Above News Title

नागरिक उन्मुक्तिले समानुपातिक उम्मेदवारी दिन चाहनेलाई तोक्यो सम्पर्क व्यक्ति

नागरिक उन्मुक्तिले समानुपातिक उम्मेदवारी दिन चाहनेलाई तोक्यो सम्पर्क व्यक्ति

काठमाडौं
सबैजसो पार्टीले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको चुनावका लागि प्रत्यक्षमा उठ्ने उम्मेदवार सिफारिस गरिरहेको समाचार आइरहेको छ । तर नागरिक उन्मुक्तिले भने प्रत्यक्ष मनोनयनको सूचीलाई ठाँटी राख्दै समानुपातिक उम्मेदवारी दिन चाहनेलाई सम्पर्क राख्न सम्पर्क व्यक्ति तोकेको छ ।
कैलालीका लागि सम्पर्क व्यक्तिको रुपमा कार्यालय सचिव बुद्धि प्यासीलाई तोकेको छ । यसै क्रममा १८ जनालाई सम्पर्क व्यक्तिलाई जिम्मेवारी तोकिएको छ ।

कैलाली र बर्दियामा प्रत्यक्षमा को को छन् चर्चामा ? 
रेशम चौधरीले जितेको कैलाली क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी प्रतिनिधि सभामा उम्मेदवारीको उद्घोष गरिसकेकी छिन् । १ नम्बर क्षेत्रबाट प्रदेश सभामा लक्ष्मणकिशोर थारु तथा तीर्थ बोहराको चर्चा छ । 
त्यस्तै, कैलालीको २ नम्बर क्षेत्रबाट प्रतिनिधि सभामा उम्मेदवारीको लागि अरुण चौधरी तथा ३ नम्बर क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभामा उम्मेदवारीको लागि गंगा डंगौराको नाम सुनिश्चित जस्तै छ । २ नम्बर क्षेत्रबाट प्रदेश सभामा रतन थापा र महेन्द्र उपाध्यायको तथा ३ नम्बर क्षेत्रबाट प्रदेश सभामा इन्दु थारुको चर्चा छ । 
४ नम्बर क्षेत्रमा हालै नेपाल समाजवादी पार्टीबाट  नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका राजाराम चौधरी आंकाक्षी छन् । उनी नेसपमा समाजवादी थारु संघको केन्द्रीय महसचिव थिए ।
उता टीकापुर घटनामा दोषी ठहर भई हाल अद्र्धभूमिगत रहेका लक्ष्मण थारू कैलाली–५ बाट संघीय चुनाव लड्ने उद्घोष गरिसकेका छन् । 
रेशम चौधरी आफू बर्दिया–२ बाट संघीय चुनाव लड्ने मनस्थिति बनाएका छन् । यद्यपि नागरिक उन्मुक्ति पार्टीले अझैसम्म कुनै क्षेत्रको आधिकारिक मनोनयनको सूची सार्वजनिक गरेको छैन । बर्दिया क्षेत्र नं १ बाट डा प्रदीप ढकाल नागरिक उन्मुक्तिबाट प्रतिनिधि सभामा उम्मेदवारको आंकाक्षी छन् ।

प्रकाशित:

१४६१ दिन अगाडि

|

१८ भदौ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२३ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५८ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६७ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२२ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७२ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२८ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६० दिन अगाडि

|

२७ मंसिर २०७९