Above News Title

हरिराम काका र कमैया मुक्तिको अनुत्तरित प्रश्न

हरिराम काका र कमैया मुक्तिको अनुत्तरित प्रश्न

अञ्जान धर्कट्वा "रमेश" 

जिन्दगीका कठिन मोडहरू छिचोल्दै

अघि बढेका हरिराम काकाका पाइलाहरूमा

अझै पनि गडेका छन् कतै-

कमैया बस्दाका ती पुराना साङ्लाका डामहरू।

​छाप्राका झुत्रा झिल्काहरूमा

आफ्नो भाग्य खोज्दा खोज्दै थाकेका काका,

उमेर ढल्किँदै जाँदा पनि

अनुहारमा पोतेका छन् उनले सन्तोषको नक्कली हाँसो

सायद, ती गरिब र भोका आँखाहरूलाई

दुनियाँसामु कमजोर देखाउनु छैन उनलाई ।

​"आज के खानुहुन्छ काका ?" कसैले सोध्यो भने

हाँसेरै टार्छन् उनी-

छँदैछ नि, "कप्पुवा र चटनी" यो भन्दा मिठो के चाहियो र ?

तर उनको त्यो हाँसोभित्र लुकेको छ

आफ्नै सपनाहरू बिलाएको एक कहालीलाग्दो इतिहास।

​इन्द्रेणीजस्तै रंगीन सपनाहरू

कहिल्यै नछुने गरी उडिरहेका देख्दा

उनको मनभित्र आँसुको भेल उर्लिन्छ होला,

तर फेरि पनि उनी मुस्कुराउँछन्

मानौं, उनले सारा संसार नै जितेका छन्।

कागजमा लेखिएको कमैया मुक्तिको अक्षर पढ्न नजान्ने काका,

आज आफ्नो खुट्टाको साङ्ला बिर्सिएर

पेटको भोकसँग लड्दै गर्दा

स्वयं आफैंलाई प्रश्न गरिरहेका होलान्-

“के मालिकको शोषणबाट फुत्किनु नै मुक्ति हो ?

कि एक मालिक छोडेर,

हजारौँ अनिश्चितताको दास बन्नुको नाम पो मुक्ति हो ?

बारबर्दिया १०, मेरैया गाउँ, बर्दिया

प्रकाशित:

४७ दिन अगाडि

|

३ साउन २०८३

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६८ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२३ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६१ दिन अगाडि

|

२७ मंसिर २०७९