कैलालीको अति नै बाढी प्रभावित भजनी नगरपालिका पूर्ण रुपमा डुबानमा परेको छ ।
अविरल वर्षाका कारण आएको बाढीले नगरपालिकास्थित १ देखि ९ वटै वडा डुबानमा परेको हो ।
भजनी नगरपालिकाका मेयर केवल चौधरीले नगरपालिकाकाको कुनै भाग पनि डुबानले नबचेको बताउँदै ३ हजार घरधुरी डुबानमा परेको जानकारी दिए ।
शुक्रबारदेखि सीमित स्रोत साधनका बाबजुट उद्धारमा खटिएको बताउँदै उनले शनिबारसम्म पनि बाढी घट्नुको साटो झन झन बढ्दै गएपछि नगरबासीलाई सुरक्षित स्थानमा उद्धार गर्न निकै कठिनाइ भएको सुनाए ।
उनले भने, ‘केही नाउ र एक वटा स्टिमरको भरमा उद्धारमा छौ । सबै वडामा उद्धारमा माग भइरहेकोले सबै निकायसँग गुहार गरिरहेका छौ । तर प्रभावकारी रुपमा सहयोगी हात नपुगेको अवस्था छ । उद्धारकै चरणमा रहेकोले गाँस, बासको अवस्थामा अझै पुग्न सकेका छैनौ । तर मैले सबै वडाहरुमा व्यवस्था गर्न निर्देशन दिएको छु ।’
.jpg)
त्यस्तै, भजनी नगरपालिकाका वडा नं. ३ का वडाध्यक्ष विक्रम चौधरीले २०४० सालमा आएको महाविनाशकारी बाढी भन्दा भयङ्कर बाढी रहेको बताए । भजनी नगरपालिकालाई नै तहसनहस पारेको बताउँदै उनले सबैसँग सहयोगको अपिल गरे ।
स्थानीय पथरैया, काँढा, कान्द्रा र मोहना नदीमा आएको बाढीले सो क्षेत्र वर्षेनि डुबानमा पर्दैआएको छ । गत वर्ष बाढी आउँदा भजनी नगरपालिकामा ठूलो धनजनको क्षति भएको थियो ।
यसैबीच भजनी नगरपालिका ८ का ५५ वर्षीय कालुराम चौधरी बाढीमा बगेर वेपत्ता भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सुरक्षाका सबै निकायलाई उच्च सतर्कतामा राखेर उद्धार कार्य भइरहेको बताए ।
प्रकाशित:
१४४७ दिन अगाडि
|
१ असोज २०७९
३ दिन अगाडि
|
१५ भदौ २०८३
५ दिन अगाडि
|
१३ भदौ २०८३
५ दिन अगाडि
|
१३ भदौ २०८३
११ दिन अगाडि
|
७ भदौ २०८३
२० दिन अगाडि
|
२९ साउन २०८३
३१ दिन अगाडि
|
१८ साउन २०८३
३३ दिन अगाडि
|
१६ साउन २०८३
१४२३ दिन अगाडि
|
२५ असोज २०७९
१४५८ दिन अगाडि
|
२१ भदौ २०७९
१४६७ दिन अगाडि
|
१२ भदौ २०७९
१४२२ दिन अगाडि
|
२६ असोज २०७९
१३७२ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२८ दिन अगाडि
|
२० असोज २०७९
१३६० दिन अगाडि
|
२७ मंसिर २०७९