नेपाली काँग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ ।
काँग्रेस भित्र उम्मेदवार सिफारिसमा विवाद चलिरहँदा प्रतिनिधि सभा सदस्यतर्फको ११० जना समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक भएको हो ।
जसमा नेता विमलेन्द्र निधि पहिलो नम्बरमा छन् । सूचीमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवा, गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण पनि समावेश भएकी छिन् ।
यसैबीच थारु कोटाबाट ६ जनाको नाम समावेश भएको छ । दाङ देउखुरीका योगेन्द्र चौधरी र सुनसरीकी कल्पना चौधरी, नवलपरासीकी विना कुमारी थनेत परेका छन् भने कैलाली जिल्लाका ३ जनाको नाम समावेश छ । कैलालीबाट समावेश हुनेमा खेम डंगौरा चौधरी, रामकुमारी चौधरी र जीवन राना रहेकी छन् ।
सूचीमा योगेन्द्र चौधरी ९५औं नम्बरमा छन् । तर उनी थारु कोटाबाट एक नम्बरमा रहेको बुझिएको छ ।सूचीको ९८ औं नम्बरमा रहेका कांग्रेस कैलाली उपसभापति समेत रहेका डंगौरा चौधरी थारु कोटाको दोस्रो नम्बरमा छन् ।
थारु कोटामा ४ सिट पर्ने भएपनि सो सूचीमा ६ जना थारु सामुदायबाट नाम समावेश भएको छ । जिल्ला उपसभापति डंगौरा चौधरीले सूचीमा अझै हेरफेर हुन सक्ने सम्भावना रहेको बताए ।
प्रकाशित:
१४४१ दिन अगाडि
|
९ असोज २०७९
५ दिन अगाडि
|
१५ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
१३ दिन अगाडि
|
७ भदौ २०८३
२२ दिन अगाडि
|
२९ साउन २०८३
३३ दिन अगाडि
|
१८ साउन २०८३
३५ दिन अगाडि
|
१६ साउन २०८३
१४२५ दिन अगाडि
|
२५ असोज २०७९
१४६० दिन अगाडि
|
२१ भदौ २०७९
१४६९ दिन अगाडि
|
१२ भदौ २०७९
१४२४ दिन अगाडि
|
२६ असोज २०७९
१३७४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३० दिन अगाडि
|
२० असोज २०७९
१३६२ दिन अगाडि
|
२७ मंसिर २०७९