(असोज २१ गते परेको रेशम चौधरीको जन्म दिनको अवसरमा रचिएको कविता)
अंकर अन्जान सहयात्री
जब
जंगलमा स्वतन्त्र बस्ने शेर
कैंयौ षड्यन्त्रमा परेर पिंजडामा कैद हुन पुग्छ
अनि
त्यसपछि बन्छ उ हिंस्रक
त्यसपछि बन्छ उ क्रुर
त्यसपछि बन्छ उ घातक
एउटा शेरलाई
कालोमोसो दलेर
रातो सेतो कमेरो दलेर
विभिन्न रंगहरु दलेर
उसको रुप परिवर्तन गर्न खोजे पनि
उ कहिले पनि
बिरालो
कुकुर
स्याल
गोरु
गिद्ध
बन्न सक्दैन
किनकि उ शेर हो,
शेर आखिर शेर नै रहन्छ
जब राजाले
कैयौं निर्बल, असहाय, अशक्त
खरायोहरुको
चराहरुको
हरिण, मृगहरुको
मुसा, कमिलाहरुको
रक्षाको लागि
सुरक्षाका लागि
जंगलमै सुन्दर घर बनाउन खोज्छ
तब
कुटिल, खराब नियत भएका
ब्वाँसाहरु
स्यालहरु
गिद्धहरु
हाइनाहरु
राजाको राजपात हडप्नमा
षड्यन्त्र गर्छन्
र,
त्यसपछि हुन्छ बिद्रोह
त्यसैले
पिंजडामा कैद गरेर
शेरलाई झन बलियो नबनाउ
शेर कहिले पनि पिंजडामा बस्दैन
जब उ स्वतन्त्र हुनेछ
तब
कैंयौ ब्वाँसा, स्याल, गिद्धहरुको अन्त्य हुनेछ
शेर जंगलको राजा हो,
जंगलमै रहन दिऔं ।
प्रकाशित:
१४२९ दिन अगाडि
|
२१ असोज २०७९
५ दिन अगाडि
|
१५ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
१३ दिन अगाडि
|
७ भदौ २०८३
२२ दिन अगाडि
|
२९ साउन २०८३
३३ दिन अगाडि
|
१८ साउन २०८३
३५ दिन अगाडि
|
१६ साउन २०८३
१४२५ दिन अगाडि
|
२५ असोज २०७९
१४६० दिन अगाडि
|
२१ भदौ २०७९
१४६९ दिन अगाडि
|
१२ भदौ २०७९
१४२४ दिन अगाडि
|
२६ असोज २०७९
१३७४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३० दिन अगाडि
|
२० असोज २०७९
१३६२ दिन अगाडि
|
२७ मंसिर २०७९