Above News Title

चेपुवामा थारू समुदाय

मूलधारका राजनीतिक पार्टीमा लागेका थारू अगुवाहरु पार्टीभित्र कठपुतली भएर कति दिन बस्ने ?
चेपुवामा थारू समुदाय

नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक, बहुराष्ट्रिय र बिबिध प्राकृतिक सम्पदाले भरिएको देश हो । यहाँको सामाजिक बनोट बिबिधताले भरिएको छ । सबै समुदायको आआफ्नो पहिचान छ । थारू समुदाय नेपाल निर्माण हुनु भन्दा अगाडिदेखि नै तराईमा हजारौं वर्षदेखि बसोबास गर्दै आएकाले मूलबासी आदिवासी हो भन्ने कुरामा दुइ मत छैन । 
अंग्रेजी शब्द इण्डिजिनियस पिपुलको नेपाली अनुवाद मुलवासी भए पनि ब्यबहारमा आदिवासी प्रयोगमा छ । त्यस्तै ट्राइब्सको नेपाली अनुवाद कविला हुनुपर्नेमा जनजाति राखिएको छ । यिनै शब्दजालमा पारेर आदिवासी, जनजातिलाई हिन्दू धर्मको वर्णसंग जोडेर आदिवासी र जनजातिको परिभाषा बिरोधाभाषपूर्ण बनाएका छन् । के नेपालका हिन्दू धर्मावलम्बी कविलाहरु यहाँका आदिवासी होइनन् ? के आदिवासी जनजातिहरु हिन्दू धर्म लेखाउँदा शुद्र हुने हो ? 
नेपालको खसआर्यको सन्दर्भमा हिन्दू धर्मको वर्णाश्रमको आधारमा ब्राह्मणबाट पदच्युत हुँदै जैशी, क्षेत्री, खत्री, कामी, दमाई, सार्की तल्लो वर्णमा झरेका हुन् । कतिपय दलितका गोत्र र थर केलाउँदा उच्च ब्राह्मण, क्षेत्रीका गोत्र र थरसंग मिल्दछ, यो सत्य हो । 
सयकडौं बर्षदेखि दलितलाई उच्च वर्णका जातिले सामाजिक र राज्य शासनको आडमा विभेद गर्दै आएकोले सामाजिक बहिष्करणले अछुत दलित बनाइएको हो । वर्षौ देखिको सामाजिक बहिष्करणले दलित बनेका हुनाले सामाजिक विकासमा पछाडि परेका हुन् । पहाडी दलितहरु खसआर्य भए पनि खसआर्यमा राखिएको छैन । 
पूर्वतिर विष्ट थरीलाई क्षेत्रीमा गनिन्छ तर महाकाली, गढ्वाल तिरका विष्ट उपाध्याय बाहुन हुन् । नेपालको खसआर्यहरु मुलवासी होइनन् । यस प्रकार नेपालको खसआर्यमा वर्णाश्रमको विकास भएर जातिमा परिवर्तन भएको हो। खसआर्य भनेर ब्राह्मण, ठकुरी, क्षेत्री, दशनामीलाई मात्र समावेश गरेका छन् भने कामी, दमाई सार्कीलाई दलितमा राखिएको छ ।
जुन समुदाय पुर्खौदेखि आफनो ठाँटथलोमा बसोबास गर्दै आएको छ र आफ्नो सामाजिक शासन विधानअनुसार चलेको छ । आफ्नो परम्परा, रितिरिवाज, संस्कार, खानपान, रहनसहन, भाषा, मुल्य मान्यता, धार्मिक आस्था मानेर आज सम्म चल्दै आएको छ । र, हिन्दू वर्णाश्रम जस्तो सामाजिक विभेद गरेर तल्लो वर्णमा झारेको पाइदैन भने ती कविलाहरु त्यहाँका मुलबासी हुन् भनेर समाजशास्त्रीहरुको भनाई छ । 

मूल धारका राजनीतिक पार्टीमा लागेका थारू समुदायका अगुवाहरु पार्टीभित्र कठपुतली भएर कति दिन बस्ने हो ? थारू समुदायले पहिचानका लागि राजनीतिक विद्रोह गरेको कुरा राष्ट्रिय मुद्दा कहिले बनाउने हो ? चेपुवामा परेको थारू समुदाय कहिले उठ्ने हो ? 


नेपालमा मुलबासी, आदिवासीलाई हिन्दू वर्णाश्रमभित्र नपर्ने भनेर राखिएको छ, जुन परिभाषा गलत छ । त्यसैले             मुलबासी कविलाहरुमा हिन्दू वर्णाश्रम जस्तो जातीय र वर्ण विभेद नभएको भनेर परिभाषित गर्नु पर्नेछ ।                             यही आदिवासी जनजातिको परिभाषाको कारणले आदिवासी जनजातिहरु आफ्नो जाति परम्परा र मुल्य मान्यताको आधारमा हिन्दू धर्म लेखाउन छोडदै गएका हुन् । सनातनदेखि कुल परम्परालाई त्यागेर धर्मान्तरमा लागेका छन् । 
आदिवासी जनजातिहरुले हिन्दू धर्म लेखाउँदा शुद्र वर्णमा पर्ने र आफ्नो स्वाभिमान मेटिने सामाजिक मनोभाव देखिएको छ । यसले जनजातिमा हीनताको बोध भएको छ भने आदिवासी जनजाति उत्थान प्रतिष्ठानको क्रियाकलाप पनि यही दिशा अपनाएको देखिन्छ । 
सरकारले थारू समुदायलाई आदिवासी जनजाति प्रतिष्ठानको समितिमा समावेश नगरेर बिभेद गरेको छ । यसले गर्दा पनि जवरजस्ति प्राकृतिक वा बुध्द धर्ममा रुपान्तर गर्नमा मनोवैज्ञानिक प्रभाव र दवाव दिइएको खवरहरु पढ्न पाईन्छ  । यस सवालमा थारू सामाजिक अगुवाहरु निरीह देखिएका छन् । 
एकातर्फ सरकारले थारू समुदायलाई सरकारी सेवामा आरक्षण नदिएर  बन्चित गर्ने र अर्कोतर्फ आदिवासी जनजाति उत्थान प्रतिष्ठानले खेदो गर्ने गरेको यथार्थ अवस्था हो । 
अहिले नेपालका राजनीतिक पार्टीहरुले पनि थारू समुदायलाई जनजाति कोटामा समावेस गरेको देखिदैन । यसको ज्वलन्त उदाहरण नेपाली काँग्रेसले गठन गरेको आदिवासी जनजाति संघ हो, जसमा एउटा थारु पाि परेनन् । 
मधेसीले थारूलाई मधेसी नमान्ने र थारू समुदाय पनि मधेसी होइन भन्ने द्वैध मानसिकताले मधेसवादी पार्टीहरु पनि थारू समुदायलाई प्रयोग गरेर सक्दो फाइदा मात्र लिएका छन् । पहाडे समुदायले थारू समुदायलाई तराईको मुलबासी हो भने पनि मधेसीको दर्जामा राखेर साथ सहयोग दिएको गरेको पाइएको छैन र भावनात्मक रुपमा एक हो भने पनि ब्यवहारमा छैन ।
आखिर थारू समुदायलाई सबै तिरबाट एक्ल्याउदै गएको कारण के हो ? राजनीतिक सिमाङ्कनले झन थारू समुदाय बसोबास गरेको ठाउँलाई टुक्रा टुक्रा पारेर कहिले पनि  संघीय, प्रदेश सभामा प्रतिनिधि पुग्न नसकिने अवस्था सिर्जना गरेको छ । स्थानिय निकायको अवस्था पनि यो भन्दा फरक छैन । 
नेपालको संविधान बमोजिम समानुपातिक समावेसी र प्रतिनिधित्व कसरी गराउनेतर्फ शासन चलाई रहेका राजनीतिक पार्टीहरुको सोच कहिले आउला ? मूल धारका राजनीतिक पार्टीमा लागेका थारू समुदायका अगुवाहरु पार्टीभित्र कठपुतली भएर कति दिन बस्ने हो ? थारू समुदायले पहिचानका लागि राजनीतिक विद्रोह गरेको कुरा राष्ट्रिय मुद्दा कहिले बनाउने हो ? चेपुवामा परेको थारू समुदाय कहिले उठ्ने हो ? 
इटहरी–१२, सुनसरी 

प्रकाशित:

१४४३ दिन अगाडि

|

७ असोज २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६२ दिन अगाडि

|

२७ मंसिर २०७९