काठमाडौं, भदौ ३ । काठमाडौं उपत्यकाका थारूहरूले भदौ ३ गते शुक्रबार पर्यटन बोर्डमा अस्टिम्की पर्व भव्यताका साथ मनाएका छन् ।
राष्ट्रिय थारू कलाकार मञ्चको संयोजनमा काठमाडौंस्थित दर्जन थारू संघसंस्थाहरूको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि सहरी विकास मन्त्री मेटमणि चौधरीले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गरे । मन्त्री चौधरीले भने,‘थरुहट भूमि छाडेर काठमाडौंमा रहेका थारु युवाहरु सामूहिक प्रयासमा अस्टिम्की लगायत चाडपर्व संयुक्त रुपले मनाउनु राम्रो काम हो तर यो संगै राजनीतिमा पनि चासो दिनुपर्छ । कुनै न कुनै पार्टीमा लागेर नेतृत्वमा आउन नसके अघि बढ्न सकिदैन ।’



थारु आयोगका अध्यक्ष विष्णु थारुले जातीय जनसंख्या अनुसार लोकसेवा आयोग लगायतमा आरक्षण हुनुपर्नेमा जोड दिए ।
त्यस्तै, थारु संस्कृतिमा कृष्णचरित्र परम्परा विषयमा विद्यावारिधि गरेका डा कृष्णराज सर्वहारीले अस्टिम्कीबारे प्रकाश पार्दै यसमा गाइने गीतको सारतत्व, विश्लेषणबारे सबै थारु जानकार हुनुपर्ने बताए । उनले अस्टिम्की विशुद्ध चाड मात्रै नभएर यसका मुख्य पात्रहरु कान्हा, राधा, इसरु, जासु लगायतको जीवनशैलीबाट धेरैभन्दा धेरै पाठ सिक्न सकिने धारणा राखे ।


समाजसेवी शिव चौधरीले सहरिया थारुहरुले घरमा नेपाली, अंग्रेजी बोल्ने चलन हावी हुँदै गएकाले थारु भाषा हराउँदै गएकोमा चिन्ता व्यक्त गरे ।
कार्यक्रममा देशभरिका राष्ट्रिय थारु कलाकारहरुको गीत, नृत्य प्रस्तुति रहेको थियो । सुर्खेतका थारु कलाकारहरु काठमाडौंमा अस्टिम्की मनाउन आइपुगेका थिए । राष्ट्रिय थारू कलाकार मञ्चका अध्यक्ष विनय वैद्यको सभापतित्वमा भएको औपचारिक कार्यक्रम ढिलो सुरु हुँदा अस्टिम्की टिक्ने कार्यक्रम प्रभावित भएको थियो ।










प्रकाशित:
१४७७ दिन अगाडि
|
३ भदौ २०७९
४ दिन अगाडि
|
१५ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
७ भदौ २०८३
२१ दिन अगाडि
|
२९ साउन २०८३
३२ दिन अगाडि
|
१८ साउन २०८३
३४ दिन अगाडि
|
१६ साउन २०८३
१४२४ दिन अगाडि
|
२५ असोज २०७९
१४५९ दिन अगाडि
|
२१ भदौ २०७९
१४६८ दिन अगाडि
|
१२ भदौ २०७९
१४२३ दिन अगाडि
|
२६ असोज २०७९
१३७३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२९ दिन अगाडि
|
२० असोज २०७९
१३६१ दिन अगाडि
|
२७ मंसिर २०७९