Above News Title

कमरेड स्याउला

कमरेड स्याउला

केशव सिलवाल

तपाईं चिन्नुहुन्न कमरेड स्याउलालाई
भन्नुहुन्छ– कहीँ यस्तो पनि नाम हुन्छ ?
तर, ऊ कमरेड स्याउला नै हो
स्याउला बोकी बोकी हुर्किएको ऊ
जङ्गलमा लुक्दा लुक्दै, दौडँदा दौडँदा
कमरेड स्याउला बन्यो
तपाईं चिन्नुहुन्न कमरेड स्याउलालाई
स्याउलाको उन्मुक्त, निश्छल, जीवनवादी हाँसोलाई
तर, चिन्नुहुन्छ त्यस्ता मानिसलाई
जो अरुको निरीहतालाई मिठाई सम्झेर खाइदिन्छन्
चिन्नुहुन्छ त्यस्ता मानिसलाई
जसले तपाईंको भरोसालाई व्यञ्जन ठानेर चपाइरहेछन्
र पनि तिनकै पाउ ढोग्नुलाई तपाईं मुक्ति भन्नुहुन्छ
म चिनाउँछु तपाईंलाई कमरेड स्याउला
ऊ अलिकत तेज, अलिकत वेग हो
तुषारो मन पर्नेलाई ऊ मन नपर्न सक्छ
तर, ऊ तपाईंको स्वागतमा निस्फिक्री हाँसिदिन्छ
तपाईंलाई आसनीमा आफ्नो दुःखको चकटी ओछ्याइदिन्छ
म तपाईंलाई भनिदिन्छु –
उसको एउटा हात छैन
यस व्यवस्थाले उसको एउटा हात लग्यो
अहिले ऊ त्यो हात कहिले फिर्ता होला भन्दै
थवाङ्बाट माथि मिरुलतर्फ हेरिरहन्छ
तर, क्लेश छैन मनमा रती पनि 
ऊ समस्त मानिसको नाममा 
एउटा हात चढाउन पाएकोमा हाँसिदिन्छ
तपाईंले ठाने जस्तो
उसको अनुहारमा हतासाको तमासा खिचिएको छैन
लत्रेर–झुकेर बाँच्न जानेको छैन उसले
त्यसैले त ऊ कमरेड स्याउला हो
तपाईं मात्र होइन
यो आतपी व्यवस्था पनि चिन्दैन उसलाई
ऊ कहाँ बस्छ, के खान्छ
कुनै लेखाजोखा राख्दैन
उसका दौँतरी पनि चिन्न चाहँदैनन् उसलाई
उल्टै उसलाई सोध्छन्– तिमी चिन्छौ मलाई रु
त्यति बेला भने ऊ रिसले दाँत टोक्छ
र पनि हाँसेर भनिदिन्छ– किन नचिन्नु रु
तर, उसका दौँतरी नचिनिने भइसकेका छन्
कमरेड स्याउला भने उस्तै छ पहाडी अनुहारजस्तै
म अझै तपाईंलाई भनिदिन्छु–
उसले जम्मा चार किलास पढेको छ
तपाईं सुन्नुहुन्छ– चार गिलास
भन्नुहुन्छ– यस्ता मानिसले समस्त हितको कुरा गर्न सक्दैनन्
भन्नुहुन्छ– यिनीहरूले गिलासको कुरा मात्र गर्न सक्छन्
महोदय, तपाईंको साँघुरो मुटुभन्दा
उसको चेतन–आकाश धेरै फराकिलो छ
यस्तैको रगत गुराँसझैँ फुलेपछि मात्रै
यो देश बँगैचा बन्ने तरखरमा छ
यस्तैको हातगोडा सापट लिएपछि मात्रै
यो देश हिँड्ने तरखर गर्दैछ
तपाईं चिन्नुहुन्न कमरेड स्याउलालाई
ऊ आफ्नो जीवनको लय भाँचिए पनि
(तपाईंलाई भनिदिऊँ– 
तपाईंको नाममा चिन्तन गर्दा गर्दै
स्व–जीवन जोर्ने अवसरै पाएन उसले)
ऊ दूर कन्दरामा रहेर पनि
तपाईंको यामिनीमा हरियालीको कामना गरिरहेछ
हरेक पाल्सीपनको अन्त्य चाहिरहेछ
ऊ दुःखी त यसकारण छ कि
यो रप्फु गरिएको रुग्ण व्यवस्था 
हड्डीको उलिन्काठ चढेर
उल्टो बाटो हिँडिरहेछ
ऊ अझ दुःखी त यसकारण छ कि
यो उलिन्काठ बोक्ने उसकै साथी संगातीहरू छन्
तपाईं चिन्नुहुन्न कमरेड स्याउलालाई
तर, उसको निश्छल जीवनवादी हाँसो गुन्जिरहेछ 
दूर कन्दरामा
र, खाँचो पर्यो भने
ऊ आफ्नो दोस्रो हात दिन
तयार भएर बसेको छ ।

प्रकाशित:

१४३७ दिन अगाडि

|

१२ असोज २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६८ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२३ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६१ दिन अगाडि

|

२७ मंसिर २०७९