Above News Title

मुख्यमन्त्रीले शिलान्यास गरेको थारु राष्ट्रिय संग्रहालयः किन भत्कियो १२ घण्टा नपुग्दै 

डण्डा संग्रहालय निर्माणको तीतो विगतः शहादत पाएका थिए धनबहादुर थनेतले 
मुख्यमन्त्रीले शिलान्यास गरेको थारु राष्ट्रिय संग्रहालयः किन भत्कियो १२ घण्टा नपुग्दै 

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले थारु राष्ट्रिय संग्रहालय डण्डाको भवन शिलान्यास गरेको १२ घण्टा नपुग्दै भत्काइएको छ ।
थारु महिला सभाले आयोजना गरेको जिल्ल्ला स्तरीय झमटा प्रतियोगितामा सहभागी हुन आएको अवसरमा मुख्यमन्त्री  थारु राष्ट्रिय संग्रहालय डण्डाको भवन शिलान्यास गरेका थिए ।
संग्रहालयका अध्यक्ष जामुन महतोका अनुसार शिलान्यास गरेको खाल्डो, खम्बा उखेलेर फालिएको छ ।  भदौ २९ गते दिउँसो मुख्यमन्त्री नेपाली, संघीय सांसद तिलक महत, प्रदेश सांसद बिष्णुप्रसाद लामिछाने लगायतका नेताहरुको उपस्थितिमा शिलान्यास गरिएको थियो ।
शिलान्यास गरिएको खम्बा, खनेको जमिन पुरिएको छ  । अध्यक्ष महतोले यस विरुद्ध प्रहरीमा उजुरी दिने बताए । साथै, थारु राष्ट्रिय संग्रहालय अध्ययन केन्द्रले एक विज्ञप्ती जारी गर्दै दोषीहरुलाई कार्वाही गर्न माग गरेको छ ।

डण्डा संग्रहालयको विगत
–थाकस जिल्ला निर्वाचन क्षेत्र नं ३ का क्षेत्रीय अध्यक्ष पुष्परत्न महतोबाट ११ फागुन २०६४ मा डण्डा क्षेत्रका थारुहरुको भला आह्वान । सोही भेलामा डण्डा संग्रहालय बनाउन सहमति । थाकस नवलपरासी जिल्ला अध्यक्ष खडकबहादुर थनेतको संयोजकत्वमा संग्रहालयको जग्गा व्यवस्थापन तथा आर्थिक संकलन समिति गठन ।
– खडकबहादुर थनेतको संयोजकत्वमा बसेको बैठकबाट ४ जेठ २०६५ मा हालको कावासोती नपा–१६, सहिदनगर, डण्डामा संग्रहालय निर्माण गर्ने निर्णय । 
–११ जेठ २०६५ मा पूर्व सांसद तथा एमाले नेता मझिलाल थारु थनेतको संयोजकत्वमा ५ सदस्यीय  संग्रहालय निर्माण समिति गठन । सोही दिन संग्रहालयको जग्गा तारबार गर्ने निर्णयअनुरुप सोही दिन कार्यान्वयन । १ हजार काठको पोल गाडेर ५ विगहा जग्गा बारबन्देज ।
–१२ जेठ २०६५ मा स्थानीय जनता माविका विद्यार्थी तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीबाट बारबन्देज भत्काउँदै खाम्बो उखेलेर लगियो । सो जग्गाको घाँस बेचेर आम्दानी गर्दै आएको विद्यालयलाई सह्य नभएको । 
–२५ जेठ २०६५ मा पुनः तारबार लगाउने र संग्रहालय शिलन्यास गर्ने कार्यक्रम । 
–१६ असार, २०६७ मा संग्रहालयका लागि संस्कृति मन्त्रालयबाट ५ लाख विनियोजन ।
–संग्रहालयका निर्माणका लागि २०६८ पुस २० देखि २९ सम्म  डण्डामा थारु सांस्कृतिक महोत्सव सञ्चालन । संग्रहालयका लागि हाललाई ५७ फिट लम्बाई, १९ फिट चौडाईको फुसको घर बनाउने निर्णय ।  
–२६ वैशाख, २०६९ मा थरुहट संयुक्त संघर्ष समितिबाट थारु प्रदेश स्थापनाको दवावको लागि एकदिन बन्द आह्वान । बाटो खुलाउने ब्राह्मण क्षेत्री दशनामी ठकुरीहरुद्वारा गठित राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि संयुक्त संघर्ष समितिको अगुवाइमा थारु संग्रहालयमा आगजनी ।
–२७ वैशाख, २०६९ मा थरुहट संयुक्त संघर्ष समितिबाट थारु संग्रहालयमा आगजनी गर्नेहरुलाई कार्वाही गर्न विरोध प्रदर्शन । डण्डाबाट कावासोतीतर्फ गैरहेको जुलुसमाथि प्रहरीले गोली चलाउँदा धनबहादुर थनेतको ज्यान गयो । 
–६ कार्तिक, २०७२ को बैठकको निर्णयअनुसार प्रवासी थारु समाजको सहयोगमा संग्रहालयको प्रवेशद्वार गेट निर्माण, बुद्धको मूर्ति स्थापना । मूल गेटदेखि बुद्धको मूर्तिसम्म बाटो ग्राभेल । 
–वैशाख २०७३ मा संग्रहालय निर्माणका लागि स्थानीयबाट ५ लाख चन्दा संकलन । संग्रहालय पुनः निर्माण । 
–४, फागुन २०७३ मा जिल्ला प्रशासन कार्यालय नवलपरासीमा विधिवत रुपमा थारु राष्ट्रिय संग्रहालय अध्ययन केन्द्र दर्ता । ५ भदौ, २०७४ मा संग्रहालयको पहिलो अधिवेशन । अध्यक्षमा कमल राज गुरौ चयन ।
–गण्डकी प्रदेश सरकारबाट आव २०७५–७६ मा संग्रहालयका लागि १० लाख विनियोजन । 
–संग्रहालय निर्माण आन्दोलनमा सहिद भएका धनबहादुर थनेतको  १ माघ, २०७५ मा संग्रहालय अध्ययन केन्द्रको प्रांगणमा शालिक स्थापना ।
– २९ भदौ २०७९ मा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीबाट थारु राष्ट्रिय संग्रहालय डण्डाको भवन शिलान्यास ।
–३० भदौ २०७९ मा थारु राष्ट्रिय संग्रहालय डण्डाको भवन शिलान्यास गरिएको क्षेत्र १२ घण्टा नपुग्दै भत्काइयो ।

स्रोतः पंगेनी, मोतीलाल । २०७६ । थारु संग्रहालय र आन्दोलनको सम्बन्ध । पैदल अनुसन्धानः प्रयोग र उपलब्धि । सं, सोहनप्रसाद साह र महेशराज महर्जन । पृ.१३१–१४८ । काठमाडौंः मार्टिन चौतारी


 

प्रकाशित:

१४४९ दिन अगाडि

|

३० भदौ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२३ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५८ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६७ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२२ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७२ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२८ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६० दिन अगाडि

|

२७ मंसिर २०७९