कलाकार मित्थु थारुहे सम्मान

कलाकार मित्थु थारुहे सम्मान

४१६ दिन अगाडि

|

३० असार २०८२

धनगढीमे बुढनी उपन्यास उपर चर्चा

धनगढीमे बुढनी उपन्यास उपर चर्चा

४१७ दिन अगाडि

|

२९ असार २०८२

बुढनी लोकबट्कोही उपन्यासमे आके थारु भासा संरक्षणमे सहयोग पुगल एक कार्यक्रमके सहभागीहुक्रे बिचार ढैले बटै । लोककथामे आधारित इन्दु थारुसे थारु भासामे उल्ठा करल बट्कोही ‘बुढनी’के २८ असार शनिच्चरके रोज धनगढीमे हुइल समिक्षा  कार्यक्रममे सहभागीहुक्रे टिप्पणी करटि इ किताबमे हेरैटि रहल लोककथा ओ लोप हुइटि थारु भासा, शब्दके संरक्षणमे सहयोग पुगल बटाइल रहिट । थारु कल्याणकारिणी सभा कञ्चनपुरके सभापति सुनिता चौधरी ‘सानु’ बुढनी बट्कोहीमे एकठो सघर्षशिल जन्नी मनैनके खिस्सा जोरल बटैलि । उहाँ कहलि, “एकठो डाइ मनै आपन लर्कापर्का, परिवारमे कौनो विपट ना आए कना चिज समेटल बा ।” यकर संगसंगे हमार पुर्खनके बोल्ना थारु शब्द लिखल बेलसगिल बा, जौन अब्बेक लौवा पिढी विस्राई लागल बटै । उ बुढनी बट्कोहीमे थारु समुदायसे बेल्ना रुख्वा बरिख्वा, चिरैचुरङगन, किराकाँटीनके नाउँ उल्लेखसे हमार भासा मौलिक शब्दके संरक्षणमे सहयोग पुगल सभापति सानु बटैलि । जानकी गाउँपालिकाके अध्यक्ष गणेश चौधरी अब्बे लोकखिस्सामे आधारित बट्कोही सुन्ना ओ सुनुइया मनै कम हुइटि गैल बटैलै । उहाँ कहलै, “इ किताबके खोलमे उल्लेख हुइल थारु समुदायसे मनाजैना अष्टिमकी चित्र हँठिया, घोरुवा, हर्ना, मञ्जोर, पाँच पाण्डव, चिरैयाके चित्र, थारु नाउँ जोरल बुढनी बट्कोही थारु समुदायके पहिचान झलकल बा ।” उहाँ कहलै, “किताव पह्रुइयनके संख्या घटटी गैल बा । मने मै इ किताव पह्रेबेर थारु समुदायसे बेल्सना मौलिक भासा, शब्द पैनु । पहिले पहिले थारु समुदायहुक्रे ज्ञानगुनके रुपमे लेजैना बट्कोही सुनाइट, मैं यम्ने उहे इतिहासके उल्लेख हुइल पैनु ।” ओस्टेक, करके बुढनीके समीक्षा करटि बाँधुराम हरडिउला कुश्मी हेरैटि रहल लोकखिस्साहे जिवन्त ढैना सहयोग पुगल बटैलै । इ बट्कोहिसे जन्नी मनै शसक्त हुइ परठ कना सन्देश डेहल फे बटैलैं । लोककथामे आधारित थारु भासामे उल्ठा बुढनी बट्कोही उल्ठा करुइया इन्दु थारु बुढनी बट्कोही काल्पनिक रहल मने थारु समुदायके जन्नी मनैसे भोगल परिस्थितिमे आधारित  खिस्सासे जोरल बटैलि । बुढनी उपन्यासके मुल लेखक प्रविण अधिकारी हुइट । उहाँ अंग्रेजी भासामे लिखल पोस्टाहे इन्दु थारु थारु भासामे उल्ठा कर्लि, जेकर सम्पाडन छविलाल कोपिला कर्ला । पहुरासे 

काठमाडौंमे अक्के डिन थारुकेन्द्रित ३ ठो कार्यक्रम

काठमाडौंमे अक्के डिन थारुकेन्द्रित ३ ठो कार्यक्रम

४३८ दिन अगाडि

|

८ असार २०८२

असार ७ गते सनिच्चरके काठमाडौंमे अक्के डिन थारुकेन्द्रित ३ ठो कार्यक्रम निम्जल बा । इहे क्रममे राष्ट्रिय थारू कलाकार मञ्च बृहत् राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रम  काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमे करल । कार्यक्रमके बर्का पहुना गीतसंगीतमे निरन्तर लागल नाउपाके संरक्षक रेशमलाल चौधरी उद्घाटन कर्ले रहिंट ।  ओस्टक सफु प्रकाशनके थारु लोकखिस्सामे आधारित बुधनीके अंग्रेजी ओ थारु संस्करणके उपन्यास विमोचन हुइल बा ।  मूल अंग्रेजीमे प्रवीण अधिकारीके लिखल थारु संस्करणके उल्ठा इन्दु थारु कर्ले बटि । थारु संस्करणके सम्पादन छविलाल कोपिला कर्ले बटाँ । उपन्यासकार, अनुवादक, पोस्टाके कभर बनुइया लभकान्त चौधरी, अभियन्ता उर्मिला चौधरी, प्रणवमान सिंहलगायत पोस्टा विमोचन कर्ले रहिट ।  काठमाडौमे जो थारु भसा साहित्य केन्द्र अपन रचना वाचन श्रृंखला बसघराके ८३औं भाग निम्जैले बा । ओहोर असार ६ गते बर्दियाके बारबर्दिया नगरपालिका बेलभारमे गोचाली परिवारके आयोजनामे थारु भाषा, साहित्य, संस्कृतिके संरक्षणबारे अन्तक्रिया हुइल बा । कार्यक्रममे साहित्यकार सुशील चौधरी लगायतहे सम्मान कैगिल ।  पर्यटन डिभिजन कार्यालय बाँकेक् आर्थिक सहयोगमे हुइल कार्यक्रममे थारु भाषा साहित्य, संस्कृति संरक्षणक बिषयमे दुर्गाबहादुर थारु कबिर ओ एकराज चौधरी कार्यपत्र प्रस्तुत कर्ले रहिट, जेम्ने टिप्पणी शेखर दहितके रहिन् ।  थारु आयोगके निवर्तमान अध्यक्ष बिष्णु चौधरीक् बर्का पौन्हाइमे हुइल कार्यक्रमके घरगोस्या गोचाली परिवारके अध्यक्ष सुदिन अगलपथ कर्ले रहिंट ।

थारु आयोगको कार्यबाहक अध्यक्षको जिम्मेवारीमा सुवोधसिंह थारु

थारु आयोगको कार्यबाहक अध्यक्षको जिम्मेवारीमा सुवोधसिंह थारु

५३२ दिन अगाडि

|

७ चैत २०८१

थारु आयोगको कार्यबाहक अध्यक्षमा माननीय सुवोधसिंह थारुले जिम्मेवारी पाएका छन् । आयोगका अध्यक्ष माननीय विष्णुप्रसाद थारुको कार्यकाल यही चैत ६ गते सकिएपछि सुवोधसिंह थारुलाई कार्यबाहकको जिम्मेवारी दिइएको आयोगले जनाएको छ । स्मरण रहोस्, विष्णु २०७५ चैत ७ गते आयोगको अध्यक्षमा नियुक्त भएका थिए । ६ वर्षको कार्यकाल सकिएपछि आयोगको वरिष्ठ सदस्यका हैसियतले सुवोधलाई कार्यबाहकको  जिम्मेवारी दिइएको हो । कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएसंगै सुवोधसिंह थारुले चैत ७ गते पदभार ग्रहण गरेका छन् ।  बाँके, नेपालगन्जका उनी २०७७ साल माघ २१ गते आयोगको सदस्यमा नियुक्त भएका थिए ।    

चिट्ठा प्रणालीबाट चुनिन्छन् महिला बरघर, निरन्तरता दिन गाह्रो 

चिट्ठा प्रणालीबाट चुनिन्छन् महिला बरघर, निरन्तरता दिन गाह्रो 

६०४ दिन अगाडि

|

२३ पुष २०८१

प्रत्येक वर्ष माघको अवसरमा चयन गरिने बरघर प्रणालीमा लामो समय कि एकैजसो व्यक्तिको हातमा छ, कि चिट्ठा प्रणालीबाट बरघर चुनिन थालेका छन् । यसरी चिट्ठा प्रणालीबाट बरघरमा महिला तथा युवा आउने गरेकोमा लामो समय पदमा टिक्न गाह्रो अवस्था रहेको अनुभव बाँडेका छन् । ढिलो गरी प्राप्त समाचारअनुसार बाँकेको कोहलपुरमा पुस १७ र १८ गते आयोजित ‘महिला तथा युवा बरघरहरुलाई प्रशिक्षण’ कार्यक्रममा तिनीहरुले आफ्नो अनुभव शेयर गरेका हुन्  । यूएसएड, नागरिक सञ्चार CSM को आर्थिक सहयोग, द एशिया फाउण्डेशनको सहकार्य तथा दाङ, लमहीस्थित थारु साहित्य तथा संस्कृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा प्रायः बरघरहरुले चिट्ठा प्रणालीबाट बरघर चयन दिगो समस्याको समाधान नभएको बताएका हुन् । बर्दिया, बारबर्दिया नगरपालिका–७, मरघट्टीकी बरघर गीता चौधरी गएको वर्ष चिट्ठा प्रणालीबाट बरघर चुनिएकी हुन् । महिला बरघर हुने भएपछि पोथी बासेको सुहाउन्न भनेर केहीले खिसी गरेको तीतो अनुभव पनि छ उनीसंग । उनलाई फेरि बरघर बन्न मन त छ । तर, चिट्ठा प्रणालीबाट बरघर चुन्ने परम्परा बसिसकेकाले आफूले पुनः दावी गर्न सक्ने अवस्था नभएको उनको भनाई छ । कार्यक्रममा सहभागी उनले भनिन्, गाउँको नेतृत्व सबैले पाउनुपर्छ भन्ने बुझाइ छ । तर, मन नभएकोलाई चिट्ठा पर्दा बरघर नाम मात्रको पनि भएका छन् । दाङ, लमही नपा–८, धनपुरवा गाउँकी बरघर सीता चौधरीले पनि उस्तै अनुभव सुनाइन् । चिट्ठा प्रणालीबाट उनको नाम बरघरमा निस्किएपछि दोह्र्याएर चिट्ठा हाल्न केहीले जोड दिएका थिए । कारण खेतीपाती नगर्ने उनको परिवार मजदुरी गर्छ । उनले कसरी समय देलिन् भन्ने धेरैको आंशका थियो । तर पुरुषभन्दा राम्ररी गाउँ चलाएको गाउँलेहरुको मूल्याङ्कन छ । उनले भनिन्, जिम्मेवारी लिएको पहिलो वर्ष त सिक्दै लाग्छ । समाजसेवामा बल्ल रुचि बढ्न थालेको हुन्छ, पद छोड्नु पर्ने अवस्था आइसक्छ । उनको गाउँमा प्रत्येक वर्ष माघ ३ गते बरघर चयन हुन्छ । उनले अगाडि भनिन्, चिट्ठा प्रणालीबाट बरघर चयन भए कुनै दुःखेसो छैन तर पुनः जिम्मेवारीका लागि आग्रह भए पछि हट्दिन । बाँके, राप्तीसोनारीकी युवा किरण कुमारी थारुले गाउँलेले चाहेमा आफूजस्ता युवाहरु गाउँको नेतृत्व गर्न तयार रहेको धारणा राखिन् । एक सहकारीमा आवद्ध बाँके, राप्तीसोनारीकी अर्की युवा टीका थारु महिला हक, अधिकारका लागि बलियो आवाज उठाउँछिन् । उनले आमाको नामबाट नागरिकता निकालेकी छिन् । उनले भनिन्, गाउँको नेतृत्व पुरुषले दयाले दिनुभन्दा महिलाहरुले अग्राधिकारको रुपमा दावी गर्न सक्नुपर्छ ।   आयोजक थारु साहित्य–संस्कृति प्रतिष्ठानका अध्यक्ष छविलाल कोपिलाले प्रतिष्ठानले परियोजनाअन्तर्गत केही महिना बरघरमा समावेशिता खोजे पनि यो अभियान दीर्घकालीन हुनुपर्ने धारणा राखे । प्रतिष्ठानका कार्यकारी निर्देशक डा कृष्णराज चौधरी सर्वहारी तथा अनुसन्धानकर्मी शेखर दहितले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । प्रतिष्ठानका फिल्ड अधिकृतद्वय विमला चौधरी तथा निरन्जन चौधरीले महिलाहरु थारु गाउँको नेतृत्वमा आउन चाहना राखे पनि राम्रो समन्वय नभइरहेको बताएका थिए । मुक्तिपछि स्थापित नयाँ गाउँमा महिला बरघरहरु बढ्दै गए पनि पुराना गाउँमा परम्परागत ढंगकै नेतृत्व हावी रहेको बताइएको थियो । 

जुम्लामा  लोकवार्तासम्बन्धि दुई दिने कार्यक्रम हुँदै

जुम्लामा  लोकवार्तासम्बन्धि दुई दिने कार्यक्रम हुँदै

६८० दिन अगाडि

|

७ कात्तिक २०८१

कर्णालीकेन्द्रीत लोकवार्ता परिषद् नेपालको १३औं संगोष्ठीको पाँचौ दिन कार्तिक ७ गते विहीवार जुम्लाको सदरमुकाम होटल दौंतरीमा रइनपाइचान कार्यक्रमअन्तर्गत सञ्चारकर्मीलगायत लेखक, जनप्रतिनिधिहरुसंग साक्षात्कार गरिएको छ । कार्यक्रममा जुम्लाको तातोपानीमा कार्तिक ८ गते तथा सिंजामा ९ गते गरी दुई दिन कार्यक्रम हुने लोकवार्ता परिषद् नेपालका महासचिव प्राडा धु्रवप्रसाद भट्टराईले जनाए । उनले १३औं संगोष्ठीमा ९० वटा कार्यपत्र प्राप्त भएकोमा ९० प्रतिशत कर्णाली क्षेत्रकेन्द्रीत रहेको जानकारी दिए ।  कार्यक्रममा पुस्तान्तरण नभएर हराउने चिन्ता भएकाले अभिलेखीकरणमा पछि परेको कर्णालीको लोकसंस्कृति जगेर्ना गर्न जुम्लाका युवाहरुले आग्रह गरे । कर्णालीको जुम्लामा लोकवार्ताबारे यो ऐतिहासिक जमघट भएको जनाउँदै रारामात्रै घुमेर नजान आग्रह गरे ।   कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले प्रतिष्ठानको पुस्तकालयमा कर्णाली कर्नर खोलेकाले कर्णालीका बारेमा लेखिएका पुस्तक उपलब्ध गराइ दिन आग्रह गरे ।   प्राडा माधव पोख्रेलले कर्णाली जीवन्त संग्रह रहेको धारणा राख्दै  लोकको चिनारी बोक्ने गाउँकै ब्यक्ति भएकाले आफूहरु यहाँ सिकाउन भन्दा सिक्न आएको बताए ।  डा कुलराज निरौलाले लकर्णालीको लोकसंस्कृति जोगाउन यही क्षेत्र जाग्नुपर्छ भन्ने धारणा राखे । लोकवार्ता परिषद् नेपालका उपाध्यक्ष मनोहर लामिछाने तथा उपमहासचिव डा धनेश्वर नेपाल कर्णाली क्षेत्रमा कार्यक्रम गरिनुपर्छ भन्नेमा आफूहरु यही क्षेत्र भएकाले जोड गरेको बताए ।  कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक गौरीनन्द आचार्यले सबैलाई स्वागत गर्दै लोकसंस्कृतिका अध्येताहरुलाई जुम्लामा जहिले पनि स्वागत रहने धारणा राखे । कार्यक्रमका स्थानीय संयोजक राजबहादुर कुँवरले समग्र कर्णाली तथा खास गरी जुम्ला चिनाउन लोकवार्ता टोलीका अभियन्ताहरुलाई आग्रह गरे । उता गायिका पञ्चकली बुढाले कर्णालीबारे सुमधुर गीत प्रस्तुत गरेकी थिइन् ।  लोकवार्ता परिषद् नेपालका अध्यक्ष भवेश्वर पंगेनीको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण महेश नेपालीले गरेका थिए ।  कालिकोटको मान्ममा पनि संगोष्ठी सम्पन्न यसैगरी, कार्तिक ६ गते कालिकोटको मान्मस्थित जिल्ला समन्वय समितिमा संगोष्ठी भएको थियो । त्यहाँ मोतीराज बमले कर्णालीमा प्रचलित ढुस्को खेलबारे, धनजित शाहीले खाँडीचक्रको ऐतिहासिकताबारे, प्रदेश सांसद हिक्मत बहादुर शाहीले एक विराट व्यक्तित्वः नरहरिनाथबारे कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै, वेदप्रसाद पाण्डेले कर्णालीमा प्रचलित आशिका परम्पराबारे, दुर्गा काफ्लेले कालिकोटको लोकसंस्कृति तथा लोकसाहित्यबारे, शान्ति अधिकारीले कर्णालीको लोकसंस्कृतिको पोकोबारे, डा माधवप्रसाद लामिछानेले नाथ परम्परामा तन्त्रमन्त्रबारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र सत्रको अध्यक्षता प्राडा कुसुमाकर न्यौपानेले गरेका थिए ।  कार्यक्रममा सांस्कृतिक अभियन्ता शान्ति अधिकारी, मनबहादुर विश्वकर्मा, चित्रसिह गाउँलेलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद हिक्मत बहादुर शाहीले सम्मान गरेका थिए । कार्यक्रम सुरु हुनुअघि स्थानीय कलाकारबाट हुड्केली नृत्यका साथ आयोजकबाट मान्म बजार परिक्रमा गरिएको थियो ।  कार्तिक ८ गते जुम्लाको तातोपानीमा संगोष्ठी कार्यक्रम रहेको छ । कार्यक्रम कार्तिक १२ गते रारा घोषणापत्र जारी गर्दै समापन हुनेछ । कर्णालीकेन्द्रीत लोकवार्ता परिषद् नेपालको १३औं संगोष्ठीको समुद्घाटन कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलबाट कार्तिक ३ गते सुर्खेतको वीरेन्द्रनगरमा गरेका थिए ।