राम सागर चौधरी
स्वर्गिय प्रभु नारायण चौधरीका बारेमा कमै पढ्न, सुन्न पाईन्छ । यस पटक स्व प्रभु नारायण चौधरी प्रतिष्ठानले थारु युवालगायत अरुलाई पनि सम्मान गरेको समाचार पढ्न पाउँदा खुसी लाग्यो ।
कमरेड मनमोहन, पुष्पलालदेखि मदन भण्डारी जत्तिकै उहाँको कम्युनिष्ट आनदोलनमा योगदान रहेको छ । तर सोचनीय प्रश्न यो छ कि उहाँ किन ओझेलमा पर्नु भयो ? अरुका त कुरा छाडौं, आफ्नै सुनसरीबासी र मार्क्सवादी, एमाले कम्युनिष्टले किन बिर्से उहाँलाई ? राजनैतिक ईमानदारी र निष्ठाको मूल्यांकन यही हो त ? राजनीतिमा अग्रणी भए पनि थारु भनेर किनारा लगाएका हुन् कि ? आफू मात्रै राम्रो असल, अरु सबै खराब प्रबृत्तिका सोचले ग्रसित हो कि ?
प्रभु नारायणबारे धेरै बर्षदेखि मनमा उठेका यिनै खुलदुली र थोरै स्मरण यो लेखमा राख्ने चेष्टा गरेको छु । मैले स्व प्रभु नारायण चौधरीलाई २०३२ सालमा काठमाडौंमा पढ्न बसेदेखि चिनेको हुँ । उहाँले लामो जेल जीवनमै बीए,बीएल गर्नु भयो र जेलबाट बाहिर आएपछि काठमाडौंमै वकालत पेशा गर्न थाल्नु भयो । पुतलीसडकमा उहाँले अफिस राख्नु भएको थियो । फुर्सदका बखत म उहाँलाई भेट्न जान्थे ।
गाउँघरबाट किसानहरु कानुनी दाउपेंच र पहुँच नभएका कारणले जिल्ला, अञ्चल अदालतमा हारेर मलिन दुःखित भएर उहाँलाई बेदनाहरु सुनाउँथे । सर्वोच्चमा जित्ने झिनो आशमा पुगेका हुन्थे । दाङ, बर्दिया, कैलालीका थारु किसानका हालत झन नाजुक थियो । थारुका जग्गा जामिन पहाडेले हड्पेर सखापै पारेको भान हुन्थयो । मोरङ, सुनसरी, झापाका थारु तथा राजबंशीहरुको हालत पनि उस्तै थियो । बहुत मार्मिक कथा ब्यथाहरु सुन्ने र बुझ्ने मौका पाएँ । उहाँ आफ्ना ग्राहकका कुरा सुनेर सुन्यमा बिलिन हुनुहुन्थ्यो । कति पटक त आँखा रसाएको पनि महसुस गरें ।
उहाँले धेरैका मुदाहारुमा बहस गर्नु भयो । मेरो बसाइँ पुतलीसडकमै भएकाले मुद्दा फैसला अन्तिम पेसीका दिन बेलुका मलाई बोलाउने गर्नु हुन्थ्यो । प्रायः मुद्दामा सफल नै हुनुभयो र सफलता प्राप्त भएका मुद्दामा बडो गर्व र खुसी मान्नु हुन्थ्यो । किसानहरु जितमा हर्षका आँसु खसाल्दथे । साँच्चै त्यो क्षण रोमाञ्चकारी लाग्थ्यो ।
उहाँ मलाई पढन हौसला दिनु हुन्थ्यो र खर्चबर्च कसरी चल्छ सोध्नु हुन्थ्यो । त्यसबखत काठमाडौंमा पढ्ने थारु विद्यार्थी औंलामा गन्न सकिने थियो । मलाई क्याम्पसले महिनाको रु २ सय छात्रबृति दिन्थ्यो । त्यस बखत त्यो ठुलै रकम थियो र उहाँ पनि खुसी मान्नु हुन्थ्यो र अरुलाई पनि मेरो बारेमा भन्नु हुन्थ्यो ।
यस्तै छुट्टीमा कहिले पिकनिकमा, कहिले स्व रमानान्द प्रसाद सिंहको घर पुल्चोकमा भेटघाट भइरहन्थ्यो । सामाजिक काममा मलाई चाख र अलि जिज्ञासु भएकाले आफूलाई लागेका कहिले सामाजिक, कहिले राजनैतिक कुराहरु पनि सोध्ने गर्थें ।
उहाँ पञ्चायती शासनले आँंखा गाडेका ब्यक्ति भएकाले मलाई राजनीतिदेखि सकभर टाढा नै राख्ने प्रयास गर्नु भयो । सायद आफूले पाएको दुःख मैले नपाओस् भन्ने चाहना थियो कि ? या म पञ्चायतको बिरोधी भएर पनि प्रजातान्त्रिक विचारमा काँग्रेसको निकट भएर हो कि ?
उहाँ एकपटक भूमिसुधार मन्त्री पनि हुनु भयो । तर कमाउनमा लाग्नु भएन । मेहनती, कर्मठ, धैर्यवान र आत्मविश्वासका धनी र असल मानिसका साथै राजनैतिक निष्ठाका उदाहरणीय ब्यक्ति हुनुहुन्थ्यो उहाँ ।
म जागिरे भएपछि पनि काम विशेषले काठमाडांै आउँदा उहाँलाई भेट्थें । एक पटक यस्तै भेटघाटमा के कति कारणले नेपालमा डुल्दैछौ सोधनु भएछ र मैले पनि एमबीबीएस पढ्न निवेदन दिन आएको बताएँ । स्वास्थ्य सेवा बिभागले दिने अंकभार र आफूले प्राप्त गरेको अंक जोडेर छनौट गरने प्रक्रिया बारेमा भनें ।
उहाँले भन्नुभयो, ‘हाम्रो माथि कोही आफन्त मानिस छैनन् । त्यसैले राजालाई बिन्तीपत्र लेखिदिन्छु दरवारमा चढाउनु । यसरी निवेदनको नमूना तयार गरिदिनु भयो । मैले नमूना त लिएँ तर किन हो कुन्नि दरवारमा बिन्तीपत्र हाल्न मन लागेन । त्यसै बर्ष हुकुम प्रमांगीबाट एकजना छनौट भएको थाहा पाएपछि मलाई ग्लानीबोध र लाजले उहाँसंग भेटघाट कम हँुदै गयो ।
उहाँ पेसाप्रति इमानदार, ग्राहकप्रति उदार, कानुनप्रति निष्ठावान हुनुहुन्थ्यो । समाजसेवा र राजनीतिमा बराबर हिस्सा लिनुहुन्थ्यो । पेसाले अनि काठमाडौं बसाइँका कारणले जिल्लावासीसंग नजिकको हिमचिम हुन सकेन । र, जिल्लावासीले पनि उहाँको इमानदारी, राजनीतिक निष्ठालाई कदर गर्न चुक्यो कि भन्ने भान हुन्छ ।
उहाँ एकपटक भूमिसुधार मन्त्री पनि हुनु भयो । तर कमाउनमा लाग्नु भएन । मेहनती, कर्मठ, धैर्यवान र आत्मविश्वासका धनी र असल मानिसका साथै राजनैतिक निष्ठाका उदाहरणीय ब्यक्ति हुनुहुन्थ्यो उहाँ । अन्तमा उहाँका बिचारहरुले समाजलाई प्रेरित गरिरहोस् ।
ईटहरी–१२, खनार, सुनसरी
प्रकाशित:
१४५२ दिन अगाडि
|
२९ भदौ २०७९
५ दिन अगाडि
|
१५ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
१३ दिन अगाडि
|
७ भदौ २०८३
२२ दिन अगाडि
|
२९ साउन २०८३
३३ दिन अगाडि
|
१८ साउन २०८३
३५ दिन अगाडि
|
१६ साउन २०८३
१४२५ दिन अगाडि
|
२५ असोज २०७९
१४६० दिन अगाडि
|
२१ भदौ २०७९
१४६९ दिन अगाडि
|
१२ भदौ २०७९
१४२४ दिन अगाडि
|
२६ असोज २०७९
१३७४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३० दिन अगाडि
|
२० असोज २०७९
१३६२ दिन अगाडि
|
२७ मंसिर २०७९