धनगढी
आफ्नो एक लेखमार्फत आफूलाई ‘नन भर्जिन केटी’को रुपमा चित्रित गरेकी कैलालीकी पत्रकार कालीमैया चौधरी (उन्नती)ले नयाँ कृति सार्वजनिक गरेकी छिन् ।
आफ्नो लेखहरुको संग्रह ‘निसाफ’ एक कार्यक्रमकाबीच बुधबार सार्वजनिक गरेकी हुन् ।
सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिष्टार एवं शिक्षाविद डा. हेमराज पन्तको प्रमुख आतिथ्यता तथा नाष्ट कलेज धनगढीका प्रवन्ध निर्देशक शिवहरि मुडभरिको विशिष्ट अतिथ्यमा सो पुस्तक विमोचन गरिएको हो ।
कैलालीको कैलारी गाउँपालिका घर भइ २०६४ देखि पत्रकारितामा क्रियाशील उनको यो पहिलो कृति हो । १६९ पृष्ठको पुस्तकल पाँच अध्यायमा छ । यसमा २५ वटा लेख तथा फिचर स्टोरी संकलित छ ।
म ननभर्जिन केटी, एक पिस योनी हुनुको सकस, कोही किन बर्बाद होस्, टीकापुर आएर त हेर, संस्कृतिमाथिको खेलवाड, मृत्यु पर्खदाको त्यो क्षण, सीमाले दिएको चोटलगायत केही मुख्य लेख यसमा समेटिएका छन् ।

पुस्तकवारे टिप्पणी गर्दै शिक्षाविद पन्तले यो पुस्तकमार्फत् लेखिकाले आफ्नो जीवन भोगाइ, समाज हुने हिंसालाई निसंकोच बाहिर ल्याएको बताए । समाजशास्त्र अध्ययरनत विद्यार्थीहरुका लागि पुस्तक प्रभावकारी सन्दर्भ सामग्रीको रुपमा रहेको उनले औंल्याए ।
यसैबीच पुस्तककी लेखिका चौधरीले पुस्तकमा समावेश केही लेख आफ्नो जीवनको भोगाइ रहेको समेत बताएकी छिन् । केही काल्पनिक विषयवस्तुरहेको बताउँदै उनले केही खोजी स्टोरीहरु रहेको उल्लेख गरेकी छिन् ।
प्रकाशित:
१४६५ दिन अगाडि
|
१५ भदौ २०७९
४ दिन अगाडि
|
१५ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
७ भदौ २०८३
२१ दिन अगाडि
|
२९ साउन २०८३
३२ दिन अगाडि
|
१८ साउन २०८३
३४ दिन अगाडि
|
१६ साउन २०८३
१४२४ दिन अगाडि
|
२५ असोज २०७९
१४५९ दिन अगाडि
|
२१ भदौ २०७९
१४६८ दिन अगाडि
|
१२ भदौ २०७९
१४२३ दिन अगाडि
|
२६ असोज २०७९
१३७३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२९ दिन अगाडि
|
२० असोज २०७९
१३६१ दिन अगाडि
|
२७ मंसिर २०७९