Above News Title

टीकापुर घटना मुद्दा फिर्ता यथाशीघ्र कार्यान्वयन गर्न थाकस केन्द्रको आग्रह 

भदौ २७ को मन्त्री परिषद्को निर्णय सकारात्मक एवं स्वागतयोग्य
टीकापुर घटना मुद्दा फिर्ता यथाशीघ्र कार्यान्वयन  गर्न थाकस  केन्द्रको आग्रह 

सरकारले टीकापुर घटनालाई राजनीतिक घटना भन्दै यससम्बन्धि मुद्दा खारेज गर्ने निर्णय प्रक्रिया अघि बढाउनेबारे भदौ २७ गते निर्णय गरेको छ । यसको यथाशीघ्र कार्यान्वयन गराउन थारु कल्याणकारिणी सभा (थाकस) ले आग्रह गरेको छ । 
थाकसका केन्द्रीय अध्यक्ष तथा थरुहट थारुवान संयुक्त संघर्ष समितिका संयोजक धनिराम चौधरीले असोज १ गते ५ बुँदे विज्ञप्ती जारी गरी आग्रह गरेका हुन् । 

विज्ञप्तीमा भनिएको छ, राजनीतिक निर्णय गरी प्रशासनिक एवं अद्र्धन्यायिक प्रकृतिका बाँकी काम र मुद्दाहरुको हकमा तात्काल तत् तत् निकायबाट प्रक्रिया पुरा गरी गराई यथाशिघ्र फछ्र्यौट गर्ने गराउने र कानुनी रिक्तता वा अड्चनका सम्झौता कार्यान्वयन हुन बाँकी विषयहरुका सम्बन्धमा आवश्यक कानुनी प्रवन्ध र संशोधन प्रक्रिया अगाडि बढाई सम्झौता कार्यान्वयवन गर्ने भदौ २७ को मन्त्री परिषद्को निर्णय सकारात्मक एवं स्वागतयोग्य छ ।
अध्यक्ष चौधरीले सरकारी र समितिका तर्फबाट सहभागी हुने वार्ता टोलीका सदस्यहरुलाई पनि धन्यवाद दिएका छन् । साथै, २०७८ जेठ १८ गते ६ बुँदे सहमति यथाशीघ्र कार्यान्वयन गराउन आग्रह गरेका छन् ।
थरुहट थारुवान संयुक्त संघर्ष समिति र तत्कालीन केपी ओली नेतृ्त्वको सरकारबीच २०७८ जेठ १८ गते ६ बुँदे सहमति भएको थियो । सहमतिको पहिलो बुँदामै थरुहट थारुवान आन्दोलनका क्रममा टीकापुरमा भएको दुःखद् घटनामा आरोपित थारु कल्याणकारिणी सभाका सभापति धनिराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरीलगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने उल्लेख थियो। 

प्रकाशित:

१४४६ दिन अगाडि

|

२ असोज २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२३ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५८ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६७ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२२ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७२ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२८ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६० दिन अगाडि

|

२७ मंसिर २०७९