लोक संस्कृतिका अभियन्ता आरसी कोइराला अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन् । कोरियाको छनान शहरमा आयोजना भइरहेको ‘फेडेरेसन अफ इन्टरनेशनल डान्स फेस्टिबल’को १०औं वार्षिक उत्सव तथा जनरल कङ्ग्रेसले विश्वका ८५ भन्दा बढी देशबाट प्रतिनिधित्व गर्नेहरू मध्येबाट नेपालको प्रतिनिधित्व गर्ने आरसी कोइराला ‘रामचन्द्र’लाई FIDAF Best Activity Country Award 2021 बाट सम्मान गरेको हो ।
कोइरालाले विश्वको कला संस्कृतिको सम्बद्र्धन तथा प्रबद्र्धन गर्न खेलेकोे भूमिकाको आधारमा उक्त सम्मानबाट सम्मनित गरिएको हो । ३० वर्षभन्दा बढी समयदेखि नेपाली कला संस्कृतिको साथै विश्वको कला संस्कृतिको सम्बद्र्धन तथा प्रबद्र्धन गर्दै आएका कोइराला विगत १० वर्षदेखि FIDAF को कार्य समितिको उच्च पदमा रही काम गर्दै आएका छन् ।
२४ वर्षअघि एभरेष्ट नेपाल कल्चरल ग्रुपको स्थापना गरी नेपाली कला सस्कृतिलाई विश्व जगतमा पुर्याउँदै आएका कोइराला FIDAF लगायत विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थामा आबद्ध छन् ।
नेपालमा हुने एक मात्र अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला आयोजना गर्दै आएका कोइरालाले सम्मान प्राप्त गरेपछि प्रतिक्रिया दिँदै भनेका छन्– ‘यो सम्मानले मलाई थप जिम्मेवार बनाएको छ र यस क्षेत्रमा अझै केही गर्न प्रेरित गरेको छ ।’

प्रकाशित:
१४३९ दिन अगाडि
|
१० असोज २०७९
४ दिन अगाडि
|
१५ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
७ भदौ २०८३
२१ दिन अगाडि
|
२९ साउन २०८३
३२ दिन अगाडि
|
१८ साउन २०८३
३४ दिन अगाडि
|
१६ साउन २०८३
१४२४ दिन अगाडि
|
२५ असोज २०७९
१४५९ दिन अगाडि
|
२१ भदौ २०७९
१४६८ दिन अगाडि
|
१२ भदौ २०७९
१४२३ दिन अगाडि
|
२६ असोज २०७९
१३७३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२९ दिन अगाडि
|
२० असोज २०७९
१३६१ दिन अगाडि
|
२७ मंसिर २०७९