अबको एक दशकभित्र थारू समुदायबाटै प्रधानमन्त्रीः सहरी मन्त्री चौधरी

अबको एक दशकभित्र थारू समुदायबाटै प्रधानमन्त्रीः सहरी मन्त्री चौधरी

१४५९ दिन अगाडि

|

२० भदौ २०७९

 गच्छदार  सर्वसम्मत उम्मेदवार सिफारिसः आफूले नै जित्ने दावी

 गच्छदार  सर्वसम्मत उम्मेदवार सिफारिसः आफूले नै जित्ने दावी

१४६० दिन अगाडि

|

१९ भदौ २०७९

सुमन पुरी विराटनगर आगामी मंसिर ४ गते हुने प्रतिनीधि सभा निर्वाचनका लागि भ्रष्टाचार आरोपमा सांसद पदबाट निलम्बित विजयकुमार गच्छदारलाई नेपाली कांग्रेसले सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको उम्मेदवारमा सिफारिस गरेको छ। सुनसरी क्षेत्र नम्बर ३ को शनिबार बसेको बैठकले गच्छदारलाई फेरि उम्देवारका रुपमा एकल नाम सिफारिस गरेको हो।  बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किनबेच प्रकरणमा मुछिएका गच्छदारको सांसद पद अहिले निलम्बवनमा छ। अदालतले अन्तिम फैसला गरि नसकेको अवस्थामा गच्छदार उमेदवार बन्ने नबन्ने अन्यौल थियो। तर गच्छदारको प्रभावका कारण अन्य आकांक्षीको नाम काटेर उनको मात्रै सिफारिस गरिएको बैठकमा सहभागी एक नेताले बताए। नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति मेहदी हुसैनले सहमतिमै गच्छदारको एकल नाम सिफारिस भएको बताए। अदालतमा मुद्दा विचाराधीन रहे पनि आफूलाई चुनावमा उम्मेदवार बन्न नरोक्ने भन्दै गच्छदारले आफू नै चुनाव उठ्ने अडान लिएका थिए। गच्छदारले जनादेशले आफूमाथि लागेको आरोप चिर्ने भन्दै पार्टीबाट उम्मेदवार बन्न पाउनु पर्ने प्रस्ताव राखेका थिए।  भ्रष्टाचार मुद्दा  ०७४ को आमनिर्वाचनबाट सांसद निर्वाचित भएका उनीविरुद्ध ०७६ माघ २२ गते भ्रष्टाचार मुद्दा लाग्यो। ललिता निवासको जग्गा प्रकरणमा अनियमितता अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान विशेष अदालतमा मुद्दा चलाएपछि गच्छदारको सांसद पद निलम्बित अवस्थामा छ।ललिता निवासको सरकारी जग्गा विक्री प्रकरणमा अनियमतिता गरेको आरोपमा मुद्या दायर गरेपछि उनी फरार भएका थिए। सामूहिक हत्या अभियोगमा जेल रहेका आलम कांग्रेसबाट सर्वसम्मत सिफारिसतर शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि २०७८ साल असार २८ गते उनी विषेश अदालतमा हाजिर भएका थिए। त्यही दिन उनी १० लाख रुपैयाँ धरौटी बुझार रिहा भएका थिए।  ६ पटक जित १८ पटक मन्त्री सुनसरी क्षेत्र नम्बर ३ बाट गच्छदार यसअघि ६ पटक निर्वाचित भइसकेका छन्। यो अवधिमा उनी १८ पटक मन्त्री भएका छन्। सत्ता र शक्तिमा रहेका गच्छदारले शक्तिको दुरुपयोग गरेर निर्वाचन जितेको आरोप लाग्दै आएको छ। यस पटक आफ्नै क्षेत्रमा कमजोर देखिएका गच्छदारले आफूमाथि एमाले सरकारले विनाकरण मुद्दा लगाएको दावी गर्दै आएका छन्। शुक्रबार अचानक गृह जिल्ला हुँदै निर्वाचन क्षेत्र आएका गच्छदारले आफूले फेरि निर्वाचन जित्ने दावी गरेका छन्। पत्रकारसँग कुराकानी गर्दै उनले भने, ुमेरो जनाधार राम्रो छ। म नै चुनाव जित्छु र न्यापालिकाले मलाई न्याय दिन्छ।  कार्यकर्ता थामथुम पार्दै  सुनसरी क्षेत्र नम्बर ३ मा मात्रै होइन कुनै बेला विजय कुमार गच्छदार प्रदेश १ मै कग्रेसका प्रभावशाली नेता मानिन्थे। गिरिजाप्रसाद कोइरालाका दाहिने हातका रुपमा चिनिने गच्छदार ०६४ को संविधानसभाको निर्वाचनका बेला मधेसीजनअधिकार फोरमबाट विजयी भएका थिए। दोस्रो संविधानसभाको निर्वाचनमा उनी फोरम लोकतान्त्रिक बनाई त्यही पार्टीबाट निर्वाचित भए। अघिल्लो निर्वाचनमा उनी कांग्रेसमा फर्किँदै त्यही क्षेत्रबाट विजयी भए। भ्रष्टचार मुद्दा लागेसँगै उनी पार्टीमा कमजोर देखिएका छन्।कांग्रेसको १४ औ अधिवेनशमा धनराज गुरुङसँग २ मतले पराजित भए। उनी केन्द्रमा मात्रै पराजित भएनन् गाउँ नगर अधिवेशनमा सुनसरी ३ का अधिकांश पालिकामा उनीइतरका नेताहरु विजयी भए। उनका आफ्नै भाइ वेद गच्छदारलेसमेत गुट परिवर्तन गरेपछि अल्पमतमा परेका थिए। उनले उम्मेदवार बनाएका टेकचन्द्र विश्वास गाँउ नगर अधिवेनशमा पराजित भएसँगै एमाले प्रवेश गरिसकेका छन्। उनका सहयोगीका रुपमा रहेका थारु समुदायमा प्रभाव राख्ने मिलिराम चौधरीसमेत एमाले प्रवेश गरेका छन्। मिलिराम थारु काल्यणकारणी सभा तथा जनजाती महासंघ सुनसरीका पूर्व अध्यक्ष समेत हुन्। गाउँ नगर अधिवेशनपछि कांग्रेस छाडेर बसेका पूर्व राज्यमन्त्री सुमित्रा कुमारी थरुनी र उनका विश्वास पात्र प्रदीप चौधरीसमेत एमाले प्रवेशको तयारीमा थिए।  शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीबाट पार्टी प्रवेशको तयारीमा रहेका थरुनी र चौधरीलाई भने गच्छदार पार्टीमै राख्न सफल भएका छन्। शुक्रबार गृहनगर आएर गच्छदारले उनीहरुलाई कांग्रेस प्रवेश गराएका छन्। उनीहरु कांग्रेसबाट राजीनामा दिएर बसेका थिए। नेपालखबरबाट

नागरिक उन्मुक्तिले समानुपातिक उम्मेदवारी दिन चाहनेलाई तोक्यो सम्पर्क व्यक्ति

नागरिक उन्मुक्तिले समानुपातिक उम्मेदवारी दिन चाहनेलाई तोक्यो सम्पर्क व्यक्ति

१४६१ दिन अगाडि

|

१८ भदौ २०७९

काठमाडौं सबैजसो पार्टीले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको चुनावका लागि प्रत्यक्षमा उठ्ने उम्मेदवार सिफारिस गरिरहेको समाचार आइरहेको छ । तर नागरिक उन्मुक्तिले भने प्रत्यक्ष मनोनयनको सूचीलाई ठाँटी राख्दै समानुपातिक उम्मेदवारी दिन चाहनेलाई सम्पर्क राख्न सम्पर्क व्यक्ति तोकेको छ । कैलालीका लागि सम्पर्क व्यक्तिको रुपमा कार्यालय सचिव बुद्धि प्यासीलाई तोकेको छ । यसै क्रममा १८ जनालाई सम्पर्क व्यक्तिलाई जिम्मेवारी तोकिएको छ । कैलाली र बर्दियामा प्रत्यक्षमा को को छन् चर्चामा ?  रेशम चौधरीले जितेको कैलाली क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी प्रतिनिधि सभामा उम्मेदवारीको उद्घोष गरिसकेकी छिन् । १ नम्बर क्षेत्रबाट प्रदेश सभामा लक्ष्मणकिशोर थारु तथा तीर्थ बोहराको चर्चा छ ।  त्यस्तै, कैलालीको २ नम्बर क्षेत्रबाट प्रतिनिधि सभामा उम्मेदवारीको लागि अरुण चौधरी तथा ३ नम्बर क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभामा उम्मेदवारीको लागि गंगा डंगौराको नाम सुनिश्चित जस्तै छ । २ नम्बर क्षेत्रबाट प्रदेश सभामा रतन थापा र महेन्द्र उपाध्यायको तथा ३ नम्बर क्षेत्रबाट प्रदेश सभामा इन्दु थारुको चर्चा छ ।  ४ नम्बर क्षेत्रमा हालै नेपाल समाजवादी पार्टीबाट  नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका राजाराम चौधरी आंकाक्षी छन् । उनी नेसपमा समाजवादी थारु संघको केन्द्रीय महसचिव थिए । उता टीकापुर घटनामा दोषी ठहर भई हाल अद्र्धभूमिगत रहेका लक्ष्मण थारू कैलाली–५ बाट संघीय चुनाव लड्ने उद्घोष गरिसकेका छन् ।  रेशम चौधरी आफू बर्दिया–२ बाट संघीय चुनाव लड्ने मनस्थिति बनाएका छन् । यद्यपि नागरिक उन्मुक्ति पार्टीले अझैसम्म कुनै क्षेत्रको आधिकारिक मनोनयनको सूची सार्वजनिक गरेको छैन । बर्दिया क्षेत्र नं १ बाट डा प्रदीप ढकाल नागरिक उन्मुक्तिबाट प्रतिनिधि सभामा उम्मेदवारको आंकाक्षी छन् ।

अफताब आलम चुनाव लड्न पाउँछन् भने रेशम चौधरी, लक्ष्मण थारूहरूलाई केले रोक्छ ?

अफताब आलम चुनाव लड्न पाउँछन् भने रेशम चौधरी, लक्ष्मण थारूहरूलाई केले रोक्छ ?

१४६१ दिन अगाडि

|

१८ भदौ २०७९

काठमाडौं  ज्यान मुद्दामा जेलमा रहेका मोहम्मद अफताव आलमलाई नेपाली काँग्रेस रौतहटले भदौ १६ गते क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस गरेको छ । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावका लागि आलमको एकल नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको रौतहट काँग्रेसले जनाएको छ । अफताव आलम ब्यक्ति हत्या आरोपमा जेल परेका हुन् । जबकि रेशम चौधरी, लक्ष्मण थारुहरुको टीकापुर घटना राजनीतिक मुद्दा हो । त्यसैले, काँग्रेसले आलमको चुनावमा सिफारिश गरेसँगै रेशम चौधरी, लक्ष्मण थारुहरुको पनि चुनावमा सहभागी हुने स्थिति देखिएको छ । २०७६ असोज २६ गते पक्राउ परेका आलम कात्तिक २९ गतेदेखि पुर्पक्षका लागि नख्खु कारागारमा छन् ।  २०७४ मा रौतहट २ बाटै निर्वाचित भएका उनीमाथि २०६४ चैत २७ मा रौतहटको राजपुरमा भएको बम बिस्फोटका घटनामा संलग्न रहेको अभियोग छ । त्यसबेला त्रिलोकप्रताप सिंह र ओसी अख्तरको मृत्यु भएको तथा घाइतेहरूलाई इँटाभट्टामा जिउँदै जलाइएको परिवारका सदस्यहरूले आरोप लगाउँदै आलममाथि किटानी जाहेरी दिएका थिए । रेशम चौधरी, लक्ष्मण थारुको पनि बाटो खुला ? टीकापुर घटनामा दोषी ठहर भई हाल डिल्लीबजार कारागारमा रहेका सांसद रेशमलाल चौधरी पनि संघीय चुनाव लड्न आंकाक्षी छन् । उनी आफू बर्दिया–२ बाट संघीय चुनाव लड्ने मनसुवा बनाएका छन् । यद्यपि नागरिक उन्मुक्ति पार्टीले अझैसम्म कुनै क्षेत्रको आधिकारिक मनोनयनको सूची सार्वजनिक गरेको छैन ।  रेशम चौधरी उम्मेदवारी दिने भनेको बर्दिया–२ बाट काँग्रेसले प्रतिनिधि सभामा डा गोपाल दहितको नाम उम्मेदवारमा मनोनयन गरेको छैन । बर्दिया–२ को क बाट प्रदेशसभामा छप्पुराम चौधरी तथा ख मा मिनराज चौधरीको नाम मनोनयनमा परेको छ । तर डा दहितलाई पाखा लगाइएका कारण यी दुबैले टिकट पाउन ग्यारेण्टी देखिदैन ।  उता टीकापुर घटनामा दोषी ठहर भई हाल अद्र्धभूमिगत रहेका लक्ष्मण थारू कैलाली–५ बाट संघीय चुनाव लड्ने उद्घोष गरिसकेका छन् ।  टीकापुर घटनाको मुद्दालाई नजिकबाट नियालेका अधिवक्ता शंकर लिम्बू रेशम चौधरी, लक्ष्मण थारूलाई चुनाव लड्न कानुनले नरोक्ने जिकिर गर्छन् । आदिवासी वकिलहरुको समूह (लाहुर्निप)मा आवद्ध अधिवक्ता लिम्बूकै पहलमा टीकापुर घटनाको विस्तृत जानकारी संयुक्त राष्ट्र संघसम्म पुगेको थियो ।  अधिवक्ता लिम्बूका अनुसार टीकापुर घटनाको मुद्दा फाइनल नै भएको छैन । त्यसैले अहिले रेशमहरु इक्ज्याक्टली दोषी हुन् या हैनन् भन्ने प्रमाणित भएको स्थिति होइन । अर्को पाटो फौजदारी अपराध हुँदैमा उठ्न नपाउने भन्ने हुँदैन । नैतिक पतन देखिने फौजदारी अपराधको कुराहरु हुन्छ । त्यस कारणले पनि नैतिक पतन देखिने फौजदारी अपराधको क्याटागोरीभित्र पर्छ कि पर्दैन ? अदालतले त्यसलाई कसरी व्याख्या गर्छ ? त्यो भविष्यको कुरा भयो ।  लिम्बू अगाडि भन्छन्, जतिबेला त्यो घटना घट्यो, त्यो बेलामा रेशम चौधरी अनि लक्ष्मण थारूहरु त टीकापुर घटनास्थलमै थिएनन् । घटनास्थलमै नभएका मान्छेहरु, लिडर मान्छेहरु अनि त्यस पछाडि कागज बनाएकै भरमा, कसैले योजना गरे भनेर भनेकै भरमा प्रमाणहरु पुष्टि हुँदैन ।  ‘अहिले चुनावमा रेशम चौधरीहरु उठे भने त्यसले के गर्छ भने बिस्तारै मान्छेले पुराना घटना बिर्सिदै जान्छ । आफ्नो पीडाहरु पनि बिर्सेर समाजमा पुनस्र्थापित हुन्छ । एउटा राम्रो वातावरण सिर्जना हुन्छ,’ अधिवक्ता लिम्बू भन्छन्, ‘यो एउटा अवसर पनि हो सरकारको । फेरि अहिलेको चुनावमा उठ्न दिइएन भने फेरि अर्को डिभिजन पूरा हुन्छ । जहिले पनि यस्तो खालको परिस्थिति सधैँभरि बाहिर ल्याइराख्नु राष्ट्रको लागि पनि हितकर हुँदैन ।’ यो पनि पढ्नुहोस्ः ‘रेशम चौधरी, लक्ष्मण थारूहरू चुनाव लड्न पाउँछन्’  

नागरिक उन्मुक्तिमा पशुपति क्षेत्र विकास कोषको पूर्व सदस्य सचिव डा ढकाल प्रवेश

नागरिक उन्मुक्तिमा पशुपति क्षेत्र विकास कोषको पूर्व सदस्य सचिव डा ढकाल प्रवेश

१४६३ दिन अगाडि

|

१६ भदौ २०७९

काठमाडौं विहीबार रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा कैलालीका तीनजना बहालवाला तथा पूर्व सांसदहरुको प्रवेशले जिल्लामा तरंग ल्याएको छ । बिहीबार रिपोर्टस क्लबमा भएको पार्टी प्रवेश कार्यक्रममा सुदूरपश्चिम प्रदेश सांसद तथा एमाले कैलाली जिल्ला अध्यक्ष रतन थापा, एमालेकै पूर्व सांसद हिमाञ्चल भट्टराई तथा राप्रपका केन्द्रीय सदस्य तथा पूर्व सांसद कैंया चौधरी लगायतले पार्टी प्रवेश गरे । सोही पार्टी प्रवेश कार्यक्रममा उद्घोषकले धेरै बौद्धिक व्यक्तित्वहरुको प्रवेश भएको तथा सोको प्रतिनिधित्व गर्दै डा प्रदीप ढकाललाई मन्तव्य दिन बोलाए । मन्तव्यका क्रममा डा ढकालले आफ्नो पृष्ठभूमि खुलाएनन्, न त उद्घोषकले नै खुलाएका थिए । बरु ठूला दलहरुले देशलाई निकास नदिएकाले रेशमको पार्टीमा प्रवेश गरेको उनले बताए ।  रेशमको पार्टी प्रवेश गर्ने डा प्रदीप ढकाल पशुपति क्षेत्र विकास कोषको पूर्व सदस्य सचिव हुन् । कोषको सदस्य सचिवमा उनलाई २०७४ साउन ३२ मा नियुक्त गरिएको थियो । नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट तात्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री जितेन्द्र देवले उनलाई नियुक्त गरेका थिए । लोकतान्त्रिक फोरमलाई अध्यक्ष विजयकुमार गच्छदारले पछि काँग्रेसमा विलय गराएका थिए ।  पहिले लोकतान्त्रिक फोरममा आवद्ध धेरै कार्यकर्ता नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरिरहेका छन् । बर्दिया क्षेत्र नं १ बाट डा ढकाल नागरिक उन्मुक्तिबाट प्रतिनिधि सभामा उम्मेदवार भएमा काँग्रेसका सन्जय गौतम तथा एमालेका लक्ष्मण ज्ञवालीलाई कडा टक्कर दिन सक्छन् ।  आफ्नो पढाइ कैलालीमा भएको तथा रेशम साथी भएको नाताले पनि पार्टी ज्वाइन गर्न मन बनाएको डा ढकालले बताए । उनले रातोपाटीसँग भने, ‘पूर्ण राजनीति गर्ने मनसुवा छैन । तर  नागरिक उन्मुक्ति पार्टीको फ्रन्ट लाइनमा देखिएको छु । पार्टीले दिएको जिम्मेवारीअनुसार काम गर्नेछु ।’ ठूला दल पुरानै ढर्रामा काम गरिरहेकाले नागरिक उन्मुक्ति जस्तो वैकल्पिक राजनीतिक शक्ति जरुरी रहेको बताउँदै उनले भने, ‘रेशम चौधरी जस्तो निर्दोष व्यक्तिलाई थुनिएको छ । उहाँ जस्ता युवा, उर्जाशील व्यक्तिहरु राजनीतिमा आउनुपर्छ । अन्याय विरुद्ध आवाज उठ्नुपर्छ ।’ डा ढकाल बर्दिया क्षेत्र नं १ अन्तर्गत बारबर्दियाका स्थायी वासिन्दा हुन् । स्मरण रहोस्, बर्दिया क्षेत्र नं २ बाट संसदीय चुनाव लड्ने रेशमले उद्घोष गरेका छन् । बर्दिया क्षेत्र नं १ बाट डा ढकाल नागरिक उन्मुक्तिबाट प्रतिनिधि सभामा उम्मेदवार भएमा काँग्रेसका सन्जय गौतम तथा एमालेका लक्ष्मण ज्ञवालीलाई कडा टक्कर दिन सक्छन् ।     

‘नागरिक उन्मुक्ति पार्टी कर्णाली प्रदेशमा उकालो लागेकै हो ?’ 

‘नागरिक उन्मुक्ति पार्टी कर्णाली प्रदेशमा उकालो लागेकै हो ?’ 

१४६३ दिन अगाडि

|

१६ भदौ २०७९

महेन्द्र उपाध्याय पेशाले इन्जिनियर हुन् । साहित्यमा समेत दख्खल राख्ने उनी एमपी केयरलेसको नामले कलम चलाउँछन् । छँदाखाँदाको इन्जिनियरको सरकारी जागिरबाट राजीनामा दिएर उनी यही वैशाख ३० को चुनावमा होमिएका थिए ।  नागरिक उन्मुक्ति पार्टीको तर्फबाट लम्की–चुहा नगरपालिकाको मेयरमा उठेका उपाध्यायले सम्मानजनक मत ल्याए पनि जित्न भने सकेनन् । उनी आगामी संसदीय चुनावमा समेत आंकाक्षी छन् । कैलाली क्षेत्र नं २ (क)बाट प्रदेश सांसदको लागि उनले दावी गरेका छन् ।  हालै उनले नागरिक उन्मुक्ति पार्टीको कर्णाली प्रदेशको इन्चार्जको जिम्मेवारी पाएका छन् । प्रस्तुत छ, उक्त प्रदेशमा पार्टीको संगठन विस्तारको कामबारे केन्द्रीत रही ढकियाखबर प्रतिनिधिले  उनीसँग गरेको संक्षिप्त कुराकानीको सम्पादित अंशः  नागरिक उन्मुक्ति पार्टी अब थरुहट तराईबाट उकालो लागेको हो ? कर्णाली प्रदेशमा नागरिक उन्मुक्ति कसरी अगाडि बढ्दैछ ? नागरिक उन्मुक्ति पार्टी उकालो लाग्नु भन्दा पनि आफ्नो पहिचान सुरक्षित गर्दै अगाडि बढेको हो भन्ने बुझौं । यसै क्रममा कर्णाली प्रदेशमा पनि संगठन बिस्तारको काम हुँदैछ । भन्नाले आगामी मंसिर ४ को चुनावमा नागरिक उन्मुक्ति पार्टीले कर्णालीमा पनि उम्मेदवार उठाउँछ, हो ? हो, यसपालि हामी सकेसम्म कर्णाली प्रदेशमा रहेका सबै क्षेत्रबाट उम्मेदवार उठाउने लक्ष्यमा छौ । केही क्षेत्रमा त उम्मेदवार समेत ‘फिक्स’ भैसके । थरुहट तराई क्षेत्रमा आधार रहेको पार्टी हो, तपाईंहरुको । कुन कुन मुद्दा लिएर जाँदै हुनुहुन्छ कर्णाली प्रदेशमा ? हाम्रो पार्टी आफ्ना प्रतिबद्धतामा गम्भीर छ । हामीले पहिचान दिलाउँछौ भनेकै छौ । त्यसैले कर्णालीको असली पहिचान दिलाउन लागि पर्नेछौ । सिञ्जा सभ्यता जस्तो गौरवशाली इतिहास बोकेको ठाउँ हो कर्णाली, जसले कहिल्यै हात फैलाएन । आज उहीँ ठाउँलाई एनजीओ आएजनजीओसँग हात डास्नुपर्ने कसले बनायो ? के यही माग्ने पहिचान हो कर्णाली प्रदेशको ? कदापि होइन । हजुरलाई अवगत नै होला, नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका  बाहुन क्षत्रीको उद्गम थलो भनेकै कर्णाली प्रदेश हो । कर्णालीले पर्यटकका लागि  रारा  बेचिरहनु  पर्दैन । ‘जाने है त तपाईंको पुख्र्यौली ठाउँ’ भन्ने नारासहित पर्यटन वर्ष मनाउने हो भने नेपालको एक चौथाइ मान्छे कर्णालीको आफ्नो गाउँ गाउँ पुग्छ । त्यसैले, हाम्रो पार्टीलाई कर्णाली पुग्न गाह्रो छैन । कर्णालीका जनताले सुन्लान् त तपाईंहरुको कुरा ? कर्णालीको असली पहिचान हामी दिन्छौ भन्दा अवश्य सुन्लान् भन्ने हामी आशावादी छौं । माथि मैले भनेको पर्यटन सम्बन्धिको योजनाले कर्णालीको हरेक घर होम स्टे बन्न सक्छ । त्यो योजनामा सरकारको लागत भनेको सडक र खानेपानीमा मात्र लगानी गर्नुपर्छ । जनताको जे जस्तो घर छ, त्यही पाहुना आएर बस्छन । कर्णालीको विकास सातै प्रदेशमध्ये सबैभन्दा कम लागतमा  गर्न सकिन्छ । मात्र पोलिसी मेकिङ चाहिएको हो त्यो हामीसँग छ । जसले सबैलाई पहिचान दियो, आज उसैको पहिचान दोधारको अवस्थामा छ । हामी त्यो दोधार चिर्छौं ।  यसरी नेपालमा छरिएर रहेका सगोत्रीको भेटघाट हुन्छ, सम्बन्ध बढ्छ । नागरिक उन्मुक्ति कर्णालीको पहिचानलाई स्थायी गर्न जाँदैछ कर्णालीमा । यस्ता अनेकौ नीति छन् हामीसँग । मेरो  विचारमा कर्णालीको विकास सातै प्रदेशमध्ये सबैभन्दा कम लागतमा  गर्न सकिन्छ । मात्र पोलिसी मेकिङ चाहिएको हो त्यो हामीसँग छ । जसले सबैलाई पहिचान दियो, आज उसैको पहिचान दोधारको अवस्थामा छ । हामी त्यो दोधार चिर्छौं ।  कर्णालीमा संगठन विस्तारको अबको योजना कस्तो छ ? यही भदौ १६ गते कर्णालीको सुर्खेत, मुगु, हुम्ला लगायत जिल्लामा साता दिने संगठन बिस्तारको क्रममा जाँदैछु । कार्यकर्ताहरु उत्सहित छन् । जिम्मेवारी बाँडफाँटपछि थप उत्साहित हुनेछन् भन्ने आशा छ ।

थारू बौद्ध समाज रुपन्देही जिल्ला समिति गठन

थारू बौद्ध समाज रुपन्देही जिल्ला समिति गठन

१४६४ दिन अगाडि

|

१५ भदौ २०७९

भैरहवा   थारु बौद्ध समाज केन्द्रीय समितिले मंगलबार रुपन्देहीमा पहिलो जिल्ला भेला सम्पन्न गरेको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका–२, पडसरीमा अवस्थित थारु कल्याणकारिणी सभाको जिल्ला सभाहलमा सो भेला सम्पन्न भएको हो । भेलाले राज चौधरी (सैनामैना)को अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा रिता चौधरी (बुटवल), सचिव मनजीत चौधरी(तिलोत्तमा), सहसचिव रिता चौधरी (तिलोत्तमा) र कोषाध्यक्ष कृष्ण कुमारी चौधरी (तिलोत्तमा) रहेका छन् ।  त्यस्तै सदस्यहरुमा चित्ररेखा चौधरी (बुटवल), केशब चौधरी (कोटहीमाई), सोमनाथ थारु (देवदह), अयोध्या चौधरी (देवदह), धनराज चौधरी (ओमसतिया), श्याम बहादुर थारु (ओमसतिया) र हरिचन्द्र चौधरी (शुद्धोदन) रहेका छन् र एक जना सदस्य कार्यसमितिको बैठकबाट निर्णय गरी मनोनित गरिने बताइएको छ ।  त्यसैगरी सल्लाहकारहरुमा सतिशकुमार चौधरी, बिजय बहादुर सिंह थारु, रेखाप्रसाद चौधरी, नरसिंह चौधरी र सरिता चौधरी रहेका छन् ।  उक्त भेलालाई नेपाल थारु राष्ट्रिय मंचका केन्द्रीय अध्यक्ष रेखाप्रसाद चौधरी, थारु कल्याणकारिणी सभा रुपन्देहीका अध्यक्ष सतिशकुमार चौधरी लगायतले सम्बोधन गरेका थिए । कार्यक्रमको उद्घाटन समाजका केन्द्रीय उपाध्यक्ष रामकुमार चौधरीद्वारा बुद्ध बन्दना वाचन गरेर गरिएको थियो । कार्यक्रम समाजका केन्द्रीय अध्यक्ष गोकुल थारुको सभाध्यक्षता, केन्द्रीय उपाध्यक्ष राजेन्द्र चौधरीको स्वागत र केन्द्रीय सचिव राजेश चौधरीको सञ्चालनमा सम्पन्न भएको थियो ।