Above News Title

सञ्जीव सत्गैंयाले दिए ‘काठमाडौं पोष्ट’दैनिकको सम्पादकबाट राजीनामा 

सञ्जीवको स्थानमा अब थारु पत्रकार शायदै पुग्लान्
सञ्जीव सत्गैंयाले दिए ‘काठमाडौं पोष्ट’दैनिकको सम्पादकबाट राजीनामा 

                                                                                                                      तस्विर सौजन्यः काठमाडौं पोष्ट
कान्तिपुर दैनिक परिवारको अंगे्रजी दैनिक ‘काठमाडौं पोष्ट’का सम्पादक सञ्जीव सत्गैंयाले सोमबार पदबाट राजीनामा दिएका छन् । 
सन् २०२० फेब्रुअरीको तेस्रो साता सम्पादक नियुक्त भएका सञ्जीव सत्गैंया करीब अढाइ बर्ष ‘काठमाडौं पोष्ट’को सम्पादक रहे । दाङदेउखुरीको राप्ती गाउँपालिका–३, बसन्तापुर (बाघढढ्ढी) का स्थायी घर रहेका उनी थारु समुदायबाट ‘बिग हाउस’को दैनिक पत्रिकामा सम्पादक हुने पहिलो शौभाग्य पाएका थिए । सो पदमा अब थारु पत्रकार शायदै पुग्लान् ।
थारु सम्बद्ध कार्यक्रममा सहभागी नहुने तथा सत्गैंया पछि थारु नलेख्नाले उनी थारु समुदायको भएको कमैले थाहा पाएका थिए । थारु पत्रकार संघ नेपालका संस्थापक महासचिव तथा पूर्व अध्यक्ष कृष्णराज सर्वहारीका अनुसार उनी थारु पत्रकार संघ नेपालका संस्थापक सदस्य थिए । यद्यपि संस्था दर्ताको क्रममा समय दिन नसक्दा प्राविधिक रुपले उनको नाम रहेन ।
सत्गैंयाले प्रकाशक कैलाश सिरोहिया, आफ्नो समाचार कक्ष, कान्तिपुर दैनिकका सम्पादक उमेश चौहान, प्रधान सम्पादक सुधीर शर्मालाई सहकार्यका लागि धन्यवाद दिदै ट्वीटरमा लेखेका छन्, ‘विगत अढाइ वर्ष ‘काठमाडौं पोष्ट’को सम्पादकको रुपमा उत्साहजनक र मिठासपूर्ण समय रह्यो । 
दुइ दशकअघि सन् २००२ मा ‘द हिमालयन टाइम्स’दैनिकबाट पत्रकारिताको करियर सुरु गरेका ४७ वर्षिय सत्गैंया ‘द रिपब्लिका दैनिक’मा पनि आवद्ध थिए । ‘काठमाडौं पोष्ट’को सम्पादकमा भदौ २० बाट विश्वास बराल आएका छन् ।

प्रकाशित:

१४५९ दिन अगाडि

|

२० भदौ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२३ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५८ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६७ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२२ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७२ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२८ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६० दिन अगाडि

|

२७ मंसिर २०७९