Above News Title

‘गणतन्त्रमा  रेशम चौधरी जस्तालाई विना कुनै दोष जेलमा किन सडाइँदै छ ?’

थारूको छोरो भएकै कारण  रेशम चौधरीलाई जेलः सांसद पार्वती डिसी चौधरी
‘गणतन्त्रमा  रेशम चौधरी जस्तालाई विना कुनै दोष जेलमा किन सडाइँदै छ ?’


जनता समाजवादीकी सांसद नरमाया ढकाल ‘प्रज्ञा’ले  सांसद रेशम चौधरीलाई कानुनविपरीत जेलमा सडाइएको आरोप लगाएकी छिन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै ढकालले जनताले पत्याएको एउटा निर्दोष व्यक्तिलाई जेलमा राखेर निर्वाचन गर्नु न्यायसंगत नहुने तर्क उनको थियो ।
उनले निर्वाचनअगावै चौधरीको रिहाइको माग समेत गरिन् । रेशम निर्दोष छन्, उनका विचार र नेतृत्वमा देशमा एउटा लहरै आइरहेको सन्दर्भमा उनलाई जेलभित्रै राखेर निर्वाचन गरिरहनु कत्तिको न्यायसंगत होला  ? सांसद ढकालको सोधाइ थियो । उनले भनिन्, ‘आगामी मंसिर ४ को निर्वाचन अगावै उहाँको रिहाइका लागि सम्माननीय सभामुखज्यूमार्फत् नेपाल सरकारसँग आग्रह गर्न चाहन्छु ।’ 
आमनेपालीको संघर्ष र बलिदानको प्रतिफलमा आएको गणतन्त्रमा केही तुषहरू बाँकी नै रहेको बताउँदै ढकालले गणतन्त्र सबै जातजाति र वर्गका नागरिकको अधिकार सुनिश्चित गर्न ल्याइएको जिकिर गरिन् । उनले गणतन्त्र  रेशम चौधरीजस्ता व्यक्तिलाई विना कुनै दोष जेलमा सडाउनका लागि नल्याइएको जिकिर गरिन् । 
निर्वाचनमा सेटिङ गरेर मात्रै जित्ने अवस्थामा पुगेका राजनीतिक दलहरूका लागि चौधरीले चुनौती दिएको उनको भनाइ थियो । 
ढकालले  रेशम चौधरीलाई दोषी करार गरेर जेल पठाउने अदालतको फैसलाबारे केही भन्न नचाहने विचार राख्दै महाभियोग लगाएका प्रधानन्यायधीशले न्यायालय निष्पक्ष छैन र कतिपय न्यायधीशहरू राजनीतिक नेताहरूका प्रभावमा परेर फैसला गर्छन् भनेर संसदीय समितिमा बोलेको कुराभित्र धेरै अर्थ रहेको जिकिर गरिन् । 
त्यस्तै, अर्की सांसद पार्वती डिसी चौधरीले थारूको छोरो भएकै कारण  रेशम चौधरीलाई जेलमा राखेको आरोप लगाउँदै तुरुन्त रिहाइको माग राखिन् ।
स्मरण रहोस्, काठमाडौंको रिपोर्टस् क्लबमा भदौ १६ गते नागरिक उन्मुक्ति पार्टीले पार्टी प्रवेशको कार्यक्रम राखेकोमा सांसद नरमाया ढकाल पनि पार्टी प्रवेश गर्ने कार्यक्रम थियो । उनको नाम उद्घोष पनि गरिएको थियो तर उनी अनुपस्थित रहिन् । 

प्रकाशित:

१४५७ दिन अगाडि

|

२२ भदौ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२३ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५८ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६७ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२२ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७२ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२८ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६० दिन अगाडि

|

२७ मंसिर २०७९