धनगढी : बाढी पीडितको पुनस्र्थापना र राहतको लागि कैलालीको कैलारी गाउँपालिकाले सहयोगको लागि सार्वजनिक अपिल जारी गरेको छ ।
अविरल वर्षाले डुबानमा परेका बाढी पीडितहरुको पुनस्र्थापना, राहतको लागि सो गाउँपालिकाले आइतबार सार्वजनिक अपिल जारी गरेको हो ।
गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले हजारौं गाउँपालिका बासीको बाढीले खाद्यन्न, लत्ताकपडा, पशुचौपाया नष्ट भएको बताए ।
गाउँपालिकाको सीमित स्रोत साधनमार्फत सहयोगको कार्य जारी रहे पनि प्रभावकारी राहत तथा पुनस्र्थापनाको लागि सबै सरोकारवाला निकायसमक्ष सहयोगको लागि अपिल गरेका हुन् ।
अपिलमा भनिएको छ, ‘गाउँपालिकाको अधिकाँस भाग डुबान, पटान र कटान गरि धान बाली नष्ट हुनुको साथै व्यापक मात्रामा धनमालको नोक्सानी भएकोले यो विपदको बेला बाढी पीडितको पुनस्र्थापना र राहत सहयोगको लागि अपिल हार्दिक अपिल गर्दछु ।’
उनले आवश्यक राहत सहयोग तथा समन्वयको लागि सरकारी निकाय, वित्तीय संस्था, गैरसरकारी संघ÷संस्था नागरिक समाज, उद्योगी व्यापारी तथा आमनागरिकलाई अपिल गरेका हुन् ।
कैलारी गाउँपालिकाका अनुसार बाढीले करिब ९ सय घरधुरी डुबानमा परेको छ । भने करिब ५ हजार मानिस प्रभावित भएका छन् । गाउँपालिकाको वडा नं. ५ मा ३ सय, वडा नंं ८ मा २५०, वडा नं. १ मा ४०, वडा नं. ७ मा ३१० घरधुरी डुबानमा परेको हो ।
गाउँपालिकाको वडा नम्बर ५ स्थित मनकापुर, बन्दरगौरी, बैजपुर, सपना शिविरसहित वडा नम्बर ७ स्थित बर्का बसन्ता, छटकपुर बसन्ता, रामपुर, नारायणपुर, टिघरीलगायतका बस्ती डुबानमा परेका छन् ।

प्रकाशित:
१४४६ दिन अगाडि
|
२ असोज २०७९
३ दिन अगाडि
|
१५ भदौ २०८३
५ दिन अगाडि
|
१३ भदौ २०८३
५ दिन अगाडि
|
१३ भदौ २०८३
११ दिन अगाडि
|
७ भदौ २०८३
२० दिन अगाडि
|
२९ साउन २०८३
३१ दिन अगाडि
|
१८ साउन २०८३
३३ दिन अगाडि
|
१६ साउन २०८३
१४२३ दिन अगाडि
|
२५ असोज २०७९
१४५८ दिन अगाडि
|
२१ भदौ २०७९
१४६७ दिन अगाडि
|
१२ भदौ २०७९
१४२२ दिन अगाडि
|
२६ असोज २०७९
१३७२ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२८ दिन अगाडि
|
२० असोज २०७९
१३६० दिन अगाडि
|
२७ मंसिर २०७९