सुदूरपश्चिममा नाउपाका सबै मन्त्रीले पाए जिम्मेवारी 

सुदूरपश्चिममा नाउपाका सबै मन्त्रीले पाए जिम्मेवारी 

७६८ दिन अगाडि

|

१६ चैत २०८०

मुक्तकमैया हलिया कमलरी पुनर्स्थापना कार्यविधि पारित

मुक्तकमैया हलिया कमलरी पुनर्स्थापना कार्यविधि पारित

७६८ दिन अगाडि

|

१६ चैत २०८०

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको मुक्त कमैया, हलिया तथा कमलरी पुनर्स्थापना कार्यविधि २०८० पारित गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो कार्यविधि स्वीकृत गर्नेलगायतका निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहले बताए । प्रदेश सरकारको यो निर्णयसँगै दशकौँदेखि पुनर्स्थापना पर्खाइमा रहेका यहाँका मुक्तकमैया, हलिया र कमलरीको पुनर्स्थापनाको ढोका खुलेको हो । मुक्त कमैया, हलिया तथा कमलरीहरुको आव २०७५, २०७६ देखि रोकिएको पुनर्स्थापना तथा भरण षोषणको कार्य अब अगाडि बढ्ने आशा गरिएको छ । कार्यविधि आएपछि सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्लास्थित ३३ सय बढी मुक्त कमैया, कमलरी र प्रदेशका विभिन्न जिल्लास्थित हजारौँ मुक्त हलिया पुनर्स्थापना हुने बाटो खुलेको हो ।

सूप प्रदेशमा नयाँ गठबन्धनलाई समर्थन गर्ने नाउपाको निर्णय

सूप प्रदेशमा नयाँ गठबन्धनलाई समर्थन गर्ने नाउपाको निर्णय

७७० दिन अगाडि

|

१४ चैत २०८०

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेशमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षमा बुधबार टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्य र सांसदहरुको बैठकले नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो ।  नाउपाका संस्थापक केन्द्रीय सदस्य तथा टीकापुर नगरपालिका मेयर रामलाल डंगौराका अनुसार यो निर्णयसँगै नयाँ गठबन्धनसँग वार्ता गर्ने र सोहीअनुसार सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको छ । नाउपाको तर्फबाट प्रदेशमा ५ जना मन्त्री रहेकोमा यो निर्णयसँगै तिनको पद धरापमा पर्ने देखिएको छ । नयाँ गठबन्धनमा नाउपाले मुख्यमन्त्रीको दावी गरेको छ । बैठकमा सुदूरपश्चिमका ७ जना सांसदहरु मध्ये पूर्वराज्यमन्त्री कैलाश चौधरी,  विना विभागीय मन्त्री लक्ष्मणकिशोर चौधरीको मात्रै सहभागिता रहेको थियो । यसैगरी संस्थापक रेशम चौधरी पनि बैठकमा सहभागी थिएनन् । 

तीन दिन मिथिलामा ‘होरी’

तीन दिन मिथिलामा ‘होरी’

७७३ दिन अगाडि

|

११ चैत २०८०

महोत्तरी । मधेसमा दिनदिनै होली पर्वको रौनक छ । आज सुरु भएको होली मङ्लबारसम्म खेल्ने तयारी मधेसमा छ । प्रदेशका आठवटै जिल्लाका उत्तरवत्र्ती क्षेत्रमा सघन बसोबास भएका पर्वते (पहाडी) मूलका हिन्दू आज फागुपर्व मनाउँदै छन् । पूर्णिमा तिथिकै दिन फागु मनाइने परम्पराअनुसार पहाडी मूलका हिन्दूले आज फागु मनाइरहेका हुन् । यता साधु परम्परा (मठ, गुरुकूल परम्परा)मा पूर्णिमा सकिएर लाग्ने प्रतिपदा तिथिमा फागु खेल्ने परम्परा छ । यसअनुसार मधेसका अधिकांश ठाउँमा भोलि होली पर्व मनाइने तयारी छ । मिथिलाको माध्यमिकी परिक्रमा क्षेत्रभित्र अन्तगृह परिक्रमा सम्पन्न गरिएपछि त्यसको भोलिपल्ट पर्व मनाउने परम्परा छ । यसअनुसार सोमबार अन्तगृह परिक्रमा गरिएपछि मङ्गलबार होली खेलिनेछ । पन्ध्र दिने मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन जनकपुरधामको रङ्गभूमिमा अन्तिम बास बसेर १६औँ दिन बिहान अन्तगृह परिक्रमा गरिन्छ । अन्तगृह परिक्रमाकै क्रममा होलिका दहनको धुरा उडाएपछि (राक्षसी प्रवृत्तिकी प्रतीक मानिने होलिका राक्षसीको आकृति डढाएको खरानी उडाउने विधि) भोलिपल्ट होली मनाइने परम्पराअनुसार मङ्गलबार पर्व मनाउनपर्ने स्थापित मैथिल परम्परा भएको यसक्षेत्रको पाका मैथिल बताउँछन् । फागुपर्व तिथि टेकेर मनाइनुपर्ने हुँदा चैत कृष्ण प्रतिपदाका दिन मनाइनुपर्ने साधु परम्पराका अनुयायीको मत छ । यस मतका अनुयायी भोलि सोमबार पर्व मनाउने तयारीमा छन् । यसैगरी परिक्रमा यात्राको अन्तगृहलाई आधार मानिँदा पर्सी मङ्गलबार पर्व मनाइनेको सङ्ख्या उल्लेख्य देखिन्छ । खासमा १५ दिने मिथिला माध्यमिकी यात्राको एक सय ३३ किमी वृत्तभित्र पर्सी मङ्गलबार पर्व मनाइने मैथिल संस्कृति र परम्पराका जानकार सञ्चारकर्मी श्यामसुन्दर शशिले बताए । “मध्यमा परिक्रमा जनकपुरको रङ्गभूमि मैदानमा जम्मा भएकै दिन राति होलिका दहन गर्ने, भोलिपल्ट अन्तगृह परिक्रमासँगै धुरा उडाउने र त्यसको भोलिपल्ट पर्व मनाउने परम्परा छ”, शशिले भने, “यसमा सामान्यतया तिथिको कुरा त जोडिन्छ, तर कहिलेकाहीँ तिथिको भोग घटबढको असरले तलमाथि पर्छ ।”  मिथिलामा सामान्यतया चैतकृष्ण प्रतिपदाका दिन होली पर्व पर्ने भए पनि होलिका दहन र अन्तगृह परिक्रमा एक दिनको फरकमा हुने परम्पराले यसपालीको पर्व मङ्गलबार पुगेको शशिले बताए । यहाँ पर्वते र मूल मधेसी समुदायको अन्तर्घुलनले सबै परम्पराअनुसार एकअर्काको होली परम्परामा सरिक हुँदै आएका छन् । “प्रेम, सद्भाव र आपसी एकताको सन्देश दिने पर्वको अभिष्ठ हो, हामी तीनै दिन एकआपसमा मिलेर होली खेल्छौँ”, भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साहले भने । आआफ्ना सुविधा र मान्यताअनुसार तीन दिन ‘होरी’ मनाइँदै गरिए पनि यसपाली होली शान्त नै देखिएको छ । बस्तीका घरघर र सडक गल्लीसम्म एकअर्कोलाई लोला हान्ने, भीड जम्मा हुने र रङ प्रयोगमा कमी देखिएपछि होली शान्त देखिएको हो । मधेस प्रदेशभित्रका आठै जिल्लामा जिल्ला प्रशासनले भिडभाड नगर्न, भिडभाडमा नजान, रङ र लोला नहान्न सार्वजनिक सूचना नै जारी गरेर अपिल गरेको छ । रासस

केन्द्रिय समितिको निर्णय नमान्ने रन्जिताले अर्कै पार्टी खोले हुन्छः रेशमका स्वकीय सचिव 

केन्द्रिय समितिको निर्णय नमान्ने रन्जिताले अर्कै पार्टी खोले हुन्छः रेशमका स्वकीय सचिव 

७८४ दिन अगाडि

|

३० फागुन २०८०

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीका स्वकीय सचिव आलोक चौधरीले रन्जिता श्रेष्ठ चौधरीले केन्द्रीय समितिको निर्णय नमाने अध्यक्षबाट पदमुक्त गराइने बताएका छन् । बुधवार प्रचण्ड सरकारलाई विश्वासको मत रहेको रन्जिताको उद्घोषपछि आलोकले अध्यक्षबाट पदमुक्त गराइने अभिव्यक्ति दिएका हुन् । आलोकले फेसबुकमा भनेका छन्, केन्द्रिय समितिको निर्णय नमान्ने रन्जिताले अर्कै पार्टी खोले हुन्छ । यो माइतबाट ल्याएको कुनै दाइजो होइन । यसले पार्टी दुई चिरा हुने देखिएको छ । अर्को समाचार अनुसार नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठ चौधरीले साना राजनीतिक दलहरू सत्ताको सहारा मात्र नभएर नेपाली जनताको ठुलो भरोसा भएको बताएकी छन् ।  बुधवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले उक्त अभिव्यक्ति दिएकी हुन् ।  ‘साना राजनीतिक दलहरू सत्ताको सहारा मात्र नभएर नेपाली जनताको ठुलो भरोसा हुन्’, उनले प्रचण्ड सरकारलाई विश्वासको मत रहेको बताउँदै भनिन्, ‘हामी साना दल भनेर सबैलाई थाहा छ । चार सिटको पार्टीले पनि विश्वासको मत दिइरहेको छ । यो कुरा प्रधानमन्त्रीले महसुस गर्नुहुनेछ ।’ उनले ठुला दल अस्थिर सत्ता केन्द्रित गतिविधिमा केन्द्रित हुँदा साना दल कमजोर नभएर सचेत र सबल हुँदै गएको पनि बताइन् ।

आज ग्याल्पो ल्होछार पर्व मनाइँदै

आज ग्याल्पो ल्होछार पर्व मनाइँदै

७८६ दिन अगाडि

|

२८ फागुन २०८०

आज ग्याल्पो ल्होछार पर्व मनाइँदै छ । शेर्पा र उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले नयाँ वर्षको रुपमा विभिन्न कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होछार मनाउँदैछन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होछार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । यसअनुसार बाँदर वर्ष पूरा भई चरा वर्ष लाग्ने शेर्पा संस्कृतिविद् बताउँछन् । ल्होछार पर्वका अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से सबैजना मिलीजुली खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ । शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ, बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप सञ्चालन हुन्छ । आजैदेखि १५ दिनसम्म बुद्धले ऋद्धि शक्तिमाथि विजयी प्राप्त गरेको सम्झनामा विशेष कार्यक्रम गरी मनाइन्छ । ग्याल्पो ल्होछारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।