Above News Title

वचत तथा ऋण सहकारी संस्थाको  साधारण सभामा ‘ढकिया’को प्रचार !

वचत तथा ऋण सहकारी संस्थाको  साधारण सभामा ‘ढकिया’को प्रचार !

रुपन्देहीको देवदहस्थित आभूषण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११औ बार्षिक साधारण सभा देवदह नगरपालिका– ११ शंकरपुरस्थित शंकर आधारभूत बिधालयको प्राङ्गणमा असोज १७ गते सम्पन्न भएको छ ।
        कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं थारु कल्याणकारिणी युवा सभा रुपन्देही अध्यक्ष तथा नागरिक उन्मुक्ति पार्टी रुपन्देही निर्वाचन क्षेत्र नं ०१ प्रतिनिधिसभाका प्रस्तावित प्रत्यक्ष उम्मेदवार धनिराम चौधरीले अहिलेको आधुनिक युग सहकारीमय भइसकेको बताउँदै आभूषण सहकारी संस्थाले बिमा कम्पनीसंग सहकार्य गरेर स्थानीय गरीब जनता एवं किसानहरुलाई लक्षित गरी प्रत्येक शेयर सदस्यहरुको जीवन बिमा नीति ल्याउनुपर्ने जोड दिए । 
प्रस्तावित उम्मेदवार चौधरीले अब सम्पूर्ण जनसमुदाय आफ्नो पहिचान र अधिकारका लागि समेत गोलबद्ध हुनुपर्ने बताउँदै आफु प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवार रहेको हुँदा चुनाव चिन्ह ढकियामा छाप लगाएर आफुलाई विजयी गराउन समेत आग्रह गरे ।
           त्यस्तै कार्यक्रममा नागरिक उन्मुक्ति पार्टी रुपन्देही निर्वाचन क्षेत्र नं ०१ (क) प्रदेश सभाका प्रस्तावित प्रत्यक्ष उम्मेदवार तथा समाजसेवी डा सरोज सिंह थारुले थारु समुदाय हरेक क्षेत्रमा पछि परेको हुँदा आफ्नो समुदायको अधिकार संबैधानिक रुपमै सुनिश्चित गर्नका लागि आफू राजनीतिमा होमिएको बताउँदै उपस्थित जनसमुदायमाझ नागरिक उन्मुक्ति पार्टीको ढकिया चुनाव चिन्हमा छाप लगाएर सहयोग गर्न अपिल गरे । 
कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य रामकुमार चौधरी, नागरिक उन्मुक्ति पार्टी रुपन्देहीका सचिव बिजय बहादुर सिंह थारु, सत्यदेव चौधरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष बासुदेव थारुको अध्यक्षता, उपाध्यक्ष रुप नारायण थारुको स्वागत र सचिव धनेश्वर चौधरीको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित:

१४३१ दिन अगाडि

|

१८ असोज २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६८ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२३ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६१ दिन अगाडि

|

२७ मंसिर २०७९