Above News Title

लङजम्प खेलाडी  निशा चौधरीले बनाइन् नयाँ कीर्तिमान

नवौं राष्ट्रिय खेलकुदमा लुम्बिनीलाई स्वर्ण दिलाउने अभिलाषा
लङजम्प खेलाडी  निशा चौधरीले बनाइन् नयाँ कीर्तिमान

लङजम्पकी कीर्तिमानी निशा चौधरीले नयाँ रेकर्ड बनाएकी छन्। 

दाङको तुलसीपुर उपमहानगरपालिका– १६ भेलाही गाउँकी १७ वर्षीया निशाले शुक्रबार आफ्नै नाममा रहेको राष्ट्रिय रेकर्ड तोडेर कीर्तिमान बनाएकी हुन्। 

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सतर्फ तुलसीपुरस्थित बेल्झुण्डी रंगशालामा  भएको लुम्बिनी प्रदेशस्तरीय छनोटमा निशाले ५ मिटर ५० सेन्टिमिटरको नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। 

स्मरण रहोस्, गत असारमा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जुनियर स्पर्धातर्फ निशाले सिनियरतर्फकै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। सो प्रतियोगितामा उनले ५ दशमलब ४७ सेन्टिमिटरको राष्ट्रिय र्कीर्तिमान बनाएकी थिइन्। उक्त कीर्तिमान अहिले आफैले तोडेकी हुन्।

निशाले आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा लुम्बिनी प्रदेशलाई स्वर्ण दिलाउने वाचा गरिन्। 

उपमहानगरनगरस्तरीय १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उनले पहिलो पटक सहभागिता जनाएकी थिइन्। जसमा उनले  ट्रयाकतर्फ छोटो दुरीको १०० र २०० मिटर दौड र  फिल्ड तर्फको लङजम्पमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।

यसैगरी, नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय एथलेटिक्स छनोट प्रतियोगितामा दाङ जिल्ला च्याम्पियन भएको छ। बेल्झुण्डीमा भएको प्रतियोगितामा १५ स्वर्ण, ५ रजत र ३ कास्य पदक जितेर दाङ जिल्ला च्याम्पियन बनेको  हो।

त्यस्तै ६ स्वर्ण, ४ रजत र ९ कास्य पदक जितेको बर्दिया दोस्रो  र  ४ स्वर्ण, ४ रजत र २ कास्य पदक जितेको कपिलवस्तु तेस्रो भए। प्रतियोगितामा बाँके जिल्लाले ३ स्वर्ण, १४ रजत र ३ कास्य पदक जितेको थियो।

प्रकाशित:

१४४१ दिन अगाडि

|

८ असोज २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६८ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२३ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६१ दिन अगाडि

|

२७ मंसिर २०७९