शहरी विकास मन्त्री मेटमणि चौधरीले स्वास्थ्य सेवा अभावका कारण अब अकालमा कसैले पनि ज्यान गुमाउने नपर्ने बताएका छन् ।
देउखुरी निसराउ समूहले गढवा–५ स्थित, श्री मावि चैनपुरमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री चौधरीले उक्त धारणा राखेका हुन् ।

देउखुरी निसराउ समूहका उपाध्यक्ष शत्रुघन चौधरीका अनुसार निःशुल्क स्वास्थ्य शिविरबाट ६७० जना लाभान्वित भएका छन् । जसमा महिला ३७८ तथा पुरुष २९२ जना रहेका छन् ।
सबैभन्दा बढी जनरल मेडिसिनबाट ३६४ जनाले सेवा लिए । त्यस्तै, आँखा जाँच २०५ जनाले सेवा लिए, जसमा मोतिविन्दुको २४ जना तथा आँखामा मासु पलाएको ३ जनाले सेवा पाएकोमा ८२ जनालाई चश्मा वितरण गरियो । अन्य सेवा लिनेमा दन्तसेवा ३४ जना, गाइनाकोलोजी २३ जना, अर्थोपेडिक स्पाइन सेवा १२३ जना, फिजोयोथोरापी ४६ जनाले सेवा पाए ।

सो अवसरमा मन्त्री मेटमणि चौधरीले स्तरीय जनशक्ति, आवश्यक उपकरण र पूर्वाधार निर्माण तथा व्यवस्थापनसँगै नागरिकको स्वास्थ्य उपचार सेवा फेरिँदै गइरहेको धारणा राखे । उनले नागरिक स्वास्थ्यप्रति सरकारले आफ्नो जिम्मेवारीबोध गर्दै एक वडा, एक सामुदायिक स्वास्थ्य संस्था निर्माण तथा सञ्चालन गरी हरेक सहरदेखि गाउँसम्मको स्वास्थ्यवस्थालाई मजबुत बनाउँदै लग्ने विश्वास दिलाए । उनले भने, ‘ नेपाली नागरिकले अब औषधोपचार नपाएर ज्यान फाल्नुपर्ने अवस्थो छैन ।’
अर्को प्रसंगमा मन्त्री चौधरीले आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन अपिल गरे । मुलुकको भविष्य निर्माण र जनताको अधिकार जोगाउन गठबन्धन उभिएकाले अब मुलुकको भविष्य निर्माण गर्न पनि सत्ता गठबन्धन आवश्यक देखिएको उनको जिकिर थियो ।

कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित चौधरीले स्वास्थ्य सेवा हरेक नागरिकको पहुँचमा हुनुुपर्ने त्यसका लागि सरकारले आवश्यक योजनासहितको संरचना, जनशक्ति र आवश्यक उपकरण व्यवस्थापन सँगै अघि बढेको जनाए ।
देउखुरी निसराउ समूहका अध्यक्ष शिव चौधरीको अध्यक्षतामा उद्घाटन भएको कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, गाउँपालिका उपाध्यक्ष शारदा चौधरी, ५ नं का वडाध्यक्ष लेखबहादुर थापा, देउखुरी निसराउ समूहका उपाध्यक्ष शत्रुघन चौधरी लगायतले मन्तव्य राखेका थिए ।

गढवा गाउँपालिका, फ्लोरेन्स हस्पिटल, ट्रमा सेन्टर, लमही आँखा अस्पताल, नोभा केयर फिजियो थेरापीको सहकार्य तथा थारु कल्याणकारिणी सभा, गढवाको सहआयोजनामा कार्यक्रम भएको थियो ।
शिविरमा हाड जोर्नी विशेषज्ञ डा राजेश कुमार चौधरी, इन्डोक्राइनोलोजिस्ट डा सुनिल चौधरी, आँखा विशेषज्ञ लगायतको सेवा उपलब्ध थियो । साथै, मेडिकल अफिसरहरु डा पुष्पा भुसाल, डा कृष्णऔतार चौधरी, डा केदार अधिकारी, डा श्रवण चौधरी, डा सुदीप चौधरी, रेडियोलोजिष्ट डा अमरिश चौधरी लगायतले विरामी जाँच गरेका थिए । सो अवसरमा कार्यक्रममा सेवा उपलब्ध गराएका चिकित्सक, नर्स, स्वयम्सेवक लगायतलाई देउखुरी निसराउ समूहले सम्मानपत्र प्रदान गरेको थियो । यस्तो कार्यक्रम आफूहरुबाट पहिलो पटक गरिएकोमा निरन्तरता दिने जनाउँदै कार्यक्रमबाट आफूहरु सन्तुष्ट रहेको अध्यक्ष शिव चौधरीले बताए ।

२०७० सालमा स्थापित निसराउ समूहले यसअघि देउखुरीमा हाफ म्याराथुनको आयोजना, थारु साहित्यिक कार्यक्रम, कोभिडको समयमा राहत वितरण, बाढी पीडितहरुलाई सहयोग, लमहीमा अक्सिजन प्लान्ट स्थापनामा सहयोग लगायत सामाजिक कार्यमा सहभागिता जनाएको छ ।

प्रकाशित:
१४३४ दिन अगाडि
|
१५ असोज २०७९
४ दिन अगाडि
|
१५ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
७ भदौ २०८३
२१ दिन अगाडि
|
२९ साउन २०८३
३२ दिन अगाडि
|
१८ साउन २०८३
३४ दिन अगाडि
|
१६ साउन २०८३
१४२४ दिन अगाडि
|
२५ असोज २०७९
१४५९ दिन अगाडि
|
२१ भदौ २०७९
१४६८ दिन अगाडि
|
१२ भदौ २०७९
१४२३ दिन अगाडि
|
२६ असोज २०७९
१३७३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२९ दिन अगाडि
|
२० असोज २०७९
१३६१ दिन अगाडि
|
२७ मंसिर २०७९