धनगढी : कैलालीको कैलारी गाउँपालिका ६ खरुवाखेरास्थित जनवातावरण बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा मंगलबार भएको छ ।
संस्थाकी अध्यक्ष गीता चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य नेपालु चौधरी रहेका थिए ।
साधारण सभालाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य चौधरीले आफू आफ्नो पाँच वर्षे कार्यावधिमा जनहीतमा काम गरेको दाबी गरे । यहाँको भौतिक पूर्वाधार, कृषि, सामाजिक, स्वास्थ्य क्षेत्रको विकासमा प्रदेश सरकारले ठूलो लगानी गरेको बताउँदै उनले समाजको विकासको लागि सहकारीलाई उत्पादनसँग जोडेर समृद्धि ल्याउन सकिनेमा जोड दिए ।
यसैबीच संस्थाकी कोषाध्यक्ष बबिता चौधरीले आव २०७८÷२०७९ को ३ कारोड ६० लाख ७४ हजार ७२१ रुपैयाँ बराबारको वार्षिक कारोबार भएको प्रगति विवरण पेश गरिन् । सो विवरण अनुसार संस्थाले १ लाख ५१ हजार रुपैयाँ खुद मुनाफा गर्न सफल भएको छ ।
त्यस्तै, संस्थाको हालसम्मको शेयर पुँजी ९ लाख ८९ हजार, ८ सय रुपैयाँ, बचत ५५ लाख ९६ हजार ५२४ रुपैयाँ, जगेडा कोष १४ लाख ७३ हजार २९४ रुपैयाँ, अनुदान कोष १८ लाख ६९ हजार ६५५ रुपैयाँ रहेको छ । भने, चालु दायित्वतर्फ ४८ हजार ४४९ रुपैयाँ रहेको छ ।
संस्थाले हालसम्म ८९ जनालाई ३५ लाख ७ हजार ५६१ रुपैयाँ लगानी गरेको बताइएको छ ।
२०७० सालमा स्थापना भएको संस्थाको ५२५ जना शेयर सदस्य रहेका छन् ।
कार्यक्रममा कैलाली गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी, उपाध्यक्ष भागवती कुमारी चौधरी, वडा नं ६ का वडाध्यक्ष प्रेमबहादुर चौधरी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कैलालीका प्रमुख गोविन्दराज जोशी, लिवर्ड शाखा कार्यालय राजीपुर, कैलालीका निरञ्जन पुडाशैनी, अकाश कोइरालालगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित:
१४४४ दिन अगाडि
|
४ असोज २०७९
३ दिन अगाडि
|
१५ भदौ २०८३
५ दिन अगाडि
|
१३ भदौ २०८३
५ दिन अगाडि
|
१३ भदौ २०८३
११ दिन अगाडि
|
७ भदौ २०८३
२० दिन अगाडि
|
२९ साउन २०८३
३१ दिन अगाडि
|
१८ साउन २०८३
३३ दिन अगाडि
|
१६ साउन २०८३
१४२३ दिन अगाडि
|
२५ असोज २०७९
१४५८ दिन अगाडि
|
२१ भदौ २०७९
१४६७ दिन अगाडि
|
१२ भदौ २०७९
१४२२ दिन अगाडि
|
२६ असोज २०७९
१३७२ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२८ दिन अगाडि
|
२० असोज २०७९
१३६० दिन अगाडि
|
२७ मंसिर २०७९