Above Header
Above News Title

दाङका विद्यालयमा प्राज्ञ डा सर्वहारी

दाङका विद्यालयमा प्राज्ञ डा सर्वहारी

                                          तस्विरः चैतन्य पाठशालाका कक्षा ७ का विद्यार्थीहरुसँग अन्तक्रिया गर्दै प्राज्ञ सर्वहारी

दाङदेउखुरीका विभिन्न विद्यालयमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा कृष्णराज सर्वहारी फागुन अन्तिम साता अवलोकनका लागि पुगेका छन् ।

सो क्रममा राप्ती गाउँपालिकास्थित चैतन्य पाठशालाका कक्षा ७ का विद्यार्थीहरुसँग अन्तक्रिया गरेका छन् । अन्तक्रियाअघि पाठशालाका प्रबन्ध निर्देशक डा जीवराज आचार्यले विद्यार्थीहरुसँग प्राज्ञ सर्वहारीको परिचय गराएका थिए । उनले पाठशालाको पुस्तकालयका लागि नेपाल प्रज्ञा प्रतिष्ठानका प्रकाशन उपलब्ध गराइ दिन आग्रह गरे ।

चैतन्य पाठशालाका प्रबन्ध निर्देशक डा जीवराज आचार्य तथा विद्यालय संस्थापकमध्ये एक खगेन्द्र चौधरीसँग प्राज्ञ सर्वहारी

केही समय कक्षा ७ को ‘हाम्रो नेपाली’ पुस्तकमा आफ्नो ‘मामालाई सुधार्ने भान्जो’ शीर्षकको कथा समावेश भएको जनाउँदै सर्वहारीले विद्यार्थीहरुसँग भने, ‘कोर्सबाहेक कथा, कविता, निवन्धलेखन लगायत सिर्जनात्मक काममा लाग्नुहोस् । तपाईहरुले लेखेका रचना पनि पाठ्यपुस्तकमा छापिन सक्छ ।’ उनले प्रज्ञाको बालपत्रिका ‘लालपाते’मा रचना पठाउन र प्रकाशित रचनाको पारिश्रमिक पनि पाइने जानकारी दिए । 

प्राज्ञसभा सदस्य डा सर्वहारी तुलसीपुर–१५ स्थित बालचेतना आधारभूत विद्यालय, धम्कापुरका कक्षा ७ का विद्यार्थी तथा लमही नपास्थित आदर्श मावि देउपुरका कक्षा ८ का विद्यार्थीहरुसँग पनि अन्तक्रिया गरेका थिए । 

सो क्रममा सम्बन्धित पालिकाहरुबाट प्रकाशित स्थानीय विषयको पुस्तकबारे बढी छलफल गरेका थिए । लेखकहरुबाट हतारमा स्थानीय विषयको पुस्तक तयार गरिएको विद्यार्थीहरुको गुनासो थियो । सर्वहारीले आफ्नो लेखन यात्रा तथा प्रज्ञाले गर्ने कामको बारे जानकारी दिएका थिए । उनले थरुहट क्षेत्रका विभिन्न विद्यालयमा अन्तक्र्रियाका लागि पुग्ने आफ्नो अभियान रहेको बताए । 

स्मरण रहोस्, नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपति भुपाल राई आएपछि ‘विद्यालयमा कुलपति’ कार्यक्रम पनि जारी छ ।
साभारः नयाँ युगबोध

प्रकाशित:

४८ दिन अगाडि

|

५ चैत २०८२

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३०३ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१३३८ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१३४७ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३०२ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१२५२ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३०८ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१२४० दिन अगाडि

|

२७ मंसिर २०७९