कर्णालीकेन्द्रीत लोकवार्ता परिषद् नेपालको १३औं संगोष्ठीको समुद्घाटन कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलबाट कार्तिक ३ गते सुर्खेतको वीरेन्द्रनगरमा भएको छ ।
मध्यपश्चिम विश्वविद्यालयको ग्रेजुयट स्कूल अफ साइन्स एण्ड टेक्नोलोजीको सभाकक्षमा भएको समुद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले यथाशिघ्र कर्णाली प्रज्ञा प्रतिष्ठान गठन गर्ने प्रक्रिया अघि बढाइने जनाए । उनले लोकवार्ता परिषदको संगोष्ठीबाट प्राप्त महत्वपूर्ण निचोडले कर्णाली क्षेत्रको लोकसंस्कृति जोगाउन कोशेढुंगा सावित हुनेमा आफू आशावादी रहेको बताए ।
सुर्खेतबाट सुरु भएको लोकवार्ता परिषद् नेपालको १३औं संगोष्ठी दैलेख, कालिकोट, जुम्ला र मुगुको विभिन्न स्थानमा कार्तिक १२ गतेसम्म चल्ने आयोजक पक्षले जानकारी दिएको छ ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा मधुसुदन गिरीले कर्णाली क्षेत्रमा अझै पनि भाषिक, सांस्कृतिक, सामाजिक, मानवशास्त्रीय अध्ययन हुन नसकेको धारणा राखे । अभौतिक विकास पनि विकास हो भन्ने शासकहरुले बुझ्न नसकेको उनको आरोप थियो ।
वीरेन्द्रनगर नगरपालिकाकी मेयर मनमाया ढकालले लोकवार्ता संगोष्ठीले कर्णाली प्रदेशलाई चिनाउन धेरै मद्दत गर्ने विश्वास लिएको बताइन् । सुर्खेतको कार्यक्रम संयोजक डा दीपक गौतमले आफूले करिब २१५ वटा कार्यक्रम गरेकोमा लोकवार्ता परिषद्को १३औं संगोष्ठी खास रहेको बताए ।
कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, लोकवार्ता परिषद् नेपालका निवर्तमान अध्यक्ष डा प्रेम खत्री लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा लोकगायक गंगाबहादुर केसी, वाद्यवादक प्रेमदेव गिरी, नृत्यनिर्देशक कुलमान नेपालीलाई आयोजकको तर्फबाट सम्मान पनि गरिएको थियो । साथै, लोकगायक केसी तथा डेउडा गायक यज्ञराज उपाध्यायले गीत गाएर मनोरञ्जन दिलाएका थिए । त्यस्तै, कार्यक्रममा डा दीपक गौतम लगायतको आधा दर्जन पुस्तक विमोचन भएको थियो ।

लोकवार्ता परिषद् नेपालका उपाध्यक्ष तथा १३औं संगोष्ठीका संयोजक मनोहर लामिछानेको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण परिषदका महासचिव डा ध्रुव भट्टराईले गरेका थिए ।
उद्घाटन सत्रपछि लोकवार्ता परिषद् नेपालका अध्यक्ष भवेश्वर पंगेनीको सभापतित्वमा कार्यपत्र सत्रको प्रस्तुति रहेको थियो । यस क्रममा डा प्रेम खत्रीले लोकवार्ता परिषद्को १२औं श्रृंखलासम्मको अनुभव, प्राडा माधवप्रसाद पोख्रेलले पौराणिक इतिहास, उपेन्द्र विकले जात प्रणालीले संस्कृतिमा परेको असर, यज्ञराज उपाध्यायले काली, कर्णालीको न्याउले गीतमा नवरस शीर्षकबारे कार्यपत्र प्रस्तुत गरे ।

त्यस्तै, रेशम विष्ट लोकरामायणबारे, मीना चौधरी तथा थानेश्वर लामिछानेले सुर्खेतमा थारु समुदायको पढाइको अवस्थाबारे, मानबहादुर चौधरी पन्नाले सुर्खेतका थारु गाउँको स्थाननामबारे, दलबहादुर शाहीले राज मलै बम्मको खाँडो प्रकाश परम्पराबारे यी लगायत अरु पनि कार्यपत्र प्रस्तुत गरेका थिए । गोष्ठी सत्रको सहजीकरण थानेश्वर लामिछानेले गरेका थिए । उद्घाटन सत्र लम्बिदा कार्यपत्र प्रस्तोताहरुलाई समयाभाव भएको एक प्रस्तोताले बताए ।
असोज ४ गते दैलेखको दुल्लुमा कार्यक्रम रहेको छ (हेर्नुहोस् अन्य दिनको कार्यक्रमको सूची) ।

प्रकाशित:
६८५ दिन अगाडि
|
३ कात्तिक २०८१
४ दिन अगाडि
|
१५ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
७ भदौ २०८३
२१ दिन अगाडि
|
२९ साउन २०८३
३२ दिन अगाडि
|
१८ साउन २०८३
३४ दिन अगाडि
|
१६ साउन २०८३
१४२४ दिन अगाडि
|
२५ असोज २०७९
१४५९ दिन अगाडि
|
२१ भदौ २०७९
१४६८ दिन अगाडि
|
१२ भदौ २०७९
१४२३ दिन अगाडि
|
२६ असोज २०७९
१३७३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२९ दिन अगाडि
|
२० असोज २०७९
१३६१ दिन अगाडि
|
२७ मंसिर २०७९