । सुरुमा १० कट्ठाबाट पुष्प व्यवसाय सुरु गर्नुभएका सीतारामले अहिले एक बिघा पाँच कट्ठामा फूल खेती गर्नुभएको छ ।

तिहारमा  मखमली र सयपत्रीको बढी माग हुने भएकाले सीतारामले यसको बढी नै  खेती गर्नुभएको छ । सजावटका लागि बढी माग हुने कट फ्लावर खेती पनि उहाँले गर्नुभएको छ । तारबारे, गुलाफ, जोखेडा र गोदावरी फूलको माग बढी हुने भएकाले महँगो भए पनि कट फ्लावर खेतीसमेत राम्रो भएको अनुभव उहाँको छ । कट फ््लावर सजावटमा प्रयोग हुन्छ । असोज महिनामा दुई लाख बढीको फूल र माला बिक्री गरिसकेका सीतारामको बारीमा अहिले सयपत्री र मखमली फुलेर ढकमक्क छ ।

एउटा बोटबाट तीन/चार वटा माला हुने गर्दछ । ३६५ दिन फूल उपलब्ध गराउने सीतारामले फूल खेतीबाट राम्रै आम्दानी हुन थालेपछि व्यवसाय बढाउँदै लगेको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “धान, गहुँ, तोरी खेती गरेको भए खान मात्र बराबर हुन्थ्यो, फूल खेती सुरु गरेपछि बैङ्कको ऋण तिरेर सकियो, घर बनाएँ, फूल खेती विस्तारमा लगानी बढाउँदै छु, बचत पनि गरेको छु ।”

तिहारमा अत्यधिक फूलको माग रहेको जानकारी दिँदै हालै बजारीकरणमा कुनै समस्या नभएको उल्लेख गर्नुभयो । अहिले कैलाली जिल्लाबाहेक दाङ, बाँके, बर्दिया, अछामलगायतका जिल्लामा समेत सीतारामको इन्द्रेणी पुष्प खेती फार्मबाट फूलको निर्यात हुने गरेको छ ।  

फूलको प्रतिमाला ११० देखि १५० रुपियाँ र प्रतिकिलो चार सय पचासका दरले बिक्री भइरहेको छ । सीतारामको पुष्प खेतीबाट प्रभावित भएर जिल्लामा अन्यले समेत पुष्प व्यवसाय सुरु गर्न थालेका छन् ।

फूल उत्पादनदेखि प्याकिङसम्मको तालिम लिएका सीतारामले फूल खेती सँगसँगै माला, बुकी बनाउने, विवाहको गाडी सजाउने, मञ्च सजाउने कार्यका साथै अरूलाई तालिम दिने काम समेत गर्नुहुन्छ ।सीतारामको अनुभवमा प्राकृतिक फूल स्थानीयस्तरमै पाउन थालेपछि अहिले कृत्रिम फूलको प्रयोग घट्दै गइरहेको छ ।”

उहाँको इन्द्रेणी पुष्पालयमा १५ जना स्थानीयले रोजगार पाएका छन् । फूल लगाउने, गोडमेल गर्ने, टिप्नेदेखि माला उन्ने कार्यमा सिकाउँदै रोजगार दिने  गरेको सीतारामले बताए ।  

प्रकाशित:

१०३६ दिन अगाडि

|

१८ कात्तिक २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६२ दिन अगाडि

|

२७ मंसिर २०७९