कुशको बाबु बनायो, कुशकै आमा बनायो
मन्त्र पढायो, अभिषेक चढायो
मान्यो, वर्षौ अघि घरबाट निस्किगएका,
ती उसकै साक्षात बाआमा हुन्
कुशको बुख्याचामा प्राण भरेर
भूत भएका बाआमालाई फेरि मार्नु छ
सद्गत गर्नु छ, श्राद्ध गर्नु छ,
पिण्ड दिनु छ, तर्पण चढाउनु छ,
वैतरणी तरउनु छ र स्वर्ग पठाउनु छ ।
आख्यानकार रामलाल जोशीका बाआमा आख्यानबाट लिइएको यी कविताका पंक्तिझैं रामप्रसाद चौधरीका छोरीहरुको अवस्था थियो भदौ २७ गते ।
बर्दियाको बारबर्दिया नगरपालिका–५, मगरागाडी गाउँका दुई दशकदेखि बेपत्ता शिक्षक रामप्रसाद चौधरी अब नआउने ठानेर उनका छोरीहरुले कुशको बाबु बनाइ सोमबार अन्त्येष्टि गरे ।

उनका परिवारका अनुसार बेपत्ता शिक्षक चौधरीलाई तत्कालीन शाही नेपाली सेनाले बीस वर्ष अघि बेपत्ता बनाएका थिए । बीस वर्षसम्म पनि नफर्किएपछि मृतक ठानी सोमबार उनको कुशको शव बनाई अन्त्येष्टि गरिएको हो ।
शिक्षक रामप्रसादको खोजी गरिदिन बारम्बार अनुरोध गर्दा पनि सरकारले उल्टो सहिद भयो भन्दै १० लाख रुपैयाँ थमाइदिएको परिवारको आरोप छ ।
अब तिम्रो श्रीमान कुनै पनि हालतमा घर नफर्किने कुरामा विश्वास गर्न परिवारले दबाब दिएका कारण अन्तिम काजकिरिया गरेको श्रीमती संगीता चौधरी सुनाउँछिन् ।

२०५९ साल भदौ १७ गते घरमै सुतिरहेका रामप्रसादलाई नेपाली सेनाको टोलीले पक्राउ गरेर लगेको थियो । रामप्रसाद गाउँमै रहेको बाल शिक्षा कक्षा पढाउने शिक्षक थिए ।

सोमबार अन्त्येष्टि गरिएका रामप्रसादका तीन छोरीहरू थारु संस्कारअनुसार बाबुको काजकिरियामा बसेका छन् ।
द्वन्द्वकालमा सबैभन्दा बढी बर्दियाबाट वेपत्ता पारिएका छन्, जो प्रायः थारु समुदायका छन् ।

सबै तस्विरः भागीराम चौधरी
प्रकाशित:
१४५० दिन अगाडि
|
३० भदौ २०७९
४ दिन अगाडि
|
१५ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
७ भदौ २०८३
२१ दिन अगाडि
|
२९ साउन २०८३
३२ दिन अगाडि
|
१८ साउन २०८३
३४ दिन अगाडि
|
१६ साउन २०८३
१४२४ दिन अगाडि
|
२५ असोज २०७९
१४५९ दिन अगाडि
|
२१ भदौ २०७९
१४६८ दिन अगाडि
|
१२ भदौ २०७९
१४२३ दिन अगाडि
|
२६ असोज २०७९
१३७३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२९ दिन अगाडि
|
२० असोज २०७९
१३६१ दिन अगाडि
|
२७ मंसिर २०७९