थारु युवा सभाको अध्यक्षमा पवनकुमार चौधरी चयन
९०७ दिन अगाडि
|
२८ फागुन २०८०
थारु कल्याणकारिणी सभाको भातृसंगठन थारु युवा सभा केन्द्रिय कार्य समितिको चौथो महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै काठमाडौमा शनिवार सम्पन्न भएको छ । १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएकोमा पवनकुमार चौधरी (बाँके) अध्यक्षमा चुनिएका छन् ।
त्यस्तै, समितिको अन्य कार्यसमितिमा वरिष्ठ उपाध्यक्षत्रयमा जीवन कुमार धामी (सुनसरी), अन्जित कुमार चौधरी (मोरङ), राम स्वागत चौधरी (सप्तरी) चयन भएका छन् । उपाध्यक्ष राजकुमार चौधरी (रुपन्देही), महासचिव संगम चौधरी (सिराहा) तथा सचिवद्वयमा अशोककुमार चौधरी (पर्सा) तथा सुरेशकुमार चौधरी (सप्तरी) रहेका छन् ।
यसैगरी, केन्द्रिय सदस्यमा रामनारायण चौधरी (बारा), रमेश कुमार माझी (मोरङ), प्रमोदकुमार सिंह चौधरी (महोत्तरी), मनसा थारु (बाँके), सुषमा थारु (बर्दिया), समीरकान्त चौधरी (सुर्खेत), मुकेश गौरो (पर्सा), कृष्ण प्रसाद चौधरी (पर्सा) रहेका छन् । यसैगरी, केन्द्रिय पार्षद सदस्यमा कानुनलाल चौधरी र पुष्पा गोजेवार रहेका छन् । हाल स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक रहेका कानुनलाल चौधरी थारु युवा सभाका संस्थापक अध्यक्ष हुन् ।
यस अघि थारु युवा सभाको चौथो महाधिवेशनको उद्घाटन बाँकेको कोहलपुरमा यही असोज २७ मा उद्घाटन गरिए पनि बन्द सत्र स्थगित भएको थियो । फागुन २६ मा भएको बन्द सत्रले नयाँ कार्यसमितिलाई पूर्णता दिएको हो ।