Above News Title

दलित तथा महिलाको प्रतिनिधित्व वडास्तरबाटै सुनिश्चित, आदिवासी जनजातिको खै ?

निर्वाचनमा आदिवासी जनजातिको प्रतिनिधित्व सुनिश्चितताका लागि आयोगको ध्यानाकर्षण 
दलित तथा महिलाको प्रतिनिधित्व वडास्तरबाटै सुनिश्चित, आदिवासी जनजातिको खै ?

आदिवासी जनजाति आयोगले आगामी संसदीय निर्वाचनमा आदिवासी जनजातिहरुको प्रतिनिधित्व सुनिश्चित गर्न पार्टी र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । 
मंगलबार आयोगले ललितपुर, पुल्चोकस्थित आयोगको कार्यालयमा पत्रकार सम्मेलन गरी राजनीतिक दललाई उम्मेदवार मनोनयन गर्दा संविधानको मर्म र भावनाअनुरूप आदिवासी जनजाति समुदायको प्रतिनिधित्व गर्न ध्यानाकर्षण गराएको हो । 
आयोगले निर्वाचन आयोगलाई पनि संविधानको मर्म र भावना समानुपातिक समावेशी प्रतिनिधित्व रहेको भन्दै आदिवासी जनजाति समुदायको प्रतिनिधित्व सुनिश्चित हुने खालको नीति अवलम्बन गर्न ध्यानाकर्षण गराएको छ । 
पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष रामबहादुर थापा मगरले संवैधानिक तथा कानूनी प्रावधानको व्यवस्था, मर्म र भावनाअनुसार आदिवासी जनजातिको समानुपातिक समावेशी प्रतिनिधित्वको सवालमा राजनीतिक दल र निर्वाचन आयोगले गम्भीरता लिनुपर्ने बताए ।
संविधानको मर्म र भावनाअनुसार दलित तथा महिलाको प्रतिनिधित्व वडास्तरबाटै सुनिश्चित गरिएता पनि आदिवासी जनजातिको प्रतिनिधित्व सुनिश्चित हुन नसक्नु दुःख रहेको अध्यक्ष थापाको भनाइ थियो । 
आयोगले पत्रकार सम्मेलनमार्फत जारी गरेको प्रेस विज्ञप्तिमा समानुपातिक समावेशीताको सिद्धान्तलाई अनदेखा गरी उम्मेदवार चयनमा त्रुटि भएमा आदिवासी जनजाति समुदाय राजनीतिक अधिकारबाट बञ्चित हुने भएको भन्दै यसप्रति गम्भीर हुन राजनीतिक दल र निर्वाचन आयोगसँग आग्रह गरेको छ । 
 
प्रकाशित:

१४५८ दिन अगाडि

|

२१ भदौ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२३ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५८ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६७ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२२ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७२ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२८ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६० दिन अगाडि

|

२७ मंसिर २०७९