Above News Title

अफताब आलम चुनाव लड्न पाउँछन् भने रेशम चौधरी, लक्ष्मण थारूहरूलाई केले रोक्छ ?

अफताब आलम चुनाव लड्न पाउँछन् भने रेशम चौधरी, लक्ष्मण थारूहरूलाई केले रोक्छ ?

काठमाडौं 
ज्यान मुद्दामा जेलमा रहेका मोहम्मद अफताव आलमलाई नेपाली काँग्रेस रौतहटले भदौ १६ गते क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस गरेको छ । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावका लागि आलमको एकल नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको रौतहट काँग्रेसले जनाएको छ ।
अफताव आलम ब्यक्ति हत्या आरोपमा जेल परेका हुन् । जबकि रेशम चौधरी, लक्ष्मण थारुहरुको टीकापुर घटना राजनीतिक मुद्दा हो । त्यसैले, काँग्रेसले आलमको चुनावमा सिफारिश गरेसँगै रेशम चौधरी, लक्ष्मण थारुहरुको पनि चुनावमा सहभागी हुने स्थिति देखिएको छ ।
२०७६ असोज २६ गते पक्राउ परेका आलम कात्तिक २९ गतेदेखि पुर्पक्षका लागि नख्खु कारागारमा छन् । 
२०७४ मा रौतहट २ बाटै निर्वाचित भएका उनीमाथि २०६४ चैत २७ मा रौतहटको राजपुरमा भएको बम बिस्फोटका घटनामा संलग्न रहेको अभियोग छ । त्यसबेला त्रिलोकप्रताप सिंह र ओसी अख्तरको मृत्यु भएको तथा घाइतेहरूलाई इँटाभट्टामा जिउँदै जलाइएको परिवारका सदस्यहरूले आरोप लगाउँदै आलममाथि किटानी जाहेरी दिएका थिए ।
रेशम चौधरी, लक्ष्मण थारुको पनि बाटो खुला ?
टीकापुर घटनामा दोषी ठहर भई हाल डिल्लीबजार कारागारमा रहेका सांसद रेशमलाल चौधरी पनि संघीय चुनाव लड्न आंकाक्षी छन् । उनी आफू बर्दिया–२ बाट संघीय चुनाव लड्ने मनसुवा बनाएका छन् । यद्यपि नागरिक उन्मुक्ति पार्टीले अझैसम्म कुनै क्षेत्रको आधिकारिक मनोनयनको सूची सार्वजनिक गरेको छैन । 
रेशम चौधरी उम्मेदवारी दिने भनेको बर्दिया–२ बाट काँग्रेसले प्रतिनिधि सभामा डा गोपाल दहितको नाम उम्मेदवारमा मनोनयन गरेको छैन । बर्दिया–२ को क बाट प्रदेशसभामा छप्पुराम चौधरी तथा ख मा मिनराज चौधरीको नाम मनोनयनमा परेको छ । तर डा दहितलाई पाखा लगाइएका कारण यी दुबैले टिकट पाउन ग्यारेण्टी देखिदैन । 
उता टीकापुर घटनामा दोषी ठहर भई हाल अद्र्धभूमिगत रहेका लक्ष्मण थारू कैलाली–५ बाट संघीय चुनाव लड्ने उद्घोष गरिसकेका छन् । 
टीकापुर घटनाको मुद्दालाई नजिकबाट नियालेका अधिवक्ता शंकर लिम्बू रेशम चौधरी, लक्ष्मण थारूलाई चुनाव लड्न कानुनले नरोक्ने जिकिर गर्छन् । आदिवासी वकिलहरुको समूह (लाहुर्निप)मा आवद्ध अधिवक्ता लिम्बूकै पहलमा टीकापुर घटनाको विस्तृत जानकारी संयुक्त राष्ट्र संघसम्म पुगेको थियो । 
अधिवक्ता लिम्बूका अनुसार टीकापुर घटनाको मुद्दा फाइनल नै भएको छैन । त्यसैले अहिले रेशमहरु इक्ज्याक्टली दोषी हुन् या हैनन् भन्ने प्रमाणित भएको स्थिति होइन । अर्को पाटो फौजदारी अपराध हुँदैमा उठ्न नपाउने भन्ने हुँदैन । नैतिक पतन देखिने फौजदारी अपराधको कुराहरु हुन्छ । त्यस कारणले पनि नैतिक पतन देखिने फौजदारी अपराधको क्याटागोरीभित्र पर्छ कि पर्दैन ? अदालतले त्यसलाई कसरी व्याख्या गर्छ ? त्यो भविष्यको कुरा भयो । 
लिम्बू अगाडि भन्छन्, जतिबेला त्यो घटना घट्यो, त्यो बेलामा रेशम चौधरी अनि लक्ष्मण थारूहरु त टीकापुर घटनास्थलमै थिएनन् । घटनास्थलमै नभएका मान्छेहरु, लिडर मान्छेहरु अनि त्यस पछाडि कागज बनाएकै भरमा, कसैले योजना गरे भनेर भनेकै भरमा प्रमाणहरु पुष्टि हुँदैन । 
‘अहिले चुनावमा रेशम चौधरीहरु उठे भने त्यसले के गर्छ भने बिस्तारै मान्छेले पुराना घटना बिर्सिदै जान्छ । आफ्नो पीडाहरु पनि बिर्सेर समाजमा पुनस्र्थापित हुन्छ । एउटा राम्रो वातावरण सिर्जना हुन्छ,’ अधिवक्ता लिम्बू भन्छन्, ‘यो एउटा अवसर पनि हो सरकारको । फेरि अहिलेको चुनावमा उठ्न दिइएन भने फेरि अर्को डिभिजन पूरा हुन्छ । जहिले पनि यस्तो खालको परिस्थिति सधैँभरि बाहिर ल्याइराख्नु राष्ट्रको लागि पनि हितकर हुँदैन ।’
यो पनि पढ्नुहोस्ः

प्रकाशित:

१४६२ दिन अगाडि

|

१८ भदौ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६८ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२३ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६१ दिन अगाडि

|

२७ मंसिर २०७९