काठमाडौं,
न्याय परिषद्को बैठकले २१ जना जिल्ला न्यायाधीशको सिफारिस गरेको छ । मंगलबार बसेको परिषद्को बैठकले संक्षिप्त सूचीमा परेका ६३ जनाबाट २१ जनालाई जिल्ला न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको हो ।
सिफारिसमा परेकामध्ये थारू एकजना परेपनि मधेसी, दलित कोही परेनन् । सिफारिसमा परेकामध्ये थारू समुदायका डल्लुराम चौधरी हाल सर्वोच्च अदालतका इजलास अधिकृत हुन् । उनी लमही नगरपालिका, देउपुरका स्थायी वासिन्दा हुन् ।
स्मरण रहोस् यसअघि सप्तरीका सत्यमोहन जोशी थारु तथा कैलालीका डा खुशीप्रसाद थारु जिल्ला न्यायाधीश रहेका छन् ।
जिल्ला न्यायाधीशमा टेकबहादुर कार्कीलाई एक नम्बरमा सिफारिस गरिएको छ । उनी महान्यायाधिवक्ता कार्यालयमा उपमहान्यायाधिवक्ता रहेका थिए । त्यसै गरी सिफारिसको २१ औं नम्बरमा भगवती शर्मा ढुङ्गानालाई राखिएको छ । उनी सर्वोच्च अदालतकी इजलास अधिकृत हुन् ।
त्यस्तै सूचीको दोस्रो नम्बरमा महान्यायाधिवक्ता कार्यालयकै उपमहान्यायाधिवक्ता प्रकाश कोइरालाको नाम छ ।
सिफारिश गरिएका नामहरुः
१। टेक बहादुर कार्की
२। प्रकाश कोइराला
३। ध्रुब विक्रम ढकाल
४। विकास श्रेष्ठ
५। नवराज दुलाल
६। जगन्नाथ पौडेल
७। विष्णुप्रसाद रेग्मी
८। पुरुषोत्तम नेपाल
९। राजेश्वर अर्याल
१०। महेन्द्र बहादुर थापा क्षेत्री
११। भीम बहादुर निरौला
१२। रामानन्दप्रसाद निरौला
१३। मोहन सुवेदी
१४। सुरेशराज खनाल
१५। निर्मला शर्मा सुवेदी
१६। हर्क बहादुर क्षेत्री
१७। पूर्णिमा कोइराला
१८। तारादेवी महर्जन
१९। डल्लुराम चौधरी
२०। ताराकुमारी शर्मा
२१। भगवती शर्मा ढुङ्गाना
प्रकाशित:
१४८० दिन अगाडि
|
३१ साउन २०७९
४ दिन अगाडि
|
१५ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
७ भदौ २०८३
२१ दिन अगाडि
|
२९ साउन २०८३
३२ दिन अगाडि
|
१८ साउन २०८३
३४ दिन अगाडि
|
१६ साउन २०८३
१४२४ दिन अगाडि
|
२५ असोज २०७९
१४५९ दिन अगाडि
|
२१ भदौ २०७९
१४६८ दिन अगाडि
|
१२ भदौ २०७९
१४२३ दिन अगाडि
|
२६ असोज २०७९
१३७३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२९ दिन अगाडि
|
२० असोज २०७९
१३६१ दिन अगाडि
|
२७ मंसिर २०७९