Above News Title

अबको एक दशकभित्र थारू समुदायबाटै प्रधानमन्त्रीः सहरी मन्त्री चौधरी

अबको एक दशकभित्र थारू समुदायबाटै प्रधानमन्त्रीः सहरी मन्त्री चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले थारूहरूले अब अभाव, दुःख र गरिबीका गीत गाउन छाड्नुपर्ने धारणा राखेका छन् । 
काठमाडौं, बौद्ध, टुसालस्थित बरघर रेष्टुरेन्टमा शनिवार आयोजित एसइईमा उत्कृष्ट अंक ल्याउन सफल थारू विद्यार्थीहरूको बधाई तथा सम्मान कार्यक्रममा मन्त्री चौधरीले भने, ‘हामीले जहिले दुःखका कुरा गर्यौँ । अभावका कुरा गरयौँ । जाँड रक्सी खाएर आफू बिग्रिएका कुरा गर्र्याैँ । के बाहुनले अभाव झेलेका छैनन् ? के क्षेत्रीले दुःख खेपेका छैनन् ? के जाँड रक्सी अरुले खाँदैनन् र ? मुख्य कुरा कमिटमेन्ट हो । आँट हो । हिम्मत हो । तसर्थ अब अभाव, दुःख र गरिबीका गीत गाउन छाड्नुपर्छ ।’ 
देश बदल्ने हरेक आन्दोलनमा झापादेखि कन्चनपुरसम्मका थारूहरूले योगदान गरेका छन् तर पनि किन नेतृत्वमा आएनन् भनेर सोच्ने बेला भएको बताउँदै मन्त्री चौधरीले थपे, ‘छयालीसपछि राजनीति बदलिएको छ । थारू जाति अब भोट बैंक मात्र बन्ने होइन, प्रत्यक्ष राजनीतिमा सामेल हुने हो । राजनीतिमा आउन गाह्रो छ । सानो पदमा रहदा सबैले माया गर्छन् तर अलि माथि पुगेपछि घेराबन्दी गर्न थाल्छन् । तर पनि देश बदल्ने शक्ति राजनीतिमै छ । देश बनाउने अभियानमा थारू जाति थप सक्रिय हुनैपर्छ ।’
०६२÷६३ मा मुलुक बिखण्डन गर्ने अभियानका विरुद्ध थारू समुदायले प्रतिरोध गरेको बताएका मन्त्री चौधरीले अबको एक दशकभित्र मुलुकले थारू समुदायबाटै प्रधानमन्त्री पाउने दावी समेत गरे । हिम्मत र संघर्षबाटै अब्रहाम लिङ्कन, अरुणिमा सिंह, झमककुमारी प्रसिद्ध बनेको बताउँदै उनले बहिस्कृत मान्छेहरू नै अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । 
थारू विद्यार्थी समाजका अध्यक्ष चन्द्र प्रसाद चौधरीको अध्यक्षतामामा भएको कार्यक्रममा थारू आयोगकी सदस्य शान्ति मोदी थारु, सुरुंगा नगरपालिकाकी मेयर गीता चौधरी, नेपाल आदिवासी विद्यार्थी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेश लोप्चन तामाङ, थारू कल्याणकारिणी सभा काठमाडौँ उपत्यकाका सभापति सुमन चौधरी लगायतले मन्तव्य राखेका थिए । 
कार्यक्रममा एसईईमा विशिष्ट क्षेणी ल्याउने थारू समुदायका करिब दुई दर्जन विद्यार्थीलाई सम्मान गरिएको थियो । थारू विद्यार्थी समाजका सचिव रोशन रत्गैँयाले कार्यक्रमको सहजीकरण गरेका थिए । 

प्रकाशित:

१४५९ दिन अगाडि

|

२० भदौ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२३ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५८ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६७ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२२ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७२ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२८ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६० दिन अगाडि

|

२७ मंसिर २०७९