काठमाडौंमे अक्के डिन थारुकेन्द्रित ३ ठो कार्यक्रम

काठमाडौंमे अक्के डिन थारुकेन्द्रित ३ ठो कार्यक्रम

३१८ दिन अगाडि

|

८ असार २०८२

टीकापुरमा रानी कुलोको नाम कसरी रहन गयो ?

टीकापुरमा रानी कुलोको नाम कसरी रहन गयो ?

३२३ दिन अगाडि

|

४ असार २०८२

लक्ष्मण किशोर चौधरी  नेपालमा राणाशासन र भारतमा ब्रिटिस् शासन चलेको बेला करीब १५० बर्ष पहिले रानी पद्माकुमारी सिंह(शाह)को जन्म सिंगाही(हाल खिरी,भारत) राजघरानामा भए पनि बिवाह दैलेखी (नेपाली) राजा प्रकाश शाहसंग कान्छी (जेठी चन्द्रकुमारी शाह) रानीको रुपमा भएकोले माइतीबाट भात खानलाई दाइजोस्वरुप कौडियार (कर्णाली नदी) वरिपरिको क्षेत्र चुरे पर्वतदेखि दख्खिन र मोहना नदीको उत्तरी भु-भाग (करीब ७ सय बिगाहा) जग्गा पाएकी थिइन्। जसअनुसार उनीहरुको बसाइ  हिँउदमा कलुवापुरको रानीमहल (हाल टिकापुर न.पा.-५)मा र गर्मीमा दुल्लु (दैलेख) मा हुन्थ्यो। र, यो बिचमा सहज बाटो बिश्रामको लागि चुरे माथिको राजकाँडा महलमा (चिसापानी माथि) निवास गर्ने गर्थे। ऊनको समयमा सत्तीस्थित प्राचीन शिवालय (भगवान परशुराम कालीन)लाइ जिर्णोद्धार गरि सुन्दर मन्दिर (हाल पद्मप्रकाशेश्वर महादेव टिकापुर-७) र ठूलो ईनार (कुँवा) को निर्माण गराएका थिए। यी राजमहल,मन्दिर,कुँवा आदि बनाउन सिपालु मिस्त्री र कामदार रानीले आफ्नै माइती सिंगाहीबाटै कलुवारहरु (भारतीय एक जाती समुह) ल्याएकी थिइन्। रानीमहलको आधा किलोमिटर दख्खिन तिनीहरूको बस्ती पनि बसाइन्। जसलाई कलुवापुर गाउँ र राजमहललाई कलुवापुरको दरबार भनियो। यसको दुरदराजमा भने पहिल्यैदेखि कठरिया समुदायको बाक्लो गाउँबस्ती थियो। डंगौराहरु दाङबाट आउन जारी थियो। पछि राजाको मृत्युपश्चात् जेठी रानी चन्द्रकुमारी राजासंगै पदमपुर गाउँको उत्तरस्थित गौढी(गाउँ भरिको गाइवस्तु जम्मा गर्ने ठाउँ) मा सती गइन्। जसअनुसार अहिले त्यो वरिपरिको स्थानलाई सत्ती भनियो । आजभोलि त्यहाँ बाक्लो बस्ती छ। जसलाई सत्ती बजार पनि भनिन्छ। रानी पद्माकुमारीले बि.सं.१९५३ तिर आफ्नो मौजा वरिपरिको सुख्खा जमिनलाई सिंचाइ गराउनका लागि आफ्नो मौजावाला रैतीकिसानहरुको मद्दत लिएर कौडियार नदीको मालझुल भन्ने ठाउँबाट मुहान बनाइ पदमपुर सम्म कुलो खनाउन लगाइन। नेपालको इतिहासमा यो नै बेगारी (जनश्रमदान) प्रथाबाट खनाइएको पहिलो कुलो हो । पछि रानी पद्माकुमारीले बि.सं.१९५३ तिर आफ्नो मौजा वरिपरिको सुख्खा जमिनलाई सिंचाइ गराउनका लागि आफ्नो मौजावाला रैतीकिसानहरुको मद्दत लिएर कौडियार नदीको मालझुल भन्ने ठाउँबाट मुहान बनाइ पदमपुर सम्म कुलो खनाउन लगाइन। नेपालको इतिहासमा यो नै बेगारी (जनश्रमदान) प्रथाबाट खनाइएको पहिलो कुलो हो । यो बेगारी गरी कुलो खन्ने तत्कालीन थारु रैती किसानहरुमा .मेरो आजा (बराजु) बर्कागुर्वा दुर्गा पर्साद जोगी थारु, रगरगञ्ज (हाल नुक्लिपुर), .टुरु दहिट्वा,रगरगञ्ज (नुक्लिपुर) र .बर्कागुर्वा रामफल थारु (पदमपुर)को नाम मात्रै ज्ञात् छ। वरिपरिका पुराना बृद्ध थारुहरुले यस कुलोलाई कुक्कुर पुज्वा कुल्वा,बर्का कुल्वा र रानी कुल्वा पनि भन्ने गर्दछन्। पछि रानीले महलबाट धनमाल र सेवादारसहित माइती फर्किनलाई कौडियारको खैरीघाट (हालको दौलतपुरघाटदेखि तल) बाट जहाज (पानीमा चल्ने किस्ती,डुङ्गा) लग्दै गर्दा अधिक भार भइ पानीमा जहाज डुबेको थियो।राजपरिवारका सदस्य सहित पानीमा डुबेको यो नै पहिलो नेपाली "टायटानिक" हो। अहिले त्यो ठाउँलाई स्थानीयले जहाजबुर्ला (जहाजडुबुवा) भन्छन्। यी राजारानीका वंशज कृष्णबहादुर शाही (बर्दिया) हाल काठमाडौंमा जिवितै छन्। रानी पद्मकुमारीको पालामा अरु पनि सामाजिक कार्यहरु भएका छन्। बर्दियामा पद्मकुमारी मा.वि.मुख्याजयपुर (राजापुर न.पा.),भैरबनाथ मन्दिर (राजापुर बजार) मा र नैनादेवी मन्दिर, धनगढीमा मुख्य मानिन्छ। यस्तो ऐतिहासिक तथा महत्त्वपूर्ण ब्यक्तित्वको इतिहास अनि निर्माण भएका महत्त्वपूर्ण स्थानलाई संरक्षण, सम्वर्द्धन र ब्यवसायीकरण गर्न धनगढी उ.म.न.पा., टिकापुर न.पा.र राजापुर न.पा.ले सुचिकृतको लागि पहल गर्न अत्यन्तै जरुरी छ। साथै सुप. प्रदेश सरकार,लुम्बिनी प्रदेश सरकार र कर्णाली प्रदेश सरकारको पनि नजर र दायित्व हुनै पर्दछ। केन्द्र सरकारले राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिंचाइ आयोजनामा रानी कुलालाई समावेश गरे ता पनि योसंग जोडिएका अरु ऐतिहासिक दस्तावेजिकरण गरेको पाइन्न।नेपाली इतिहासमा यस रानीमहललाई कलुवापुर दरबार भनेर उल्लेख गरेको बाहेक अरु बेलिबिस्तार कहीँकतै नलेखिएको इतिहासकारहरुले बताउँछन्।  आफ्नो दूरदर्शी तत्वज्ञान र अथक भागरथ प्रयासले कैलाश-मानसरोवरको पवित्र गंगाजल (कर्णाली)लाई बस्ती बस्तीसम्म सिंचित गराउने धार्मिक पुन्यात्मा "जलकी देवी महारानी पद्मावती" लाई मेरो हृदयदेखि शत् शत् नमन्। सबै तस्विर सौजन्य लेखकबाट लेखक सु.प. सभा कैलाली १(२) सदस्य हुनुहुन्छ  

महेश चौधरीक् भासिक योगदान उपर छलफल

महेश चौधरीक् भासिक योगदान उपर छलफल

३२६ दिन अगाडि

|

३२ जेठ २०८२

काठमाडौं, कीर्तिपुरस्थित ठुम्रार साहित्यिक बखेरीके १०५औं भागमे जेठ ३१ गते साहित्यकार महेश चौधरीके भासिक योगदानके उपर विस्तृत छलफल कैगैल बा । थारु भासके पहिला पत्रिका गोचाली (२०२८) के संस्थापक प्रधानसम्पादक महेश चौधरीके थारु, नेपाली ओ अंग्रेजीमे दर्जनसे ढेर पोस्टा प्रकाशित बटिन् । २०६२/२०६३ पाछे हुइल पहिचानके आन्दोलनमे थारु मधेसी नै हुइट कना मेरमेरिक लेखके संगसंगे ‘नेपालको तराई तथा यसका भूमिपुत्रहरु (२०६४)’ पोस्टा लिख्के प्रतिवाद कर्ले रहिट । दाङ, बैबाङका स्थायी वासिन्दा उहाँ २०८२ जेठ २४ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचारके क्रममे बिटल रहिट । थारु भाषासेवी महेश चौधरीक् टिसर स्मृति दिवसके अवसरमे उहाँक्  बारेम ठुम्रार साहित्यिक बखेरीक संयोजक डा कृष्णराज सर्वहारी बिस्तृत चर्चा कर्ले रहिट । थारु लोकसाहित्य माँगर, बर्किमार, गुर्वावक् जल्मौटि, झुमरा नाचके गिट लगायत पोस्टा पहिल फेरा छाप्के महेश बरा गुन लगैलक उहाँ बटैलाँ । थारु व्याकरनसे लेके छारा नाटकके लेखन किल नैहेक नाटक मञ्चनमे समेत उहाँक् योगदान रहल सर्वहारी जनैलाँ ।  कार्यक्रममे डा. रामबहादुर चौधरी महेश चौधरीक् सँग व्यक्तिगत अनुभव साझा कैटि कहलाँ ‘उहाँक् लो ल्याण्ड अफ नेपाल पोस्टाके अंग्रेजी भासामे उल्ठाके लग सहकार्य करेबेर बिहानि ६ बजे मोर डेरामे पुगेबेर उहाँको कामप्रतिके खन्गर झुकाव डेख्के मै छक्क परल बटुँ । विडम्वना मोर सच्याइल सामग्री नै छप्के पुराने सामग्री छपलमे बहुट दुख लागल । उहाँक् सब पोस्टा फेनसे छप्ना चाहि ।’ ओस्टक, शत्रुघन चौधरी महेश चौधरीक् अनुसन्धानके कामके प्रसंसा कैटि कहलाँ, ‘महेशके सबहस अनुसन्धानमे थारु समुदायहे जोरके बहुट गहन अध्ययन बा । उहाँक् सिख्खा अन्य अनुसन्धानकर्तालोग फेन कैना चाहि ।’ कार्यक्रममे नन्दुराज चौधरी, गणेश वर्तमान, दिलबहादुर चौधरी, सिताराम चौधरी, विवश चौधरी, कलम बडुवाल लगायत स्रस्टालोग रचना वाचन कर्ले रहिट ।

थारु आयोगको कार्यबाहक अध्यक्षको जिम्मेवारीमा सुवोधसिंह थारु

थारु आयोगको कार्यबाहक अध्यक्षको जिम्मेवारीमा सुवोधसिंह थारु

४१२ दिन अगाडि

|

७ चैत २०८१

थारु आयोगको कार्यबाहक अध्यक्षमा माननीय सुवोधसिंह थारुले जिम्मेवारी पाएका छन् । आयोगका अध्यक्ष माननीय विष्णुप्रसाद थारुको कार्यकाल यही चैत ६ गते सकिएपछि सुवोधसिंह थारुलाई कार्यबाहकको जिम्मेवारी दिइएको आयोगले जनाएको छ । स्मरण रहोस्, विष्णु २०७५ चैत ७ गते आयोगको अध्यक्षमा नियुक्त भएका थिए । ६ वर्षको कार्यकाल सकिएपछि आयोगको वरिष्ठ सदस्यका हैसियतले सुवोधलाई कार्यबाहकको  जिम्मेवारी दिइएको हो । कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएसंगै सुवोधसिंह थारुले चैत ७ गते पदभार ग्रहण गरेका छन् ।  बाँके, नेपालगन्जका उनी २०७७ साल माघ २१ गते आयोगको सदस्यमा नियुक्त भएका थिए ।    

कर्णालीका मुख्यमन्त्री कँडेलबाट लोकवार्ता परिषदको १३औं संगोष्ठी समुद्घाटन

कर्णालीका मुख्यमन्त्री कँडेलबाट लोकवार्ता परिषदको १३औं संगोष्ठी समुद्घाटन

५६४ दिन अगाडि

|

३ कात्तिक २०८१

कर्णालीकेन्द्रीत लोकवार्ता परिषद् नेपालको १३औं संगोष्ठीको समुद्घाटन कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलबाट कार्तिक ३ गते सुर्खेतको वीरेन्द्रनगरमा भएको छ । मध्यपश्चिम विश्वविद्यालयको ग्रेजुयट स्कूल अफ साइन्स एण्ड टेक्नोलोजीको सभाकक्षमा भएको समुद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले यथाशिघ्र कर्णाली प्रज्ञा प्रतिष्ठान गठन गर्ने प्रक्रिया अघि बढाइने जनाए । उनले लोकवार्ता परिषदको संगोष्ठीबाट प्राप्त महत्वपूर्ण निचोडले कर्णाली क्षेत्रको लोकसंस्कृति जोगाउन कोशेढुंगा सावित हुनेमा आफू आशावादी रहेको बताए । सुर्खेतबाट सुरु भएको लोकवार्ता परिषद् नेपालको १३औं संगोष्ठी दैलेख, कालिकोट, जुम्ला र मुगुको विभिन्न स्थानमा कार्तिक १२ गतेसम्म चल्ने आयोजक पक्षले जानकारी दिएको छ ।  कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा मधुसुदन गिरीले कर्णाली क्षेत्रमा अझै पनि भाषिक, सांस्कृतिक, सामाजिक, मानवशास्त्रीय अध्ययन हुन नसकेको धारणा राखे । अभौतिक विकास पनि विकास हो भन्ने शासकहरुले बुझ्न नसकेको उनको आरोप थियो ।  वीरेन्द्रनगर नगरपालिकाकी मेयर मनमाया ढकालले लोकवार्ता संगोष्ठीले कर्णाली प्रदेशलाई चिनाउन धेरै मद्दत गर्ने विश्वास लिएको बताइन् । सुर्खेतको कार्यक्रम संयोजक डा दीपक गौतमले आफूले करिब २१५ वटा कार्यक्रम गरेकोमा लोकवार्ता परिषद्को १३औं संगोष्ठी खास रहेको बताए ।  कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, लोकवार्ता परिषद् नेपालका निवर्तमान अध्यक्ष डा प्रेम खत्री लगायतले शुभकामना मन्तव्य दिएका थिए ।   कार्यक्रममा लोकगायक गंगाबहादुर केसी, वाद्यवादक प्रेमदेव गिरी, नृत्यनिर्देशक कुलमान नेपालीलाई आयोजकको तर्फबाट सम्मान पनि गरिएको थियो । साथै, लोकगायक केसी तथा डेउडा गायक यज्ञराज उपाध्यायले गीत गाएर मनोरञ्जन दिलाएका थिए । त्यस्तै, कार्यक्रममा डा दीपक गौतम लगायतको आधा दर्जन पुस्तक विमोचन भएको थियो । लोकवार्ता परिषद् नेपालका उपाध्यक्ष तथा १३औं संगोष्ठीका संयोजक मनोहर लामिछानेको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण परिषदका महासचिव डा ध्रुव भट्टराईले गरेका थिए ।  उद्घाटन सत्रपछि लोकवार्ता परिषद् नेपालका अध्यक्ष भवेश्वर पंगेनीको सभापतित्वमा कार्यपत्र सत्रको प्रस्तुति रहेको थियो । यस क्रममा डा प्रेम खत्रीले लोकवार्ता परिषद्को १२औं श्रृंखलासम्मको अनुभव, प्राडा माधवप्रसाद पोख्रेलले पौराणिक इतिहास, उपेन्द्र विकले जात प्रणालीले संस्कृतिमा परेको असर, यज्ञराज उपाध्यायले काली, कर्णालीको न्याउले गीतमा नवरस शीर्षकबारे कार्यपत्र प्रस्तुत गरे । त्यस्तै, रेशम विष्ट लोकरामायणबारे, मीना चौधरी तथा थानेश्वर लामिछानेले सुर्खेतमा थारु समुदायको पढाइको अवस्थाबारे, मानबहादुर चौधरी पन्नाले सुर्खेतका थारु गाउँको स्थाननामबारे, दलबहादुर शाहीले राज मलै बम्मको खाँडो प्रकाश परम्पराबारे यी लगायत अरु पनि कार्यपत्र प्रस्तुत गरेका थिए । गोष्ठी सत्रको सहजीकरण थानेश्वर लामिछानेले गरेका थिए । उद्घाटन सत्र लम्बिदा कार्यपत्र प्रस्तोताहरुलाई समयाभाव भएको एक प्रस्तोताले बताए ।  असोज ४ गते दैलेखको दुल्लुमा कार्यक्रम रहेको छ (हेर्नुहोस् अन्य दिनको कार्यक्रमको सूची) ।   

थारू संघको  दाङ, राजपुर गाउँपालिकास्तरीय भेला गठन

थारू संघको दाङ, राजपुर गाउँपालिकास्तरीय भेला गठन

५६७ दिन अगाडि

|

३० असोज २०८१

                                                                                                                                                          तस्विरः हल्लु प्रसाद चौधरी  नेपाली काँग्रेसको भातृ संगठन नेपाल थारू संघको पालिकास्तरिय भेला गठन गर्ने प्रक्रियास्वरुप प्रथम भेला दाङदेउखुरी राजपुर गाँउपालिकास्तरीय भेला एवम् दशैं मिलन कार्यक्रम असोज २९ गते मंगलवार दुलहियामा सम्पन्न भएको छ ।  नेपाली काँग्रेस केन्द्रीय सदस्य, थारू विभागका प्रमुख तथा पूर्व सांसद योगेन्द्र चौधरी ज्यूको प्रमुख आतिथ्त्यतामा भेला भएको हो । उक्त भेलाले दिलीप चौधरीको अध्यक्षतामा राजपुर राजपुर गाँउपालिकास्तरीय थारू संघ गठन गरेको छ, जसमा  ४ जना महिलासहित ११ सदस्यीय कमिटी रहेको छ । कार्याक्रममा नेपाली काँग्रेस नेता  जानकीलाल बस्नेत, क्षेत्रीयय सभापति भेषराज पाण्डे,नेता मधु न्यौपाने, क्षेत्रिय सल्लाहकार राम प्रताप यादव, नेपाल थारू संघ केन्द्रिय सदस्य महाअधिवेशन प्रतिनिधि हिरालाल चौधरी , नेपाली काँग्रेस थारू विभाग केन्द्रिय सदस्य हल्लु प्रसाद चौधरी ,नेपाल थारू संघ केन्द्रिय सदस्य रघुनन्दन चौधरी, थारू संघ दाङ जिल्ला अध्यक्ष शेषदत्त चौधरी, जिल्ला सदस्य पुर्ण बहादुर चौधरी, नेपाली काँग्रेस राजपुर गाँउपालिका सभापति नरेन्द्र सिंह भण्डारी, राजपुर गाँउपालिकाको अध्यक्ष  शरद बुढाथोकी, काली राम चौधरी, लगायतका बक्ताहरूले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । थारू संघ देउखुरीका क्षेत्रिय अध्यक्ष  गोकुल चौधरीको अध्यक्षतामा, लमही नगर सदस्य किरण चौधरीको स्वागत मन्तब्यवाट सुरू भएको कार्यक्रमको सहजीकरण बालगोविन्द चौधरीले गरेका थिए।  

थाकस देउखुरीबाट ढकेहेरसम्बन्धी बृत्तचित्र निर्माण शुभारम्भ

थाकस देउखुरीबाट ढकेहेरसम्बन्धी बृत्तचित्र निर्माण शुभारम्भ

५८३ दिन अगाडि

|

१५ असोज २०८१

थारु कल्याणकारिणी सभा क्षेत्र नं १ देउखुरीले थारु समुदायमा लोपोन्मुख अवस्थामा रहेको ढकेहेर संस्कृति संरक्षण गर्न दस्तावेजीकरणको अभियान थालेको छ ।  गढवा–७, मानपुरको मरुवास्थलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी गढवा गाउँपालिका उपाध्यक्ष शारदा चौधरीले बृत्तचित्र निर्माणको असोज १३ गते आइतवार शुभारम्भ गरिन् । सो अवसरमा उनले थारु समुदायका गुरुवा, ढकेहेरलगायतका मन्त्रको दस्तावेजीकरण गर्ने काम स्थानीय निकायको भएकाले थोरै भए पनि गढवा पालिकाले निर्माता थाकसलाई सहयोग गरेको बताइन् ।  अवको एक सातासम्म मानपुर गाउँको मरुवा परिसरमा भिडियो खिचिने तथा ५० देखि ६० घण्टाको फुटेज दस्तावेजीकरण गर्ने योजना रहेको ढकेहेरसम्बन्धी बृत्तचित्रका निर्देशक उदय आलेले बताए । उनले बृत्तचित्र थारु, नेपाली र अंगे्रजी भाषामा बनाइने तथा मन्त्रको छुट्टै ग्रन्थसमेत प्रकाशन गरिने सोच रहेको बताए ।  त्यस्तै, थाकस क्षेत्र नं १ का वरिष्ठ सल्लाहकार राजेन्द्रप्रसाद चौधरीले कुनैबेला ढकेहेर आशाराम चौधरीका मन्त्र रेकर्ड गर्न खोज्दा अनुमति नपाएको स्मरण गरे । उनले भने, ‘आज ढकेहेर आशारामले भिडियोमा आफ्ना मन्त्र दस्तावेजीकरणमा सहयोग पुर्याइ रहेकोमा खुशी लागेको छ ।’ नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा कृष्णराज सर्वहारीले ढेकेहेर गुरुवाहरुको ज्ञान दस्तावेजीकरण गर्न अत्यावश्यक रहेको औंल्याउदै महत्वपूर्ण कार्यको थालनी गरेकोमा थाकसको सराहना गरे । उनले बृत्तचित्रको गुणस्तरमा ध्यान दिन आग्रह गर्दै कम्तीमा किम्फ महोत्सवमा छनोट हुन सक्ने स्तरको बनाउन सुझाए ।  हरेरीलगायत विभिन्न पूजाआजामा ढकेहेर, अन्य गुरुवाहरुको मन्त्र वाचनले प्रथाले समुदाय तथा गाउँमा आरोग्यताको कामना गर्ने, बालीनाली र पशु चौपायामा लाग्ने रोगहरुको प्रतिरक्षा गर्ने, उत्पादनमा बृद्धि हुने र गाउँको रोगव्याधि र महामारीलाई नियन्त्रण गर्ने परम्परागत मान्यता रहेकाले यसलाई जोगाउन अपरिहार्य रहेको अन्य वक्ताहरुको भनाइ थियो ।  थाकस, क्षेत्र नं १ का सभापति प्रकाश चौधरीले यो एक किसिमको सप्ताह जस्तो भएकाले छायांकन हुने हरेक दिन ढकेहेरको मन्त्र वाचन श्रवण गर्न आउने श्रोताहरुलाई चामल, फलफूल, भेटी लिएर आउन आग्रह गरे ।  कार्यक्रममा थाकसका कानुनी सल्लाहकार हल्लुप्रसाद चौधरी, सल्लाहकार चेतराम चौधरी, ढकहेरका मुख्य गुरुवा आशाराम चौधरी लगायतले पनि आआफ्नो मन्तव्य दिएका थिए । थाकस क्षेत्र १ का वरिष्ठ उपाध्यक्ष गोकुलप्रसाद चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण कर्कट चौधरीले गरेका थिए । थारु कल्याणकारिणी सभा क्षेत्र नं १ देउखुरीको आयोजना, थाकस गढवाको सहआयोजना र गढवा गाउँपालिकाको सहयोगमा देउखुरीको गढवामा लोपोन्मुख ढकेहेर संस्कृति संरक्षणसम्बन्धी बृत्तचित्र निर्माण हुन लागेको हो ।