अब कसैलाई भन्नु केही छैन
कसैका लागि बन्नु केही छैन
अर्कालाई ओढाउन
धेरै पटक छाता किनियो
अर्कालाई सजाउन
धेरै पटक खादा किनियो
तर,
उनीहरू अहिलेसम्म आएनन्
मेरो आँगनमा छाताको करङ गन्न
खादा किन्दा कति छाक भोकै बस्यौ भन्न।
....
बाढीको वितण्डापछि
आउनेछन् बगालका बगाल छुचुन्द्राहरू
बाढीग्रस्त बस्तीमा त्रिपाल र चाउचाउ बोकेर
तरुना तरुनीका लागि अञ्जुलीमा अत्तर लिएर।
सबैलाई थाहा छ–
जाल ओढेर जाडो जाँदैन
थाल चाटेर भोक भाग्दैन
तर,
खै किन पो केही मान्छेहरू
खरको झुप्रोभन्दा त्रिपालमा रमेका छन्
मकैको आँटोभन्दा चाउचाउमा जमेका छन् ।
टीकापुर
प्रकाशित:
१४२६ दिन अगाडि
|
२३ असोज २०७९
४ दिन अगाडि
|
१५ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
७ भदौ २०८३
२१ दिन अगाडि
|
२९ साउन २०८३
३२ दिन अगाडि
|
१८ साउन २०८३
३४ दिन अगाडि
|
१६ साउन २०८३
१४२४ दिन अगाडि
|
२५ असोज २०७९
१४५९ दिन अगाडि
|
२१ भदौ २०७९
१४६८ दिन अगाडि
|
१२ भदौ २०७९
१४२३ दिन अगाडि
|
२६ असोज २०७९
१३७३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२९ दिन अगाडि
|
२० असोज २०७९
१३६१ दिन अगाडि
|
२७ मंसिर २०७९