नागरिक उन्मुक्ति पार्टी जानकी गाउँ कमिटि, कैलालीले आफ्ना पार्टीको उम्मेदवारहरुले चुनाव खर्च विवरण समयमा बुझाएको तर अनावश्यक वदनाम गरिएको बताएको छ ।
नागरिक उन्मुक्ति पार्टी जानकी गाउँ कमिटिका इन्चार्ज फागुराम चौधरीले विहीवार विज्ञप्ती जारी चुनाव खर्च विवरण निर्वाचन अधिकृत विश्वदीप बेस्रलाई बुझाइ सकिएको जानकारी दिएका छन् ।
साथै उनले निर्वाचन अधिकृतको गैरजिम्मेवारीले खर्च विवरण नबुझाएको देखिएकाले जरिवानाको भागिदार उनैलाई बनाइनुपर्ने, उम्मेदवारहरुलाई होइन भनेर निर्वाचन आयोगसमक्ष अनुरोध पनि गरेका छन् ।
पार्टीलाई वदनाम गरिएकाले कानुनी रुपमा अघि बढ्ने पनि बताइएको छ ।

स्मरण रहोस्, तोकिएको समयसीमाभित्र निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारहरूबाट नगरपालिकाको प्रमुख र उपप्रमुख पदको पाँच–पाँच, वडाध्यक्ष र वडा सदस्य पदका उम्मेदवार भए जनही दुई लाख जरिवाना तिनुपर्ने निर्णय गरेको छ । यस्तै गाउँपालिकाको वडाध्यक्ष र वडासदस्य पदका उम्मेदवार भएर समयभित्र खर्च विवरण नबुझाए निर्वाचन आयोगले जनही एक लाख ५० हजार जरिवाना लाग्ने निर्णय गरेको छ ।
गत वैशाख ३० मा सम्पन्न भएको निर्वाचनको खर्च विवरण निर्वाचनको मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र बुझाउनुपर्ने भनिएको थियो ।
जरिवानाको निर्णय गरेको छ महिनाभित्र भुक्तानी गरिसक्नुपर्ने जनाएको छ । निर्वाचित पदाधिकारीले उक्त अवधिमा भुक्तानी नगरे स्वतः पद जाने छ । जरिवाना नतिरे आगामी ६ वर्षसम्म उम्मेदवार बन्न पाइने छैन ।
प्रकाशित:
१४४२ दिन अगाडि
|
७ असोज २०७९
४ दिन अगाडि
|
१५ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
७ भदौ २०८३
२१ दिन अगाडि
|
२९ साउन २०८३
३२ दिन अगाडि
|
१८ साउन २०८३
३४ दिन अगाडि
|
१६ साउन २०८३
१४२४ दिन अगाडि
|
२५ असोज २०७९
१४५९ दिन अगाडि
|
२१ भदौ २०७९
१४६८ दिन अगाडि
|
१२ भदौ २०७९
१४२३ दिन अगाडि
|
२६ असोज २०७९
१३७३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२९ दिन अगाडि
|
२० असोज २०७९
१३६१ दिन अगाडि
|
२७ मंसिर २०७९