सम थापा
(२०७४ को चुनावमा कैलाली–१ बाट रेशम चौधरी अत्याधिक भोटले विजयी भएका थिए । तर उनले काम गर्न पाएनन् । यसले टीकापुर क्षेत्रको विकासमा असर पर्यो । सम थापा यसपाली एमालेको तर्फबाट संघीय सांसदको प्रत्यक्ष तर्फकोे उम्मेदवार थिए तर टिकट पाएनन् । उनले आगामी मंसिर ४ पछि कैलाली क्षेत्र नं १ मा गर्नुपर्ने मुख्य काम यसरी औंल्याएका छन् ।)
आगामी मंसिर ४ पछि कैलाली क्षेत्र नं १ मा गर्नुपर्ने मुख्य काम यस्ता छन्ः
- लम्की- खक्रौला २९.७ किलोमिटर सडकलाई २ लेनको डिजाईन क्यान्सिल गरी पुर्णतया ६ लेनको बनाउने । किनभने कर्णाली करिडरका ८ जिल्लाको कनेक्टिभिटी अब खक्रौला भन्सारसंग हुदैछ ।
- टीकापुर र भजनीका केही वडाहरुमा डुवानको समस्या छ । हुलाकी सडक बाँध जस्तो भयो । यसको डिजाईनमा फेरबदल गरेर पथरैया नदी वारि पारी करिव ३ किलोमीटर फ्लाई ओभर ब्रिज निर्माण गर्ने। पुल मुनिबाट बर्षाको पानी सहजै निकास होस ।
- विश्व बैंकको ऋणमा कर्णाली नदीमा निर्माण तटबन्धको स्तरोन्नती गर्ने ।
- पुर्व उद्योग मन्त्री लेखराज भट्टले भ्रमणका क्रममा भन्नू भएको राजापुरमा भएको भब्य आधुनिक चामल मिल जस्तै टीकापुरमा भब्य आधुनिक मैदा मिल स्थापना गर्ने । जसले गर्दा हजारौ गहु उत्पादक किसानलाई लाभ र सयौले रोजगारी पाउने छ्न ।
- करिब ३० अर्ब खर्च हुने अनुमान गरिएको रास्ट्रिय गौरवको सिचाई आयोजना भित्रबाट कृषि क्षेत्रमा करिव पाँच अर्ब मध्ये (११ बर्षमा २ अर्ब खर्च भइसकेको) बाकी ३ अर्बलाई उत्पादित कृषि उपजको भब्य प्रशोधन र बजारीकरणमा लगानी गर्न नीति बनाउने ।
- टीकापुर नपा ७ नेपाल- भारत सिमा क्षेत्रबाट रामपुर -मोतिनगर प्रतापुर -गुलरा रास्ट्रिय राजमार्गसंग जोडिएको परम्परागत कृषि सडकलाई स्तरोन्नती गर्दै कालोपत्रे गर्ने ।
- यस क्षेत्रमा बसोबास गर्ने बहुसंख्यक थारु समुदायको स्वाभिमान र पहुच अन्य समुदायको बराबरीमा पुर्याउनु पर्ने ।
एउटा संघीय सांसदले कैलालीमा यति गरे पुग्छ । (बाँकी साना तिना र नियमित काम हुने नै भए) ।
प्रकाशित:
१४२७ दिन अगाडि
|
२२ असोज २०७९
४ दिन अगाडि
|
१५ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
७ भदौ २०८३
२१ दिन अगाडि
|
२९ साउन २०८३
३२ दिन अगाडि
|
१८ साउन २०८३
३४ दिन अगाडि
|
१६ साउन २०८३
१४२४ दिन अगाडि
|
२५ असोज २०७९
१४५९ दिन अगाडि
|
२१ भदौ २०७९
१४६८ दिन अगाडि
|
१२ भदौ २०७९
१४२३ दिन अगाडि
|
२६ असोज २०७९
१३७३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२९ दिन अगाडि
|
२० असोज २०७९
१३६१ दिन अगाडि
|
२७ मंसिर २०७९