आदिवासी चेपाङ समुदायको धार्मिक पर्ब छोनाम (न्वाँगी) पर्वको अवसरमा बागमती प्रदेश सरकारले चेपाङ वाहुल बसोबास रहेको तीन जिल्लामा भदौ २२ गते सार्वजनिक विदा दिएको छ ।
प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले २०७८ चैत ९ गते चेपाङ बाहुल्य तीन जिल्लामा प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले २०७८ चैत ९ गते चेपाङ बाहुल्य तीन जिल्लामा भदौ २२ गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार भदौ २२ गते बुधबार मकवानपुर, चितवन र धादिङ तीन जिल्लामा सार्वजनिक बिदा दिने प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता अनुशील सापकोटाले जनाए ।
चेपाङ समुदायमा पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफुल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । न्वाँगी पर्वका दिन घैया धानको चामल, पिँडालु, निबुवालगायत अन्न, फलफुल भूमि र पितृलाई चढाइन्छ । उक्त पर्वमा भोज खाने र रातभर नाचगान गरेर रमाइलो गर्ने चलन छ।
चेपाङ समुदायका अगुवाहरुले प्रदेश सरकारले सार्वजनिक विदा दिएकोमा खुशी व्यक्त गरेका छन् ।
चेपाङहरूले नयाँ अन्न खाने दिनलाई छोनाम भन्छन् । पाखा पखेरामा लगाएका मकै लगायत फलफुल भदौमा पाक्ने भएकाले यसै महिनामा छोनाम (न्वाँगी) पर्व मनाउँछन् ।
प्रकाशित:
१४५७ दिन अगाडि
|
२२ भदौ २०७९
३ दिन अगाडि
|
१५ भदौ २०८३
५ दिन अगाडि
|
१३ भदौ २०८३
५ दिन अगाडि
|
१३ भदौ २०८३
११ दिन अगाडि
|
७ भदौ २०८३
२० दिन अगाडि
|
२९ साउन २०८३
३१ दिन अगाडि
|
१८ साउन २०८३
३३ दिन अगाडि
|
१६ साउन २०८३
१४२३ दिन अगाडि
|
२५ असोज २०७९
१४५८ दिन अगाडि
|
२१ भदौ २०७९
१४६७ दिन अगाडि
|
१२ भदौ २०७९
१४२२ दिन अगाडि
|
२६ असोज २०७९
१३७२ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२८ दिन अगाडि
|
२० असोज २०७९
१३६० दिन अगाडि
|
२७ मंसिर २०७९